ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लक्ष्मी माविका विद्यार्थीले पढ्दै कमाउँदै

News Desk by News Desk
१०:३६ बिहान, असार १९, २०८१
लक्ष्मी माविका विद्यार्थीले पढ्दै कमाउँदै
385
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके असार १९ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थी सृष्टि रेग्मी खेतमा धान रोप्दै गरेको अवस्थामा भेटिन् । रेग्मी आफ्नो खेतमा नभएर विद्यालयको खेतमा धान रोपिरहेको अवस्थामा भेटिन् ।

“म यस विद्यालयमा १० कक्षामा अध्ययनरत छु, कृषि प्राविधिक विषय लिएर अध्ययन गरिरहेकी छु, आज स्कुलको खेतमा धान रोपाइँ भइरहेको छ र म धान रोप्न आएकी हुँ ।” रेग्मीले भनिन्, “सबै साथीहरू मिलेर धान रोपाइँ गर्दा रमाइलो पनि भएको छ, पढाइका सँगसँगै धान रोप्दा प्रयोगात्मक परीक्षामा नम्बर पनि पाइन्छ र खर्च पनि पाइने रहेछ ।” रेग्मीसँगसँगै दर्जनौँ विद्यार्थीहरूले खेतमा रोपाइँ गरिरहेका थिए । कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा वलीले कृषि खेतीका बारेमा पनि जानकारी हुने, विद्यालयमै यसका बारेमा धेरै सीप र ज्ञान हासिल गर्न पाइने र सोही ज्ञानलाई घरमा लगेर प्रयोगसमेत गर्दै आएको बताइन् ।

उनले विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाई हुने भएकाले अङ्ग्रेजी भाषासमेत सिक्न मद्दत पुगेको बताइन् । कक्षा १० मा अध्ययनरत अर्की छात्रा सुजिता थारुले भनिन्, “अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ, अङ्ग्रेजी बेस पनि हुने भयो, हामी खेती किसानी गर्ने परिवारका हौँ, यहाँ सिकेका कुराहरू घरमा गएर लागु गर्छौँ मैले सिकेको ज्ञान बुवाआमाले पनि सिक्नुहुन्छ र काम गरेबापत दैनिक ज्यालासमेत पाइने हुँदा हामी सबै खुसी छौँ ।” “सरहरूले काम गरेबापत दैनिक ३ सय रुपियाँ दिने भनिन् छ, त्यस पैसाबाट कापीकलम किन्न, परीक्षा शुल्क तिर्न तथा खाजा खर्चसमेतलाई पुग्छ।” कक्षा १० मा अध्ययनरत दीपेन्द्र थारुले भन्नुभयो, “काम गरेबापत पैसा पनि पाइने र प्राक्टिकल नम्बर पनि पाइन्छ, ५० प्रतिशत थ्योरी र ५० प्रतिशत प्राक्टिकल हुन्छ ।” राप्तीसोनारी २ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक धारको कृषि बाली विज्ञान विषयमा पढाइ हुने गरेको छ ।

पछिल्लो समयमा यस विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको रुचि बढ्दै गएको बताउँछन् विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्य । विद्यालयमा २०७६ सालबाट कृषि बाली विज्ञान अन्तर्गत प्राविधिक धारको पढाई सुरु भएको उनले बताए । हाल कक्षा ९ देखि १२ सम्म १५५ जना विद्यार्थीले यस विषयमा अध्ययन गरिरहेका छन् ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

यसै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई पढाइका अलावा सीपका साथै आर्थिक अवस्थामा पनि टेवा पुगोस् भनेर ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु गरिएको उनको भनाइ छ । “अहिले धान रोपाइँको सिजन छ, विद्यार्थीले बिउँ राख्ने, हुर्काउने, पानी लगाउने, मल हाल्ने, गोडमेल गर्ने, कीटनाशक औषधि हाल्ने लगायतका सबै कामहरू गरिरहेका छन्, उनीहरूले पढाइ पनि गर्दैछन् कृषिमा सीप र ज्ञान पनि सिक्दैनन्, त्यति मात्र नभएर विद्यार्थीहरूलाई उनीहरूले श्रम गरेबापत दैनिक ३ सय रुपियाँ ज्यालासमेत दिने निर्णय गरेका छौँ,” प्रअ आचार्यले भने ।

विद्यार्थीका पढाइका अलावा आयस्रोतसँग जोडिन, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर आयआर्जनका लागि यो कार्यक्रम अत्यन्तै फलदायी भएको उनको भनाइ छ । उत्पादन बिक्रीबाट आएको आम्दानीलाई ‘पढ्दै कमाउँदै’ कोषमा राखिने र त्यसलाई ‘सिड मनी’का रूपमा प्रयोग गरिँदै आएको छ ।

“उत्पादन बिक्रीबाट भएको आम्दानीलाई पढ्दै कमाउँदै कोषमा राख्छौँ, त्यसलाई सिड मनीका रूपमा प्रयोग गर्दै आएका छौँ,” प्रअ आचार्यले भने, “इच्छुक विद्यार्थीहरूले आफ्नो घरमा कृषि खेती गर्न चाहेमा बिना ब्याजमा नगद रकम प्रदान गर्छौँ, आवश्यक बिउ, मल, प्रविधिसमेत दिन्छौँ, उत्पादन भइसकेपछि बिक्री गरेर उनीहरूले सावाँमात्र फिर्ता गरे हुन्छ ।” विद्यालयले १२ बिगाहा क्षेत्रफल जग्गामा सिजनअनुसार धान, गहुँ, मकै, तरकारी, जडीबुटी लगायतका खेती गर्दै आएको उनले बताए । जमिनलाई आवश्यक मल जोहो गर्न गाईपालन, बाख्रापालन तथा घाँसखेतीसमेत गर्दै आएको उनले जानकारी दिए ।

ADVERTISEMENT
Share156Tweet96SendShare
Previous Post

बाँकेमा दुई जना ५ किलो अफिमसहित पक्राउ

Next Post

३१ हजार १५९ सवारीसाधनमाथि कारबाही, २ करोड बढि राजस्व संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post
३१ हजार १५९ सवारीसाधनमाथि कारबाही, २ करोड बढि राजस्व संकलन

३१ हजार १५९ सवारीसाधनमाथि कारबाही, २ करोड बढि राजस्व संकलन

दश लाख ५ हजार पर्ने अवैध सामान नेपालगन्जबाट बरामद

दश लाख ५ हजार पर्ने अवैध सामान नेपालगन्जबाट बरामद

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आज यी स्थानमा भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?