ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रहरी निरीक्षक बमको १४ महिना : सुरक्षित र व्यवस्थित नेपालगन्ज, यस्ता छन् उपलब्धि

वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा करिव ७० लाख रुपियाँको अवैध सामान बरामद, १९ जना फरार अपराधि पक्राउ

News Desk by News Desk
१०:४३ मध्यान्ह, कार्तिक १२, २०८२
प्रहरी निरीक्षक बमको १४ महिना : सुरक्षित र व्यवस्थित नेपालगन्ज, यस्ता छन् उपलब्धि
885
सेयर
877
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १३ गते ।
वडा प्रहरी कार्यालय नेपालगन्जले पछिल्ला १४ महिनामा उल्लेखनीय सफलता हासिल गरेको छ । भन्सार छलि, लागुऔषध, चोरी, फरार अपराधी नियन्त्रणदेखि सामाजिक सद्भाव कायम गर्नेसम्मका गतिविधिले प्रहरीको जनमुखी सेवाप्रतिको छवि झन् मजबुत बनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमका अनुसार सो अवधिमा ६९ लाख ८८ हजार चार सय एकसठी रुपियाँ बराबरको भन्सार छलिका सामान बरामद गरिएको छ । भारतबाट अवैध रूपमा ल्याइएका ती सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरिएको हो ।

अवैध सामान ओसारपसारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ भने उक्त काममा प्रयोग भएका दुई वटा मोटरसाइकल समेत बरामद गरी भन्सारमा बुझाइएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

उनका अनुसार तीन लाख ८८ हजार दुई सय भारतीय रुपियाँसहित एकजनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ । अदालतबाट फैसला भई फरार रहेका १९ जनालाई पक्राउ गरी पाँच वर्ष एक महिना २९ दिन कैद भुक्तान तथा रु १ लाख ६२ हजार २५० असुल गरिएको छ ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

त्यसैगरी, चेक अनादर, मोटरसाइकल चोरी, सार्वजनिक अपराध र नकवजनी चोरी मुद्दामा फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले जानकारी दिए । नेपालगन्ज र आसपासका क्षेत्रमा चोरी भएका १६ वटा मोटरसाइकल र ८ वटा मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । यसले चोरी नियन्त्रणमा प्रहरीको तत्परताको प्रमाण दिएको स्थानीयहरूले बताएका छन् ।

पछिल्ला १४ महिनामा प्रहरी टोलीले ३७५.४०१ ग्राम ब्राउनसुगर र अन्य लागुऔषधसहित १४ जनालाई पक्राउ गरी माथिल्लो निकायमा पठाएको छ । त्यस्तै, रु २ लाख ५१ हजार सात सय ९८ सहित ३६ जनालाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाइएको छ ।

चाडपर्वको समयमा पड्काउने रु ४ लाख बराबरका पटका बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक बमले जानकारी दिए । ‘जेन जी आन्दोलन’का क्रममा विभिन्न कारागार र बाल सुधार गृहबाट भागेका ८ जना थुनुवा तथा कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिइएको छ ।
साथै, २० जना बालबालिका र जेष्ठ नागरिकको उद्धार गरी सुरक्षाको दायरामा ल्याइएको छ ।
गत १४ महिनामा कार्यालयमा ७०६ वटा ठाडो उजुरी दर्ता भएकोमा ५५७ वटा फच्र्यौट भएका छन् । ८८ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने ६१ उजुरीकर्तासँग सम्पर्क हुन सकेको छैन ।

ADVERTISEMENT

त्यस्तै, घरेलु हिंसा सम्बन्धी २९ वटा निवेदन मध्ये २७ वटा फच्र्यौट भएको, एक तालुक कार्यालयमा पठाइएको र एकजनासँग सम्पर्क हुन नसकेको बमले जानकारी दिए ।

प्रहरी निरीक्षक बमको कार्यकालमा नेपालगन्जमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनेको स्थानीय वडाबासीको भनाइ छ ।
नेपालगन्ज–४ का समाजसेवी मेराज हल्वाई (हिमालय)का अनुसार बमले ईद, मोहर्रम, बक्र ईद, दसैँ, तिहार, होली, छठ जस्ता पर्वहरूमा सुरक्षा संयोजनमा विशेष भूमिका खेलेका थिए ।

“वडा प्रहरी कार्यालयले धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा तटस्थ र संवेदनशील भूमिका खेलेको कारण नगरमा शान्ति, सद्भाव र सुरक्षाको माहोल कायम भएको छ,” हिमालयले भने । प्रहरी निरीक्षक अरुण बमको उत्कृष्ट कार्यप्रति स्थानीयहरूले आभार प्रकट गरेका छन् ।

बुधवार आयोजित कार्यक्रममा उनको विधिवत् विदाई गरिएको हो । वडाबासीहरूले भने, “उनको कार्यकालमा शान्ति, सुरक्षा र जनविश्वास दुवै कायम रह्यो ।”

नेपालगन्जका प्रहरी निरीक्षक बमको १४ महिनाको कार्यकालमा अवैध कारोबार नियन्त्रणदेखि सामाजिक शान्ति स्थापना सम्मका उपलब्धिहरूले प्रहरी सेवाको नयाँ पहिचान बनाएको छ — जसले नेपालगन्जलाई सुरक्षित, व्यवस्थित र सद्भावपूर्ण सहरको दिशामा अघि बढाएको छ ।

Share359Tweet219SendShare
Previous Post

एमाले बाँकेको भवन पुनर्निर्माण

Next Post

बाँकेमा २० हजार क्विन्टल धान खरिदको कोटा निर्धारण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान

बाँकेमा २० हजार क्विन्टल धान खरिदको कोटा निर्धारण

पेडारी नालामा चार ‘लेन’को पुल निर्माण हुँदै

पेडारी नालामा चार ‘लेन’को पुल निर्माण हुँदै

भोलि विहानदेखि मात्रै मौसममा सुधार हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?