बाँके पुस ८ गते ।
लुम्विनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना मन्त्री बनेकी छिन् । बाँके क्षेत्र नं. १ ‘क’ बाट निर्वाचित उनी खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री बनेकी हुन् । उनले आज सपथ ग्रहण गरेकी छिन् ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप गर्नेक्रममा माओवादी कोटाबाट नमुनालाई मन्त्री बनाएका हुन् । नमुना यसअघि एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।
तर, उनलाई तत्कालीन आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री दिने तयारी भएपछि त्यो जिम्मा नलिने भन्दै मन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनी माओवादी केन्द्रबाट लुम्विनी प्रदेशमा प्रत्यक्ष निर्वाचित एकमात्र महिला हुन् ।
Discussion about this post