ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका मेयर विष्टको हावा गफ : तीन महिनामै मुहार फेर्ने प्रतिवद्धता भाषणमै सिमित

News Desk by News Desk
४:३३ बिहान, फाल्गुन १२, २०८१
नेपालगन्जका मेयर विष्टको हावा गफ : तीन महिनामै मुहार फेर्ने प्रतिवद्धता भाषणमै सिमित
912
सेयर
911
VIEWS
ShareTweetSendShare

बाँके फागुन १२ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ’तीन महिना भित्रै फेरिन्छ नगरको मुहार’ भने सात महिना वित्न लागेको छ । उनले १५ साउनमा नेपालगन्जमा आयोजित एक सार्वजनिक कार्यक्रममा तीन महिना भित्रै फेरिन्छ नगरको मुहार भनेर भाषण गरेका हुन् । उनको उक्त भाषण सुनेपछि उपस्थित पत्रकारसमेत खुसी भए र मेयरको भनाईलाई प्राथमिकतामा राखेर आफ्नो संचार माध्यमको पहिलो समाचार बनाए, तर मेयर विष्टको उक्त भनाईले सार्थकता पाउन सकेन ।

मेयर विष्टले सार्वजनिक रुपमा गरेको प्रतिवद्धता केवल भाषणमा सिमित भएपछि नेपालगन्ज नगरबासी खिन्न भएका छन् । उनले उक्त भाषणमा ठूलालाई चैन, सानालाई ऐन हुँदैन, अब सुर्खेतरोडका सबै अवैध संरचना हटाइन्छ भन्ने दावी गर्न समेत भ्याएका थिए त्यतिबेला । बडो उत्साहित ढंगले सञ्चारकर्मीमाझ प्रस्तुत भएका मेयर विष्टले भनेका थिए, ‘तपाईहरू ढुक्क हुनुस्, तीन महिनाभित्रै नेपालगन्जको मुहार फेरिन्छ । मैले भनेको कुरालाई क्यामेरामा रेकर्ड गर्न पत्रकार साथीहरूको म ध्यानाकर्षण गराउन चाहन्छु । रेकर्ड गरेर राख्नुस, तीन महिनापछि मैले भनेजस्तो भएन भने मेरो कार्यकक्षमा आउनुस् । म त्यसको जवाफ दिने छु ।’

उनले भनेका कुरा शत प्रतिशत त के १० प्रतिशत पनि पुरा नभएको नेपालगन्जबासीले प्रतिक्रिया दिएका छन् । छाडा चौपाया, फोहोर ब्यवस्थापन र अतिक्रमण भएका सडक खाली गराउने मेयर विष्टको प्रतिवद्धताले लोक हँसाएको छ । उनले रत्न राजमार्ग अन्तरगत जमुनाह–राँझा सडकखण्डको दायाँबायाँ खाली गराएरै छाड्ने प्रतिबद्धता पनि केवल भाषणमा सिमित भएको छ नै अतिक्रमण भएको सडक उनकै संरक्षणमा कब्जा भइरहेको छ । ‘म अर्को पटक मेयर हुने होइन, कसैसँग दुष्मनी गर्नु छैन भन्दै मेयर सावले अतिक्रमण हटाउनुभन्दा कब्जा गर्नेलाई संरक्षण गर्नमा तल्लिन हुनुहुन्छ,’ नेपालगन्जका एक सर्वसाधारणले अनलाइन खोज खवरसँग भने, ‘विवादमा पर्ने डरले मेयर सावले जोखिम मोल्न चाहनु हुन्न ।
उनकै कमजोरीका कारण नेपालगन्जका सडक अतिक्रमण भइरहेका छन् । छाडा चौपायाको संख्या नेपालगन्जको सडकमा बढ्दो छ । ई–रिक्सा ब्यवस्थापन हुन नसक्दा नेपालगन्जका सडकमा ट्राफिक जाम हुने क्रम झनै बढेको छ ।’

सडक अतिक्रमण गर्ने ठेला हटाएरै छाड्ने दावी गरेका मेयर विष्टले आफ्ना निकटका ब्यवसायीलाई ट्राफिक ब्यवस्थापनमा खलल् पुर्याउने गरि ठेला राख्न प्रोत्साहन गर्दै आएका छन् । उनले ठूला–ठूला घर बनाएर सार्वजनिक सडकको जग्गा अतिक्रमण गर्नेलाई छाड्ने कुरा सह्य नहुने समेत स्पष्ट पारेका थिए । ‘कसैको दवाव र प्रभावमा नपरि सडक अतिक्रमण गर्नेलाई हटाएरै छाड्छु । तपाईहरु ढुक्क हुनुस,’ उनले सार्वजनिक कार्यक्रममा भनेका थिए । तर, उनी आफ्नो पार्टी निकटकाले सडक अतिक्रमण गरि सडक अवरुद्ध गर्दासमेत नदेखे झै गरि हिड्छन्,’ नेपालगन्ज उपमहानगरपालिका ५ का एक जनाले नाम नबताउने शर्तमा भने ।

