ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

News Desk by News Desk
१:३९ बिहान, चैत्र ९, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
399
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके चैत ९ गते।
बाँके यूनेस्को क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा नेपालगञ्ज उपमहानगरपालिकामा ‘जीवनका लागि पोषण परियोजना’ अन्तर्गत जिल्ला स्तरीय परियोजना प्रारम्भ कार्यशाला सम्पन्न गरेको छ।

कार्यशालाको उद्देश्य जिल्लास्तरका सरोकारवालाहरूलाई परियोजनाको लक्ष्य, रणनीति तथा कार्यान्वयन प्रक्रियाबारे अभिमुखीकरण गर्नु रहेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले गरिन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेंद्र कुमार चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको प्रारम्भमा हेलन केलर इन्टरनेशनलका फिल्ड अफिसर लिल बहादुर नेपालीले स्वागत मन्तव्य व्यक्त गर्दै लुम्बिनी प्रदेश र बाँके जिल्लामा कुपोषणको अवस्था, परियोजनाको संरचना तथा कार्यान्वयन रणनीतिबारे जानकारी गराए। अन्तरक्रियात्मक छलफलमा सहभागीहरूले सक्रिय सहभागिता जनाउँदै आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखले विद्यालयस्तरमा पोषण सुधारका लागि प्रधानाध्यापकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए। हेलन केलर इन्टरनेशनलका प्रदेश प्रबन्धक शशि देव शाहले सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै परियोजनाले तीव्र कुपोषण व्यवस्थापनमा सहयोग पु¥याउने तथा सरकारद्वारा सञ्चालन भइरहेको सामूहिक जाँच र उपचार कार्यक्रमलाई पूरक रूपमा सघाउने बताए।समापन सत्रमा बाँके यूनेस्को क्लबका सह–अध्यक्ष निरज गौतमले कुपोषण न्यूनीकरण कार्यक्रमलाई प्राथमिकतामा राख्दै सामूहिक प्रतिबद्धता सुदृढ गर्नुपर्नेमा जोड दिए। वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोबीले कुपोषणको प्रभाव पुस्तौंदेखि देखिने भएकाले वडा स्तरबाटै कार्यक्रमलाई प्रभावकारी रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले लुम्बिनी प्रदेश तथा बाँके जिल्लामा कुपोषणको अवस्था अझै चिन्ताजनक रहेको उल्लेख गर्दै सुधारका लागि सबै क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको बताइन्। त्यसैगरी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेंद्र कुमार चौधरीले आमा तथा बालबालिकामा देखिएको कुपोषण न्यूनीकरणका लागि व्यवहारगत परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले पछाडि परेका समुदायलाई प्राथमिकतामा राख्दै प्रभावकारी कार्यान्वयनका लागि सशक्त समन्वय र सहकार्य अपरिहार्य रहेको बताए।

ADVERTISEMENT

कार्यशालामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय, वडा प्रतिनिधि, स्वास्थ्यकर्मी तथा पत्रकारलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा कुल ५६ जना सहभागीहरूको उपस्थिति रहेको जनाइएको छ।

कार्यक्रममा हेलन केलर इन्टरनेशनलका प्रदेश प्रबन्धक शशि देव शाह, रमेश प्रसाद अधिकारी तथा बाँके यूनेस्को क्लबका सह–अध्यक्ष निरज गौतम, उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक रवि कुमार तुलाधरको पनि सहभागिता रहेको थियो।

Share160Tweet100SendShare
Previous Post

तिव्र गतिका कारण बाँकेमा सवारी दुर्घटना बढ्दो : एक महिनामा ३३ सवारी दुर्घटना, ४ जनाको मृत्यु

Next Post

सात सय क्षमतामा ८८९ कैदीबन्दी, व्यवस्थापनमा गम्भीर समस्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाए

सात सय क्षमतामा ८८९ कैदीबन्दी, व्यवस्थापनमा गम्भीर समस्या

निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?