बाँके असार ३० गते ।
सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हेड क्वार्टर बागेश्वरी बाँकेले ५ महिनामा करिब पाँच करोड बरावरको अबैध सामान बरामद गरेको छ । चाड पर्व नजिकिए संगै अबैध चोरी निकासी बढ्न थालेपछि नाकामा कडाई गरेको सशस्त्र प्रहरीले ६ महिनामा ४ करोड ९० लाख ९ हजार २८३ रुपैया बरावरको अबैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले बताए ।
सरकारले निर्धारण गरेको सामान भन्दा बढी सामान ल्याउने माथि समेत निगरानी गरिरहेको सशस्त्र प्रहरी एसपी खनालले बताए । ’सशस्त्र प्रहरीले नाकामा कडाई गरेको होइन सरकारको नीति पालना गरेको मात्र हो,’ उनले भने, ’एक सय रुपैया भन्दा माथिको सामानमा भन्सार शुल्क लाग्ने नियमलाई हामीले पालना गरेको हो । त्यो भन्दा धेरै केहि गरेका छैनौ ।’
उनले असार महिनामा एक करोड ८ लाख १६ हजार ५५५ रुपैया बराबरको अबैध सामान नेपालगञ्ज कार्यालयमा दाखिला गरेको जानकारी दिए ।
एसपी खनाल र सशस्त्र प्रहरी बल, नेपाल नं.५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका वाहीनीपति
सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुवँरको निर्देशनमा मातहतका सशस्त्र प्रहरीले पनि बाँकेमा कडाई गरेका छन् । ’अबैध सामान नियन्त्रण गर्न एसपी खनाल साबको कडा निर्देशन छ,’ बाँकेको एक बिओपी इन्चार्जले भने, ’अबैध तस्करी नियन्त्रण गर्न कुनै कसुर बाँकी नराख्ने गरि हामी अगाडी बढेका छौं ।’
यस अघिका गणपतिले तस्करसंग मिलेको आरोप लाग्ने गरेको थियो । तर अहिलेका गणपति खनालले उक्त आरोपलाई चिर्दै तस्करी नियन्त्रण संगै राजस्व बढाउने कसरत गरिरहेको एक बिओपी इन्चार्जले बताए ।
सशस्त्र प्रहरीले कडाई गरेपछि तस्करहरु त्रसित भएका छन् । लाइन नपाउँदा काम ठप्प भएको एक तस्करले बताए । ’अहिले सिजनको बेला हो, तर सशस्त्र प्रहरीले कडाई गर्दा सम्पूर्ण काम ठप्प छ,’ एक तस्करले भने, ’यहि क्रम जारी रहने हो भने गुजारा गर्न समेत कठिन होला जस्तो छ ।’













Discussion about this post