बाँके असोज १२ गते ।
नेपाल प्रहरीको बिधि विधानमा रहेर सुरक्षा प्रदान गर्ने बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा उनले कसैको दबाव र प्रभावमा नपर्ने स्पष्ट पारे ।
उनले सर्वसाधारणलाई सुरक्षाको अनुभूति हुने गरि सुरक्षा प्रदान गरिने बताउँदै उनले सरकाले दिएको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । ’म कसैको दवाव र प्रभावमा पर्दैन । मबाट कुनै कमी कमजोरी भए कार्यालयमा आएर गुनासो टिपाउनु होला,’ उनले भने ।
उनले जेन जी आन्दोलनबाट नेपाल प्रहरीलाई धेरै क्षेती पुगेपनि जुर्मुराएर उठेको बताउँदै उनले युवाको जायज मागलाई सम्बोधन गरिनु पर्ने बताए । नेपाल प्रहरीले २०४६, २०६२–०६३ को परिवर्तन, माओवादी द्वन्द्व भोगेको छ । त्यति बेला पनि नेपाल प्रहरीले क्षेती व्यहोर्न परेको थियो । क्षेती व्यहोरे पनि नेपाल डगमगाउँदैन,’ एसपी जिसीले भने, ’हामी उठिसकेका छौं । पहिलेको जस्तै काममा फर्की सकेका छौ ।’
उनले नेपालगञ्जमा चोरीको हल्ला फैलाइएको बताउँदै यसमा कुनै सत्यता नभएको जिकिर गरे । ’चोरको बिगबिगी भएको हल्ला सुनेपछि यसको अनुसन्धानमा म हिडे । रातभर हिड्दा समेत कहीं कतै केहि फेला पार्न सकेन,’ उनले भने, ’शान्ति, सुरक्षाको लागि म दैनिक ३–४ घण्टा मात्र सुत्छु ।’
उनले निर्धक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै गैर कानुनी काम गर्नेलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए । पीडितलाई न्याय र पिडकलाई सजाय दिएरै छाड्छु । यो या त्यो बहानामा उन्मुक्त्ति दिइने छैन । यो मेरो प्रतिबद्धता हो,’ उनले भने ।













Discussion about this post