ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दाङमा तीन वटा पुल बन्दै, दुईको ठेक्का सम्झौता खारेज

News Desk by News Desk
१२:०० बिहान, भदौ १२, २०८१
दाङमा तीन वटा पुल बन्दै, दुईको ठेक्का सम्झौता खारेज
377
सेयर
376
VIEWS
ShareTweetSendShare

दाङ भदौ १२ गते ।
सडक डिभिजन कार्यालय अन्तर्गत दाङमा निर्माण हुन थालेका पाँच वटा पुलमध्ये दुई वटा पुलको सम्झौता रद्द भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ को गिधनियास्थित तुइखोला र घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोला पुलको ठेक्का सम्झौता रद्द भएको हो ।

२०७६ असोज महिनासम्म पुल निर्माणको काम सक्ने गरी २०७४ सालमा बाँकेको एडभेन्चर जेभी नेपालगन्जसँग छ करोड ८२ लाख ३७ हजारमा ठेक्का सम्झौता भएको थियो तर सम्झौता अनुसार काम नभएपछि सडक डिभिजन कार्यालय दाङले ठेक्का सम्झौता रद्द गरेर निर्माण व्यवसायी कालो सूचीमा राखेको सूचना अधिकारी इन्जिनियर उज्ज्वलकुमार झाले जानकारी दिनुभएको छ । उहाँका अनुसार लामा घोराही–तुलसीपुर सडकखण्डको पत्रेखोलामा पुल निर्माणको जिम्मा पाएको कान्छाराम शङ्करमाली जेभीसँग ठेक्का खारेज भएको छ ।

२०७४ भदौ ९ गते पुल निर्माण सक्ने गरी २०७१ भदौमा करिब चार करोड ३५ लाखमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माण व्यवसायीले बनाए पनि रेलिङ र एक्सिस रोड निर्माणको काम बाँकी रहेको थियो । पुल निर्माणको काम पूरा नगरेपछि निर्माण कम्पनीसँग ठेक्का सम्झौता खारेज गरेको सूचना अधिकारी झाले जानकारी दिनुभएको छ । ठेक्का सम्झौतापछि निर्माण व्यवसायी अदालत गएकाले नयाँ ठेक्काको काम हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । सूचना अधिकारी झाले भन्नुभयो, “पुल निर्माणका लागि पटक पटक म्याद थपसँगै ताकिता गर्दा पनि पुल निर्माण हुने अवस्था नदेखिएपछि बाध्य भएर सम्झौता खारेज गरेका हौँ  ।”

आठ वर्षदेखि अलपत्र डुरुवा–कोठरी जोड्ने हापुरखोला पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोला पुलको करिब ८५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । २०७५ चैत १८ गते काम सम्पन्न गर्ने गरी सुर्खेतको एसपिए सूर्य जेभीसँग २०७३ असोज १९ गते भ्याटबाहेक १० करोड ५० लाख २१ हजार चार सय रुपियाँमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सम्झौता अनुसार साढे दुई वर्षमा पुल निर्माण सक्नुपर्ने भए पनि निर्माण कम्पनीले काम नगर्दा लामो समयदेखि अलपत्र परेको थियो । पुल निर्माणका लागि चार पटक म्याद थप गरेपछि अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि निर्माण कम्पनीले राम्रोसँग काम गरेपछि अहिले पुल निर्माण अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर उज्ज्वलकुमार झाले जानकारी दिनुभएको छ । उहाँका अनुसार पुलको पिल्लर निर्माणसँगै माथि स्ल्याब राख्ने काम सकिएको छ । पुल निर्माणको अझै करिब छ महिनाभन्दा बढी म्याद रहेको कार्यालयले जनाएको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै सूचना अधिकारी झाले भन्नुभयो, “निर्माण व्यवसायीको लापर्बाहीका कारण लामो समयदेखि पुल निर्माण हुन सकेको थिएन तर पुलका लागि पिल्लर निर्माणसँगै स्ल्याब राख्ने काम भएपछि वर्षाको समयमा खोलामा बाढी आएको समयमा मानिस पुलबाट हिँड्ने भएको छ । यसले स्थानीयलाई आशा जगाउने काम गरेको छ ।”

तुइसोता पुल ८३ प्रतिशत काम

यसै गरी तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोतामा निर्माणाधीन पुलको प्रगति ८३ प्रतिशत रहेको छ । २०८१ पुसको २३ गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०७९ असार २३ गते महेश इन्जिनियरिङ सत्यवती जेभी बर्दाघाट नवलपरासीसँग ठेक्का सम्झौता भएको थियो । तुलसीपुर उपमहानगरपालिका–१३ को फूलबारी र दङ्गीशरण गाउँपालिका–२ को सरुवाडाँडा गाउँ जोड्ने गरी निर्माण हुन थालेको हो । ठेक्का सम्झौता अनुसार पुल निर्माणको काम सन्तोषजनक रहेको भन्दै सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकले अहिलेको गतिमा पुल निर्माणको काम भए निर्धारित समयमा काम सकिने बताउनुभयो । उहाँका अनुसार पुलका लागि पिल्लर निर्माणसँगै स्ल्याब राख्ने सकिएको छ । १० करोड आठ लाख ४५ हजार ४३१ रुपियाँ लागत रहेको पुलको हालसम्म आठ करोड ४३ लाख ९९ हजार ४२४ रुपियाँ खर्च भएको छ ।

ADVERTISEMENT

रनसिङ खोला पुल ४२ प्रतिशत काम

सडक डिभिजन कार्यालय दाङ अन्तर्गत गढवा गाउँपालिका–१, रनसिङ खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ४३ प्रतिशत मात्रै रहेको छ । दाङको गढवा गाउँपालिका–१, जुरौनी र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, चिरङ्गे जोड्ने रनसिङ खोला पुल निर्माणका लागि २०७९ फागुन ३० गते सक्ने सूर्य सेरम तरुपाते जेभी वीरेन्द्रनगर–६, सुर्खेतसँग २०७७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले काम नगरेपछि दुई पटक म्याद थप भइसकेको छ ।

पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम नगरेपछि एक वर्षदेखि तिरुपाते निर्माण कम्पनीले पुल निर्माणको काम गरिरहेको इन्जिनियर महेश विकले जानकारी दिनुभयो । पुलका चार पिल्लर र तीन स्ल्याबमध्ये पिल्लर निर्माणको काम सकेर एउटा स्ल्याब राख्ने काम गरिएको छ । इन्जिनियर विकले भन्नुभयो, “नयाँ कन्ट्याक्टरले पुल निर्माणको जिम्मा लिएपछि अहिले प्रगति देखिने अवस्था भएको छ । कन्ट्याक्टरले यही गतिमा काम गरे थपिएको समयमा पुल निर्माण हुन सक्ने अवस्था छ ।” नौ करोड २४ लाख ४० हजार ९३४ रुपियाँ लागत निर्माणमा हुन थालेको पुलको वित्तीय खर्च तीन करोड ९१ लाख ६८ हजार ६९६ रुपियाँ रहेको कार्यालयले जनाएको छ । गोरखापत्र अनलाइन

Share151Tweet94SendShare
Previous Post

भन्सारलाई पहिलो महिनामै लक्ष्य भन्दा कम राजश्व

Next Post

नेपालगञ्जमा जुम्लाका स्याउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
नेपालगञ्जमा जुम्लाका स्याउ

नेपालगञ्जमा जुम्लाका स्याउ

पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव इस्तियाक राई

विधि–विधानमा नचलेकै कारण जसपा नेपालबाट बाहिरिदै नेता–कार्यकर्ता : महासचिव राई

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?