ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

खुट्टाले लेखेर एसईई उत्तीर्ण

News Desk by News Desk
२:५७ मध्यान्ह, असार १८, २०८१
खुट्टाले लेखेर एसईई उत्तीर्ण
372
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके असार १८ गते ।
“अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, “सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।”

मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिएका खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण भएका छन् । एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उनको योजना छ । उनले भने, “मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु ।” पढाइ सकेपछि भविष्यमा लोकसेवा दिएर अधिकृत बन्ने इच्छा उनको छ ।

शारीरिक रुपले अशक्त १८ वर्षीय उमेश खुट्टाले लेखेर एसइई परीक्षामा उत्तीर्ण हुने यस क्षेत्रकै पहिलो विद्यार्थी हुन् । उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जसन्मएका हुन् । पटक पटकको उपचारपछि हातको नशामा कुनै सुधार नआएपछि उनको खुट्टाको भने तीनपटक शल्यक्रिया गरिएको थियो । त्यसपछि अलिअलि खुट्टा चल्न सुरु गरेको आमा गोमा खत्रीले बताइन् ।

खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफूले सक्ने काम गर्न थालेको आमा गोमा बताउँछिन् । खुट्टा चल्न सुरु गरेपछि उनलाई हिँड्न कसैको सहारा चाहिएन तर धेरै समय उभिन सक्दैनन् । खुट्टाले काम गर्न सक्ने भएपछि गोमाले छोरालाई विद्यालय भर्ना गरेकी थिइन् ।

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

बाँकेमा लालपुर्जा वितरण तीब्र

“सुरुमा गाउँकै जय दुर्गा आधारभूत विद्यालयमा पढायौँ । त्यसपछि गाउँमै सञ्चालित वागेश्वरी वेस्टर्न इङ्लिस बोर्डिङमा कक्षा ७ सम्म पढाएर लक्ष्मी माविमा भर्ना गरेका हौँ”, उनले भनिन्, “छोरा पहिलादेखि पढाइमा अब्बल भएकाले एसइईमा पास हुन्छ भन्नेमा ढुक्क थिएँ ।”

छोराले एसइई पास गरेपछि चौतर्फी बधाईको ओइरो आफूलाई आउँदा गर्व लागेको गोमाको भनाइ छ । खुट्टाको नशामा सुधार आएपछि छोराले अरू काम गर्न नसके पनि किताब कापी मिलाउने, कलम समात्ने, मोबाइल र ल्यापटप चलाउन सक्ने भएको गोमाले बताइन् ।

उमेशलाई परीक्षामा सहज वातावरण निर्माण गर्न विद्यालयले उचित व्यवस्थापन गरेर सहयोग पुर्याएको लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले बताए । उनका अनुसार परीक्षाको बेला कक्षाकोठाको बेन्चमा बसेर लेख्न उमेशलाई अप्ठ्यारो भएपछि विद्यालयले छुट्टै टेबल र कुर्सीको व्यवस्था गरेको थियो ।

ADVERTISEMENT

प्रधानाध्यापक आचार्यले उमेश मेहनती मात्र नभई अनुशासित विद्यार्थी भएको बताए । “उहाँको शारीरिक अपागङ्तालाई देखेर स्कुलले धेरै सहयोग र व्यवस्थापन गरेको छ”, उनले भने, “हुन त पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन । यो सफलता उमेशको लगनशीलताको नतिजा हो ।”

घरबाट १५ मिनेटको दूरीमा रहेको विद्यालयमा उमेशलाई कहिले मामाको छोरा र कहिले आमाले विद्यालयसम्म पुर्याउनुपथ्र्यो । उमेश आफ्नो सफलताको श्रेय आमा बुबा र गुरुहरुलाई दिन्छन् । पाँच वर्षको उमेरबाट उमेशले आफूले सक्ने काम खुट्टाकै सहारामा गर्न थाले । हात र खुट्टा दुवै नचल्दा भन्दा खुट्टाले काम गरेपछि धेरै सजिलो भएको उमेशको भनाइ छ ।

सशस्त्र प्रहरीमा जागिरे बुबा अहिले नवलपरासीमा कार्यरत रहेका छन् । दुई छोरामध्ये उमेश जेठो हुन् । यस वर्षको एसइईमा धेरै विद्यार्थीले नतिजा राम्रो ल्याउन नसकेको बेला आफनै वडाबाट उमेशले राम्रो अङ्क ल्याएर पास गरेकामा वडावासी खुसी भएको वडाअध्यक्ष ज्ञानेन्द्र वलीले बताए ।

उमेशलाई उच्च शिक्षाका लागि सहयोग गर्ने वडाध्यक्ष वलीले प्रतिबद्धता व्यक्त गरे । उक्त विद्यालयबाट एक सय सातजना विद्यार्थीले एसइई परीक्षा दिएका थिए जसमध्ये १२ जनामात्र उत्तीर्ण भएका छन् । रासस 

Share149Tweet93SendShare
Previous Post

कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको साथ

Next Post

कोहलपुरमा १७४ नयाँ क्षयरोगका बिरामी भेटिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने
राजनीति

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

७:४२ बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड
मुख्य समाचार

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

२:४३ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन
मुख्य समाचार

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

६:५३ बिहान, असार २५, २०८२
बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र
समाचार

बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

४:२० बिहान, असार २५, २०८२
Next Post
कोहलपुरमा १७४ नयाँ क्षयरोगका बिरामी भेटिए

कोहलपुरमा १७४ नयाँ क्षयरोगका बिरामी भेटिए

डेङ्गुविरुद्ध नेपालगञ्जमा उच्च सतर्कता

डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

बाँकेमा दुई जना ५ किलो अफिमसहित पक्राउ

बाँकेमा दुई जना ५ किलो अफिमसहित पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Partly Cloudy
5:28 am7:19 pm +0545
Feels like: 33°C
Wind: 5km/h E
Humidity: 93%
Pressure: 1001.36mbar
UV index: 0
SatSunMon
35/28°C
35/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?