ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेका विभिन्न पालिकामा आत्मनिर्भर बनाउन प्रविधिसहितको तालिम

News Desk by News Desk
१०:४६ बिहान, जेष्ठ २२, २०८१
बाँकेका विभिन्न पालिकामा आत्मनिर्भर बनाउन प्रविधिसहितको तालिम
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके जेठ २२ गते ।
बाँकेका विभिन्न पालिकाका महिलाहरु तथा बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिप प्रदान गर्ने उद्देश्यले प्रविधिसहितको विभिन्न तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका पिछडिएका, आदिवासी जनजाति, दलित, मुस्लिम तथा मधेसी महिलाहरुका लागि प्रविधिसहितको विभिन्न तालिम सञ्चालन गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका कार्यालय प्रमुख रमेशबहादुर बुढाथोकीले कोहलपुर नगरपालिकाको वडा नं. १ र ९, राप्तीसोनारी गाउँपालिकाको वडा नं. २ र ८ र नरैनापुर गाउँपालिका वडा नं. २ का महिलाहरुलाई एक महिने प्रविधिसहितको एड्भान्स सिलाई कटाई तालिम सञ्चालन गरिएको बताए । कोहलपुरमा २०, राप्तीसोनारीमा २० र नरैनापुरमा २० जना पिछडिएका, आदिवासी जनजाति, दलित, मुस्लिम तथा मधेसी महिलाहरुका लागि एक महिने सिलाइ कटाइ तालिम सञ्चालन गरिएको उनले बताए ।

त्यसैगरी, राप्तीसोनारी गाउँपालिका वडा नं. ४ र ५ का २५ जना र वडा नं. ६ र ७ का २५ गरी ५० जना स्थानीयलाई गँड्यौलाबाट कम्पोष्ट मल बनाउने पाँच दिने तालिमको समापन गरिएको छ । तालिमपछि सहभागी किसानहरुलाई मल उत्पादन गर्नका लागि आवश्यक पर्ने भुइँमा बिछ्याउने ड्रमसहितको त्रिपाल, उत्पादित मल चाल्ने चाल्नो तथा मल कोट्याउने हाते दाँतीलगायतका औजारसहित प्रमाणपत्र प्रदान गरिएको उनले जानकारी दिए ।

बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत महिला तथा स्थानीयहरुलाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिए । सिलाइ कटाइका हरेक प्रशिक्षार्थीहरुलाई पाउदानसहितको कपडा सिलाउने मेशिन, बस्ने स्टुल, आइरन, कैंची, स्केल, इन्चिटेप, कपडालगायत आवश्यक पर्ने सम्पूर्ण प्रविधि उपलब्ध गराइएको बुढाथोकीले जानकारी दिए ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

उनका अनुसार प्रत्येक महिलालाई तालिमपश्चात् एउटा पसल सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रविधि उपलब्ध गराइएको हो । तालिम सिकेर सिपयुक्त व्यवसायी मात्र नभएर दक्ष प्रशिक्षकसमेत उत्पादन गर्ने तालिमको उद्देश्य रहेको र पछिसम्म पनि दक्ष उद्यमी तथा व्यवसायीलाई कार्यालयले आवश्यकता अनुसार सहयोग गर्ने कार्यालय प्रमुख बुढाथोकीले बताए । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ ले तालिम सञ्चालनका लागि आफ्नो संसदीय विकास कोषबाट ६० लाख रुपियाँको बजेट व्यवस्थापन गरिदिएको उनको भनाइ छ । तालिमका लागि सम्बन्धित वडा कार्यालयले प्रशिक्षार्थीको नाम छनोट गरेर सिफारिस गर्ने र वडा कार्यालयले गरेको सिफारिस अनुसार सहभागी प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गरिने व्यवस्था गरिएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्व सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ले बेरोजगार दिदीबहिनी तथा युवाहरुलाई लक्षित गरेर हरेक वर्ष विभिन्न किसिमका सिपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउनका लागि आफ्नो संसदीय विकास कोषबाट बजेट छुट्याएर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

गत वर्ष पनि राप्तीसोनारीका सबै नौ वटै वडामा मोबाइल रिपेयरिङ, सिलाइ कटाइ, हाउस वायरिङ तथा ब्युटिसियन तालिमका लागि ७० लाख बजेट विनियोजन गरी एक सय ५० जनालाई तालिम प्रदान गरिएको उनले बताइन् ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

आत्मनिर्भर बन्दै राप्ती सोनारीका किसान

Next Post

अत्यधिक गर्मीले धानको बिउ राख्न नपाउँदा बाँकेका किसान चिन्तित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
अत्यधिक गर्मीले धानको बिउ राख्न नपाउँदा बाँकेका किसान चिन्तित

अत्यधिक गर्मीले धानको बिउ राख्न नपाउँदा बाँकेका किसान चिन्तित

ग्यास लिक हुँदा बेंग्लोरमा एकै परिवारका पाँच नेपालीको मृत्यु

ग्यास लिक हुँदा बेंग्लोरमा एकै परिवारका पाँच नेपालीको मृत्यु

अब ज्यान मुद्दाका दोषीलाई सजाय मिनाहा दिँदा पीडितको स्वीकृत अनिवार्य

अब ज्यान मुद्दाका दोषीलाई सजाय मिनाहा दिँदा पीडितको स्वीकृत अनिवार्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?