बाँके साउन २८ गते ।
नेपालगन्जबाट प्रहरीले २२ लाख बढी नगद र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित एक जना युवकलाई पक्राउ गरेको छ । नेपालगन्ज–१४ उधौपुरवाका २८ वर्षीय रमेश लोनियालाई घरबाटै पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मंगलबार राति घरमा खानतलासी गरेको थियो । त्यसक्रममा नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँ र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए।
बाँके प्रहरीका अनुसार लोनियाको घरबाट प्रहरीले सुनचाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल बरामद गरेको हो ।
त्यसैगरी सुनचाँदीका गहना पनि प्रहरीले बरामद गरेको छ। सुन जस्तो देखिने पँहेलो धातुको कडा ६ थान, घाटिमा लगाउने हार २ थान, सिक्री ३ थान, कानमा लगाउने बाली १ थान, कानमा लगाउने झुम्का ३ जोडी, औंठी ४ थान, टप १ जोडी, सिक्रीको लकेट २ थान, नाकको फुली १थान , रिङ सानो ६ थान, सिरबन्दी २ थान, तिलहरी २ थान, मंगल सुत्र ५ थान, पहेलो धातु जन्जिर २ थान बरामद गरिएको उनले बताए ।
त्यस्तै चाँदी जस्तो देखिने सेतो धातु पनि बरामद गरेको उनले बताए । खुट्टामा लगाउने कंडा २ थान, बाला २ थान, औठी ३३ थान, सिक्सा २१ थान, कानमा लगाउने रिङ ४ थान, कानमा लगाउने झुम्का ४ थान, जन्तर १ थान, ब्रासलेट ५ थान, पाएल १४ थान, माला ५ थान, ठुलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, हातमा लगाउने ब्रास्लेट २ थान (महिलाले लगाउने), पायल ठुलो २ थान, टुक्राहरु सानो ठुलो ११ थान बरामद गारिएको उनले बताए । पक्राउ परेका लोनियाविरुद्ध लागुऔषध कसुर लगायतका मुद्दामा थप अनुसन्धान जारी रहेको डीएसपी पातलीले जानकारी दिए।













Discussion about this post