ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

थन्कियो दुग्धजन्य पदार्थ

News Desk by News Desk
१०:२० बिहान, कार्तिक २४, २०८०
थन्कियो दुग्धजन्य पदार्थ
382
सेयर
381
VIEWS
ShareTweetSendShare

चितवन कात्तिक २४ गते ।
भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् ।

यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ । सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका हुन् ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार चार सय ५० टनभन्दा बढी बटर चिस्यान केन्द्रमा छ । उद्योगको बाहिरको दुई सय ५० टन क्षमताको चिस्यान केन्द्र र भित्रको ५० टनका दुईवटा चिस्यान केन्द्र भरिएर चारवटा प्यासेजमा बटर राखिएको छ । यसलाई माइनस २० डिग्री तापक्रममा राख्नुपर्छ ।

त्यसैगरी पाउडर दूधले गोदाम भरिएको छ । उनले भने, “हामीसँग रु एक अर्बको भन्दा बढी दुग्धजन्य पदार्थ गोदाममा छ ।” डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको पराजुलीको गुनासो छ ।
विसं २०६४ मा स्थापना गरिएको यो उद्योग भूकम्पसँगै बन्द हुन पुगेको थियो । विसं २०७५ देखि यो उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र बटरको प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

योमात्रै होइन, प्रशोधन गर्ने उद्योग र चिस्यान केन्द्र सबैमा दुग्धजन्य पदार्थ मौज्दात छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादव रु १० अर्बभन्दा बढीको दुग्धजन्य पदार्थ मौज्दात रहेको बताउछन् । दसैँतिहारको समयमा मासुजन्य पदार्थ खपत बढी हुने हुँदा दुग्धजन्य पदार्थको खपत कम भएको उनले बताए।

आर्थिक मन्दीका कारण क्रयशक्ति घट्दा विगतको जस्तो खपत हुन नसकेको कार्यकारी निर्देशक डा यादवको भनाइ छ । क्रमशः खपत बढ्दै जाने उनको भनाइ छ । यससँगै भारत, बङ्गलादेश, जापानलगायतका देशमा निर्यातको विषयमा छलफल भइरहेको उनले जानकारी दिए । कार्यकारी निर्देशक डा यादवले भने, “खपत बढाउनका लागि सबै लाग्नुपर्ने देखिएको छ ।” प्रचारात्मक अभियानमार्फत खपत बढाउन उनले सुझाव दिए ।

डेरी एशोसिएसनका अध्यक्ष राजकुमार दाहाल दूध किन्न सक्ने अवस्था हुन छाडेको बताउछन् । प्रशोधन भएका दुग्धजन्य पदार्थ राख्ने ठाउँ नहुँदा समस्या भएको उनको भनाइ छ । बीचको समयमा लम्पिस्किन रोगका कारण दूधको खपत घटेको र भारतीय बजारबाट दूध आएका कारण पनि नेपाली उत्पादनले बजार नपाएको उनले बताए । उनले भने “हाम्रो लागत मूल्य बढी हुँदा निर्यातमा पनि समस्या छ ।” सरकारले निर्यातमा अनुदान दिएर छिमेकी देशमा दुग्धजन्य पदार्थ पठाउनुपर्ने उनले बताए ।

ADVERTISEMENT

दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने भन्दै उहाँले त्यसमध्ये ५० प्रतिशत बजारमा आउने गरेको बताउनुभयो । बजार आएको दूधमध्ये पनि १७ प्रतिशतमात्रै सरकारी नीति–नियम पूरा गरेर प्रशोधन गर्न सक्ने गरी आएको अध्यक्ष दाहाल बताउछन् । दैनिक तीन लाख लिटरभन्दा बढी दूध विभिन्न उद्योगमा प्रशोधन हुने गरेको भन्दै उनले सबै चिस्यान केन्द्र दुग्धजन्य पदार्थले भरिएको बताए ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल आफूहरू बङ्गलादेश गएर अध्ययन गरेर फर्किएको भए पनि सरकारी अनुदानबिना यहाँको उत्पादन पठाउन नसकिने बताए । स्वदेशमा यसको खपत बढाउन नसकेमा समस्या रही नै रहने भन्दै उहाँले दुग्धजन्य पदार्थको महत्वका बारेमा प्रचारात्मक अभियानमा जुट्नुपर्ने बताए । आफूहरूले पाहुनालाई स्वागत, सम्मान गर्दा र मायाको चिनो दिनुपर्दा दुग्धजन्य पदार्थ प्रयोग गर्न थालेको उनले बताए । उनले भने, “अब हामीले चिसो पेय पदार्थ होइन, दूध, दही र मोहीको प्रयोग गर्नुपर्छ”, भोजभतेरमा समेत मोही राख्ने चलन बढेको उनले बताए ।

इतिहासमै पहिलोपटक दुग्धजन्य सबै पदार्थ मौज्दात रहेको दाहालले जानकारी दिनुभयो । सरकारले यसबारेमा समयमै सोचेर किसान र उद्योग बचाउनुपर्ने धेरैको माग छ । डेरी उद्योगले दुग्धजन्य पदार्थ राख्ने ठाउँ अभाव भएको भन्दै लैजान आनाकानी गर्न थालेपछि किसान चिन्तित बनेका छन् । रासस

Share153Tweet95SendShare
Previous Post

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

Next Post

नेपालगन्जमा रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाइने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
नेपालगन्जमा रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाइने

नेपालगन्जमा रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाइने

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

तिहारले बनायो नेपालगन्जमा झकिझकाउ, बजारमा चहलपहल (फोटो फिचर)

तिहारले बनायो नेपालगन्जमा झकिझकाउ, बजारमा चहलपहल (फोटो फिचर)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?