ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विकराल बन्दै डढेलो

News Desk by News Desk
१०:३३ बिहान, बैशाख १५, २०८१
भीषण गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित
383
सेयर
382
VIEWS
ShareTweetSendShare

पोखरा बैशाख १५ गते ।
वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उनको भनाइ छ ।

“बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्युठान देखिएको छ”, वन अधिकृत श्रेष्ठले भने, “संरक्षण क्षेत्रअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बढी प्रभावित छन् ।” बिहीबार सातवटा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको विभागले जनाएको छ । वैशाख लागेपछि डढेलोका घटना बढेको वन अधिकृत श्रेष्ठले बताए ।

डढेलोको क्षेत्रफल र वनमा पुगेको क्षति भने आकलन बाहिर छ । आगलागी र डढेलोका घटनामा परी ज्यानै जानेसम्मका घटना भएका छन् । विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले अघिल्लो वर्षको तुलनामा यस वर्ष डढेलोका घटना बढ्ने देखिएको बताए । “मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिन्छ”, उनले भने, “गत वर्ष देशभर तीन हजार छ सय आसपास ठाउँमा डढेलो लागेको थियो ।”

बर्सेनि औसतमा चार हजार स्थानमा डढेलो लाग्ने गरेको पाइएको उपमहानिर्देशक ज्ञवालीले बताए । “दुई वर्षअघि झण्डै छ हजार स्थानमा डढेलोको प्रकोप देखिएको थियो, अहिले पनि डढेलो फैलँदो क्रममा छ”, उनले भने, “वर्षा नभए जेठसम्मै डढेलोको जोखिम रहन्छ ।”

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले फागुनदेखि जेठसम्म डढेलोको प्रकोप रहने बताए । डढेलोले वन विनाश मात्रै नभई धनजनको समेत क्षति हुने गरेको उनको भनाइ छ । “डढेलोको समस्या बिकराल बन्दैछ”, उपसचिव थापाले भने, “लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रण बाहिर गइरहेको छ ।” गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ ।

वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको उनले बताए । मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाइ छ । “करिब ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ”, उपसचिव थापाले भने, “पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।”

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उनको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताए । “डढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदूषण निम्त्याउँछ”, उनले भने, “डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ ।”

ADVERTISEMENT

डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तिने गरेको उनको भनाइ छ । डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपद्का घटना पनि बढाउने उपसचिव थापाले बताए । बर्सेनि बढिरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि जनशक्ति र स्रोतसाधनको उचित प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताए ।

“परम्परागत तरिकाले मात्र अब डढेलो नियन्त्रणमा लिन कठिन छ, तालिमप्राप्त जनशक्ति र पर्याप्त उपकरण चाहिन्छ”, उनले भने, “प्राकृतिक भू–बनोटका कारण पनि नेपालमा डढेलो चुनौतीको विषय बनिरहेको छ ।”

डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गरिए पनि यसमा कमी आउन नसकेको उनको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उनले बताए । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताए । “वनमा अग्नि रेखाको निर्माण, सरसफाइ जस्ता कार्य नियमित गर्नुपर्छ”, उनले भने, “डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ ।”

गण्डकी प्रदेश वन निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले डढेलोका घटना नियन्त्रण र न्यूनीकरण सबै पक्षको साझा विषय भएको बताए । “बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठुलो नोक्सानी हुने गरेको छ, डढेलोले वनजन्तु र पंक्षी मर्ने, उनीहरुको बासस्थान नष्ट हुन्छ”, उनले भने, “डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको हुन्छ ।”

नेपालमा मुख्य गरी फागुन–वैशाखमा डढेलोका घटना बढी हुने गरेको उनको भनाइ छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भूबनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको वन अधिकृत थापाले बताए ।

वन व्यवस्थापनलाई चुस्त बनाउन सके डढेलोका घटना नियन्त्रण गर्न सकिने उनको भनाइ छ । “समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन, डढेलो नियन्त्रणका लागि तीनै तहका सरकार र जनस्तरबाट समेत प्रभावकारी उपाय अवलम्बन गर्न जरुरी छ”, उनले भने, “समुदायमा डढेलो सम्बन्धी सचेतना जगाउनुपर्छ ।”

डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सब–डिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेको उनले जानकारी दिए । वन कार्यालयहरूले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएको निर्देशनालयले जनाएको छ । लम्बिँदो सुक्खा यामका कारण यो हिउँदमा डढेलोका घटना अझै बढ्न सक्ने जोखिम रहेको वन अधिकृत थापाले बताए ।

डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको उनको भनाइ छ । वन अधिकृत थापाले विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने बताए । डढेलो लगाउने व्यक्तिलाई बिगो अनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुन सक्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वनको वैज्ञानिक व्यवस्थापन र स्रोत परिचालन नहुँदा पनि डढेलोका घटनाले प्रश्रय पाइरहेको बताए । “घाँसदाउरा, स्याउला, सोत्तर लिन मानिसहरु वन जानै छाडे, झाडी सफाइ पनि हुँदैन, जसका कारण डढेलो अनियन्त्रित भई फैलिइरहेको छ”, उनले भने, “वन व्यवस्थापन र उपभोगमा राज्यको पनि यथेष्ट ध्यान पुग्न सकेको छैन, वन पैदावर यसै खेर गइरहेको छ ।” रासस

Share154Tweet96SendShare
Previous Post

चितुवाको आक्रमणबाट एक युवक घाइते

Next Post

सिटी हलको निर्माण अधुरै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post
सिटी हलको निर्माण अधुरै

सिटी हलको निर्माण अधुरै

भेरी करिडोरको बेलिव्रिज निर्माण अलपत्र

भेरी करिडोरको बेलिव्रिज निर्माण अलपत्र

खजुरामा व्यवसाय दर्ता तथा नवीकरण अभियान

खजुरामा व्यवसाय दर्ता तथा नवीकरण अभियान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 8km/h SE
Humidity: 92%
Pressure: 1005.76mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?