ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

तरकारी खेतीबाट आत्मनिर्भर बाँके बर्दियाका महिला

News Desk by News Desk
४:०१ मध्यान्ह, पुस ८, २०८०
तरकारी खेतीबाट आत्मनिर्भर बाँके बर्दियाका महिला
371
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके पुस ८ गते ।
बाँके ।बिहान ४ बजेदेखि नै कोहलपुर नेपालगन्ज विभिन्न चोकमा कठ्यांग्र्रिने जाडोको परवाह नगरी डोको र डालोमा सागसब्जी तरकारि राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् बाँके बर्दियाका थारू महिला । नेपालगन्जको धम्बोजि चोकचोकमा महिला किसानहरु आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा लस्करै बसेका हुन्छन् न चिसो न घाम पानी पर्दा शित झर्दापनि बोरा ओडेर ग्राहकको प्रतिक्षामा बसिरहेका हुन्छन् ।

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी बढैयाताल गाउँपालिका ४ कि तुल्सा थारु जो बिहानै गुलरिया बाट नेपालगन्ज आउने बस चढेर नेपालगन्ज आउनुहुन्छ अनि धम्बोजि चोक निरको सडकपेटिमा तरकारिको पसल लगाउनुहुन्छ अनि बिहानभर तरकारी बेचेर पुन घर फर्कने गर्नुहुन्छ। उहाँको दिनचर्या यसरिनै बित्ने गरेको बताउनुहुन्छ। यस्तै बढैयाताल गाउँपालिका ७ राजापुरकि रामप्यारी चौधरी उहाँले व्यावसायिक रूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर बन्नुभएको छ। उहाँ भन्नुहुन्छ ‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषिकर्मबाट राम्रो आम्दानी भएको छ ।’

गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले बस त कहिले अटो चढेर आउने रामप्यारी पनि सडकपेटिमा नै तरकारी बेचेर आत्मनिर्भर हुनुभएको छ । दैनिक गुजरा टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उहाँको कृषि आम्दानीले थेगेको छ ।
५ देखि ७ कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उहाँले वार्षिक २ देखि ३ लाखसम्मको कारोबार गर्दै बचत गर्दै आएको बताउनुभयो । बचत रकमबाट नै उहाँ मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आउनुभएको छ।

यस्तै बाँके बैजनाथ गाउँपालिका पेडारीकि दुखिया चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राख्नुभएको छ । पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुंगो, गोलभेँडा काउलि फलाउने दुखिया धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउनुहुन्छ उहाँले गत वर्ष ३ लाख आम्दानी गरेको बताउनुभयो। चिसो होस या जाडो बिहान कोहलपुरको बजार बजारमा तरकारी राख्नुस भन्दै घरघर पुग्ने दुखिया दिउसो चार बजेदेखि कोहलपुरको कृषी हाटबजारमा बसेर तरकारी बेच्नुहुन्छ । यस्तै बर्दिया बासगडि नगरपालिका सटरियाका थारु महिला दिदिबहिनिहरु पनि बिहानै टाउकोमा डालो अनि डालोमा तरकारी बोकेर कोहलपुरको बजार बजारमा ताजा साग तरकारि राख्नुस भन्दै झिसमिसेमै आइपुग्नु हुन्छ।

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

बर्दिया बासगडि नगरपालिकाकि बेचन थारु ,भिरा चौधरी ललिता चौधरी तरकारी बेच्न एकदिन बिराएर कोहलपुर आउनुहुन्छ । उहाँहरु सबैको घर सटेरिया ( बर्दिया ) हो । तरकारी भरिएको बाँसको छिटुवा टाउकोमा बोकेर बजारका गल्लिगल्ली डुलाउदै तरकारी बेच्नु उहाँहरुको दैनिकी बनेको छ ।
सिजन अनुसार आफ्नै बारीमा उत्पादित तरकारी बेच्न हिँड्दै गरेका सयौँ थारु महिलाहरुका झुण्ड सहर बजारका चोक गल्लिमा देखिनु अब सामान्य दृश्य जस्तै बनेका छन ।

झिसमिसेमै उठेर बजार हिँड्नु त्यो बस्तिको लय बनिसकेको छ । बस्तिमा बिहानै म्याजिक भ्यान आईपुग्छन । कोहि साईकलमा कोहि मोटरसाइकलमा त धेरैजसो भ्यानमा चढेर तरकारी लिएर गाउँबाट निक्लिन्छन । घर छेउमै बाँसगढी बजार छ । बजार सानो भएकाले गाउँका सबै उत्पादन त्यहाँ खपत हुँदैनन । बजार खोज्दै जाँदा उनिहरु महेन्द्र राजमार्ग आसपासका स साना चोकबजार हुँदै कोहलपुर तथा नेपालगन्ज सम्म पुग्न पर्ने बाध्यता उनिहरुको रहेको छ।

थारु महिलाहहरुले तरकारी बेचेर दुई चार पैसा हात पार्न थालेपछी बस्तिको दैनिकी पुरै फेरिएको छ । एकातिर आर्थिक स्वतन्त्रताले महिलाहरुलाई आत्मबिश्वासी बनाएको छ भने बजारको प्रतिस्पर्धाले उनिहरुलाई उत्पादनको बिबिधता सिकाएको छ ।
छोराछोरीको पढाईखर्च , औसधोपचार , लत्ताकपडा र घरायसी सामानको लागि उनिहरुले ऋण खोज्नु परेको छैन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बाँकेकी कृष्णा केसी नमूना मन्त्री

Next Post

नेपालगञ्ज-गुलरीया सडक निर्माणमा बजेट अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
Next Post
नेपालगञ्ज-गुलरीया सडक निर्माणमा बजेट अभाव

नेपालगञ्ज-गुलरीया सडक निर्माणमा बजेट अभाव

आज क्रिसमसः क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै

आज क्रिसमसः क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै

प्रचण्डलाई निर्वाचन आयोगको पत्र–‘चुनावमा १० करोड खर्चेका उम्मेदवारको सूचना दिनू’

प्रधानमन्त्रीको सम्बोधन आज

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Rain Shower
5:28 am7:19 pm +0545
Feels like: 36°C
Wind: 10km/h S
Humidity: 79%
Pressure: 1000mbar
UV index: 8
SatSunMon
35/28°C
36/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?