ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

६ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय ६ अभियुक्त पक्राउ

News Desk by News Desk
२:०९ मध्यान्ह, फाल्गुन १६, २०८०
लागूऔषधसहित तीन जना पक्राउ
399
सेयर
394
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन १६ गते ।
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन्।

तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन्। तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन्। जम्मा पक्राउ परेकामध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेसमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको छ। अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने सङ्ख्या बढ्दै जान्छ। आव २०७९÷८० मा ७८, आव २०७८÷७९ मा ७७, आव २०७७÷७८ मा ७५, आव २०७६÷७७ मा ८१ र आव २०७५÷७६ मा ८२ प्रतिशत अभियुक्त पक्राउ गर्न सफल भएको थियो।

पछिल्लो पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा कर्तव्य ज्यान मुद्दामा औषत ७९ प्रतिशत अभियुक्त पक्राउ परेका देखिएको छ । यसै सिलसिलामा सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्यबहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे। उनलाई अंशसम्बन्धी झगडामा श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विसं २०६१ जेठ ५ गते जिल्ला अदालत धादिङले सर्वश्वसहित जन्मकैद फैसला गरेको थियो।

सम्बन्धित समाचार

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

यसैगरी, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँके नेपालगञ्जका ५५ वर्षीय मोहमद हाफिम खाँ १४ वर्षपछि मङ्सिर २० गते पक्राउ परे। उनलाई विसं २०६६ असार २२ गते जिल्ला अदालत बाँकेले १८ वर्ष कैद सजायको फैसला गरेको थियो । दवाडी र खाँ प्रतिनिधिपात्रमात्रै हुन् । उनीहरूजस्तै कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न तथा फरार व्यक्ति पक्राउ पर्ने क्रम जारी छ।

नेपाल प्रहरीले अनुसन्धानलाई निरन्तरता दिने र खोजतलासलाई तीव्र पारेका कारण यस्ता अपराधी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए। यसप्रकार हरेक आर्थिक वर्षमा जघन्य अपराधको अनुसन्धानमा नेपाल प्रहरी सफल भएको देखिन्छ।

यो सफलता प्राप्त हुनुमा प्रहरीको क्रियाशीलता नै प्रमुख कारण भएको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले बताए।

ADVERTISEMENT

उनले भने, ‘अनुसन्धान र खोजीकार्य निरन्तर रहने, चालु मुद्दाको अभियुक्त पक्राउ गर्न तथा अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी कार्यालयले कार्ययोजना नै बनाई कार्यान्वयन गर्ने हुँदा चालु मुद्दाका फरार प्रतिवादी तथा पुराना मुद्दाका फरार प्रतिवादीलाई समेत पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ।’

खुला सिमाना र विश्वव्यापीकरणका कारण केही त्यस्ता व्यक्ति फरार रहेको भएता पनि इन्टरपोलको सहयोगमा समेत केही फरार प्रतिवादीलाई पक्राउ गरी ल्याइएका प्रहरीले जनाएको छ। नेपाल प्रहरीको सूचना संयन्त्रको प्रयोग, प्रविधिको प्रयोग र योजनासहितको निरन्तरताको प्रयासका कारण कर्तव्य ज्यानलगायतका मुद्दाका प्रतिवादीमध्ये ठूलो प्रतिशतलाई पक्राउ गर्न सफल भएको छ भने यो पक्राउ दरलाई अधिकतम बनाउन प्रहरी सदैव क्रियाशील रहेको प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले जानकारी दिए।

उनका अनसार अपराध अनुसन्धानलाई थप व्यावसायिक तथा विशिष्टिकृत गर्न नेपाल प्रहरी कार्ययोजना, २०८० ले विभिन्न व्यवस्था गरेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कार्ययोजना लागू गर्नुभएपछि अपराध अनुसन्धानको जनशक्ति व्यवस्थापन गर्न सहज भएको छ । राष्ट्रिय अपराध सूचना संयन्त्र थप प्रभावकारी भएको छ।

यस क्षेत्रको अनुभव आदानप्रदान तथा क्षमता अभिवृद्धिमा टेवा पुगेको छ । समग्रमा कर्तव्य ज्यानलगायत अन्य अपराधका घटना न्यूनीकरण तथा प्रभावकारी अनुसन्धान हुनसकेको छ। विधि विज्ञान प्रयोगशाला, पोलिग्राफ शाखा, डिजिटल फोरेन्सिक ल्याब, डाटा सेन्टर, सिसिटिभी, केनाइन आदिले प्रमाणमुखी अपराध अनुसन्धानमा सघाउ पुगेको प्रहरीको भनाइ छ।

विशिष्टिकृत अपराध अनुसन्धान एकाइको क्षमता विकास र प्रदेशस्तरमा विस्तार भई अनुसन्धान क्षमता र दायरा फराकिलो भएको र जसले समग्र अनुसन्धान क्षेत्रमा सकारात्मक प्रभाव पारी जुनसुकै अपराध गरी देश वा विदेशमा फरार व्यक्ति कानुनको पञ्जाबाट उम्किन नसकेका प्रहरीको दाबी छ।

अपराध व्यक्ति, परिवार, समाज तथा देशको विकासका लागि बाधक हुन्छ । त्यस्ता अपराधको सफल अनुसन्धान गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय छ। अपराध न्यूनीकरण गर्न प्रहरीका हरेक युनिटको कुशल परिचालन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता ढकालले बताए।

आपराधिक घटनाको सफल अनुसन्धान हुनु भनेको उचित, प्रभावकारी एवं प्रमाणमुखी अनुसन्धान नै हो। यसलाई प्राथमिकतामा राखी न्याय सम्पादन गरेकै कारण सफलता मिलेको हो। यस कार्यलाई प्रविधिले निकै सघाएको छ। प्रमाण जुटाउन सहयोग गरेको उ‍नको भनाइ छ।

उनले भने, ‘प्रविधिको उच्चतम प्रयोगले अपराध अनुसन्धान एवं नियन्त्रणमा अहम् भूमिका निभाएको छ। वस्तुनिष्ट तथा प्रमाणमुखी सबुत सङकलनमा नेपाल प्रहरीले साधनस्रोत व्यवस्थापन तथा दक्ष जनशक्ति उत्पादनलाई जोड दिएको छ। रासस

Share163Tweet99SendShare
Previous Post

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

Next Post

४५ किलो चरेससहित तीनजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश
अपराध

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

७:२४ बिहान, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
Next Post
४५ किलो चरेससहित तीनजना पक्राउ

४५ किलो चरेससहित तीनजना पक्राउ

भन्सार छलिको खजुरी बरामद

भन्सार छलिको खजुरी बरामद

बर्दियामा शिक्षा शाखा प्रमुख ढकाल माथि कालोमोसो दल्दै अखिल क्रान्तिकारी

बर्दियामा शिक्षा शाखा प्रमुख ढकाल माथि कालोमोसो दल्दै अखिल क्रान्तिकारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:20 am5:46 pm +0545
Feels like: 31°C
Wind: 14km/h W
Humidity: 54%
Pressure: 1012.53mbar
UV index: 4
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?