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

चिल्ड्रेन पार्कका लागि छुट्याइएको बागेश्वरी मन्दिर पूर्व लाइनको पसल टहरा उनकै निर्देशनमा डोजर लगाएर हटाइएको थियो । उनले उक्त स्थानमा चिल्ड्रेन पार्क र गाडी पार्किङ स्थल बनाउने उद्घोष गरेका थिए । नेपालगन्ज उपमहानगरको स्वामित्वमा रहेको उक्त जमिन प्रयोग गरेबापत ब्यापारीले मासिक लाखौ रुपैयाँ भाडा दिँदै आएका थिए । उपमहानगरले नगरको सौन्दर्यकरण गरि बालबालिकाको खेल्ने ठाउँ बनाउने योजनाका साथ ब्यापारीलाई उठाएको उक्त ठाउँ अहिले फोहोर फाल्ने र जथाभावी गाडी पार्किङ गर्ने थलो बनेको छ ।

उपमहानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतलाई साथमा राखेर मेयर विष्टले प्रतिवद्धता जनाएका थिए । ‘निर्वाचित भएपछि गर्ने भनिएका सबै अठोटहरू अब कार्यान्वयनमा आउँछन्,’ उनले अगाडी भनेका थिए, ‘दुई महिनाभित्र छाडा चौपाया राप्तीसोनारीको धार्मिक वनमा व्यवस्थापन गर्ने सम्झौता भइसकेको छ ।

छाडा चौपाया ब्यवस्थापनका लागि ३५ लाख रुपैयाँ खर्च भइसकेको छ ।’ उनले छाडा चौपाया राप्तीसोनारीको धार्मिक जंगलमा ब्यवस्थापन गर्न ३५ लाख रुपैयाँ खर्च भएको दावी गरे पनि अहिलेसम्म एक पटक पनि नेपालगन्जका छाडा चौपाया राप्तीसोनारीको धार्मिक जंगलमा नलगिएको नेपालगन्ज उपमहानगर श्रोतले जनाएको छ ।

ADVERTISEMENT

‘गधा, खच्चड, गाई राप्तीसोनारीको जंगलमा ब्यवस्थापन गर्नका लागि ३५ लाख रुपैयाँ खर्च भइसकेको भनिए पनि अहिलेसम्म एउटा पशुचौपाया त्यहाँ लगिएको छैन,’ उपमहानगरको उच्च श्रोत भन्छ, ‘३५ लाख रुपैयाँ खर्च भएको हो भने त्यो रुपैयाँ के–के शीर्षकमा खर्च भएको हो ? त्यो मेयर सावले स्पष्ट पार्नुपर्छ । होइन भने रकम गैर कानुनी रुपमा खर्च भएको छ भन्ने स्पष्ट हुन्छ । काम नै नगरि रकम कहाँ खर्च भएको हो ? यसको महालेखा परिक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने हुन्छ ।’

मेयर विष्टको प्रतिवद्धता पूरा नभएपछि यसको चर्को विरोध भएको छ । कतिपय नगरबासीले मेयरको प्रतिवद्धतालाई आलोकाँचाले दिएको अभिब्यक्तिको संज्ञा दिएका छन् । ‘गर्न नसक्ने काम गरेर छाड्ने दावी गर्नु मेयर विष्टले आलोकाँचोले दिने अभिब्यक्ति जस्तै भएको छ,’ नेपालगन्जका एक स्थानीयले भने, ‘मेयर विष्टले नगरबासीलाई ललिपप बाहेक अरु केहि दिन सक्नु हुन्न । अव त उहाँको भनाईमा विश्वास गर्ने ठाउँ रहेन ।’

Share365Tweet228SendShare
Previous Post

सरकारलक्षित बयानबाट ब्याक भए डा. शेखर कोइराला

Next Post

आइजीपी कुँवरद्धारा कोहलपुरमा ‘प्रहरी पेट्रोल पम्प’ उद्घाटन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
Next Post
आइजीपी कुँवरद्धारा कोहलपुरमा ‘प्रहरी पेट्रोल पम्प’ उद्घाटन

आइजीपी कुँवरद्धारा कोहलपुरमा ‘प्रहरी पेट्रोल पम्प’ उद्घाटन

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

बर्दियामा ३ फरार प्रतिवादी पक्राउ

समयसापेक्ष निकुञ्ज ऐनमा संशोधन गर्न माग

समयसापेक्ष निकुञ्ज ऐनमा संशोधन गर्न माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Partly Cloudy
6:18 am5:49 pm +0545
Feels like: 33°C
Wind: 13km/h W
Humidity: 59%
Pressure: 1011.18mbar
UV index: 4
FriSatSun
31°C / 20°C
32°C / 19°C
31°C / 18°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?