बाँके असोज २४ गते ।
नेपालगन्ज उप–महानगरपालिका–१० सितलनगरस्थित वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी निकासी गरी ल्याइएका औषधीजन्य सामान फेला पारेको छ । प्रहरीले ती सामान बेवारिसे अवस्थामा फेला पार्दै आवश्यक कारबाहीका लागि पठाएको जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको औषधीजन्य सामानको अनुमानित मूल्य एक लाख अर्चालिस हजार आठ सय छ रुपैयाँ बराबर रहेको छ । ती सामान भारततर्फबाट अवैध रूपमा नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमका अनुसार तस्करी नियन्त्रणका लागि प्रहरी टोली निरन्तर रूपमा फिल्डमा खटिइरहेको छ । उनले भने, “भन्सार छली गरी ल्याइएका सामानमा कडा कारबाही हुनेछ ।” हालै बाँकेमा आएका नयाँ प्रहरी प्रमुख (एसपी) अंगुर जिसीले तस्करी, जुवातास र अवैध गतिविधिमाथि नियन्त्रणका लागि मातहतका सबै प्रहरी युनिटलाई कडा निर्देशन दिएका छन् ।
त्यसको परिणामस्वरूप जिल्लामा तस्करी नियन्त्रणका घटनामा उल्लेख्य सुधार भैरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले जनसहयोगका माध्यमबाट अवैध गतिविधि नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ ।













Discussion about this post