बाँके कात्तिक ४ गते ।
बाँके प्रहरीले ठूलो परिमाणमा बरामद भएको अवैध विस्फोटक पदार्थ (पटका) नष्ट गरेको छ। । भारतको रुपैडियाबाट लुकाईछिपाई ल्याइएको प्रतिबन्धित पटाका जन्य वस्तु प्रहरीले पानिको खाल्डोमा हालेर नष्ट गरेको हो ।
विभिन्न समयमा प्रहरीले नियन्त्रण गरेको पटका मंगलवार जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पानिको खाल्डोमा हालेर नष्ट गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए ।
जमुनाह नाका हुदै अवैध रुपमा नेपालगन्ज भित्राइएका पटका प्रहरीले नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यलय भित्र परीसरमा पानिको खाल्डोमा हालेर उक्त वस्तु नष्ट गरीएको डिएसपी पातलीले बताए ।
पटका जन्य वस्तु हरेक वर्ष चाडपर्व लक्षित अवैध रुपमा नेपाल भित्रने गरेको छ । पटका जन्य वस्तुले स्वास्थ्य , वातावरण र धनजनमा क्षति गर्छ । नेपालमा पटका जन्य बस्तु पटड्काउन प्रतिबन्ध गरिएको छ ।
बाँके प्रहरीले पनि पटकाजन्य बस्तु आयात तथा निर्यातमा कडाइ गरेको छ । तर तिहारमा भने भारतीय बजारबाट ठूलो परिमाणमा पटाकाजन्य बस्तु नेपालगन्जमा भित्रने गरेको छ । रामरमाइलोका नाममा आतासवाजी गर्ने कार्य कानुन विपरीत भएकाले प्रहरीले त्यसमा लगाम लगाउने गरेको छ ।
डिएसपी पातलीले चाडपर्वमा रमाइलोका नाममा पटका पटकाउने, आतासवाजी गर्ने विरुद्ध प्रहरीले सक्रियता बढाएको बताए । उनले यस्ता कार्य नर्गन नगराउन पनि सबैलाई आग्रह गरेका छन्।













Discussion about this post