ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा उद्योग तथा फर्महरु खारेज गर्नेको संख्यामा वृद्धि

News Desk by News Desk
११:५० मध्यान्ह, माघ ९, २०८१
बाँकेमा उद्योग तथा फर्महरु खारेज गर्नेको संख्यामा वृद्धि
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके माघ १० गते ।
बाँकेमा पछिल्लो समयमा उद्योग तथा फर्महरु खारेज गर्नेको संख्यामा वृद्धि भएको छ । चालु आवको पुस मसान्तसम्म छ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।

कार्यालयका प्रमुख प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार यस चालु आवको छ महिनामा उद्योगतर्फ १०८ र वाणिज्यतर्फ २३८ गरी जम्मा ३४६ उद्योग तथा फर्म खारेज भएका हुन् । “यो चालु आवको छ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलक लगायतका उद्योगतर्फ १०८ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म २३८ गरी जम्मा ३४६ उद्योग तथा फर्महरु खारेज भएका छन” बुढाथोकीले भने ।

प्रमुख उद्योग अधिकृत बुढाथोकीका अनुसार छ महिनाको समय अवधिमा विभिन्न प्रकृतिका ३६८ नयाँ उद्योग र वाणिज्यतर्फ ४१० नयाँ फर्म दर्ता भएका छन् । “लगतकट्टा (खारेजी)को साथसाथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदै आएका छन् तर पछिल्ला केही वर्षदेखि लगातार खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ” बुढाथोकीले भने । “कार्यालयको तथ्याङ्कमा विगत चार÷पाँच वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको संख्या बढेको छ ।”

बुढाथोकीले भन्नुभयो, “आर्थिक मन्दी, बैङ्कको चर्को ब्याज, खुला सिमाना लगायतका कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरुले गुनासो गर्नुहुन्छ ।” “कतिपय युवाले उद्योग सञ्चालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना त गर्नुभयो तर विविध कारणले गर्दा उहाँहरुले उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न सक्नुभएन ।” बुढाथोकीले भने, “त्यसपछि उहाँहरु उद्योग खारेज गरेर वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नुहुन्छ, यस कारणले पनि पछिल्लो समयमा उद्योग खारेजी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।” कार्यालयका प्रशासन अधिकृत सुशील ढकालका अनुसार चालु आवको छ महिनाको समयमा उद्योगतर्फ ६२७ र वाणिज्यतर्फ १२५६ गरी १८८३ फर्म नवीकरण भएका छन् ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

त्यसैगरी पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तन, नामसारी, ठेगाना परिवर्तनलगायतका उद्योगतर्फ ३४० र वाणिज्यतर्फ ४७७ गरी ८१७ फर्म अन्य संशोधन गरिएको छ । नयाँ दर्ता÷स्थापना भएका उद्योगहरुमा १०७ महिला र २८६ जना पुरुष गरी जम्मा ३९३ जना उद्यमी छन् भने ६२० जना महिला र ८८१ पुरुष गरी कुल १५०१ जनाले रोजगारी पाए छन् । नयाँ उद्योग दर्ता, नवीकरण, संशोधन लगायतबाट यस चालु आवको पुससम्ममा उद्योगतर्फ ४० लाख ४४ हजार रुपियाँ र वाणिज्यतर्फ ७६ लाख ६१ हजार ५८५ गरी एक करोड १७ लाख पाँच हजार ५८५ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नयाँ दर्ता गरिएका उद्योगमा ८१ करोड ६५ लाख ७५ हजार रुपियाँ र वाणिज्यतर्फ ५७ करोड ९५ लाख ३१ हजार रुपियाँ बराबरको पुँजी लगानी छ । कार्यालयको गत आर्थिक वर्ष ०८०–०८१ को तथ्याङ्कअनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सख्या बढ्दै गइरहेको हो । गत आवमा विभिन्न प्रकृतिका ७६० नयाँ उद्योग दर्ता भएका थिए भने २३० उद्योग खारेज भएका थिए । आर्थिक वर्ष ०७९–०८० मा ८७६ उद्योग दर्ता भएका थिए भने १६० उद्योग खारेजी भएका थिए ।

त्यसैगरी आर्थिक वर्ष ०७८–०७९ मा १७ सय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा १३८ उद्योग खारेज भएका थिए । आर्थिक वर्ष ०७७–०७८ मा २३ सय ४१ उद्योग दर्ता भएकोमा ९६ उद्योग खारेज भएका थिए । त्यसैगरी वाणिज्यतर्फ पनि नयाँ फर्म दर्ता हुनेभन्दा खारेज गर्नेकै संख्या बढिरहेको छ । उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष ०८०–०८१ मा प्राइभेट फर्म ६३४ र साझेदारी फर्म १४ गरी कुल ६४८ नयाँ फर्म दर्ता भएका थिए ।

ADVERTISEMENT

आर्थिक वर्ष ०७९–०८० मा प्राइभेट फर्म ८५८ र साझेदारी फर्म १६ गरी कुल ८७४ फर्म दर्ता भएको बुढाथोकीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०८०–०८१ मा प्राइभेट फर्म ४५० र साझेदारी फर्म १२ गरी ४६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९–०८० मा ३१२ प्राइभेट फर्म खारेजीमा परेका थिए । केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमशः दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो । कार्यालयको तथ्याङ्कले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको संख्या बढ्दै गइरहेको देखाएको हो ।

Share157Tweet98SendShare
Previous Post

लुम्विनी प्रदेशमा वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने

Next Post

नेपालगन्ज नाकाबाट चिनीको आयात बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post
नेपालगन्ज नाकाबाट चिनीको आयात बढ्यो

नेपालगन्ज नाकाबाट चिनीको आयात बढ्यो

अरबी हत्या प्रकरणः दलका नेताले परिवारको न्याय खोस्दै

अरबी हत्या प्रकरणः दलका नेताले परिवारको न्याय खोस्दै

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्धारा ५० लाख सहयोग

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्धारा ५० लाख सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?