ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

News Desk by News Desk
१२:४४ बिहान, मंसिर १५, २०८२
बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
405
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १५ गते ।
बाँकेमा एम्बुलेन्स व्यवस्थापन समितिले कडाइको प्रक्रिया अघि बढाएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार जिल्लामा सञ्चालन रहेका सबै एम्बुलेन्सको विवरण १५ दिनभित्र अद्यावधिक गरिनेछ । त्यसपछि एम्बुलेन्स सेवा निर्देशिका २०८२ अनुसार मापदण्ड पूरा नगर्ने एम्बुलेन्सले नवीकरण पाउने छैनन् ।

अनुमति जुन ठाउँबाट लिइएको छ, त्यसै स्थानबाट सेवा दिनुपर्छ भन्ने व्यवस्था अब कडाइका साथ लागू गरिने उनले बताए । यसका लागि स्वास्थ्य कार्यालयलाई जिम्मेवारी दिइएको छ, जसले तथ्यांक संकलन गर्दे नवीकरणको प्रक्रिया सुरु गर्नेछ । निर्देशिकाले एम्बुलेन्सलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरेको छ ।

भेन्टिलेटर, अक्सिजन, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स ‘क’ वर्गमा पर्छ, जसको सुविधा बाँकेमा एचसीआरसी अस्पतालसँग मात्र छ । अक्सिजन र प्राथमिक उपचार सामग्रीसहित प्रशिक्षित चालक भएको एम्बुलेन्स ‘ख’ वर्गमा राखिन्छ, जसको संख्या बाँके क्षेत्रमा करिब १० को हाराहारीमा छ । सामान्य बिरामी बोक्ने गाडीलाई ‘ग’ वर्ग मानिए पनि अब यो श्रेणीलाई एम्बुलेन्सको रूपमा मान्यता दिइँदैन । करिब ४७ वटा ‘ग’ वर्गका सवारी बाँकेमा चलिरहेका छन् ।

पाँच वर्षभित्र यी सवारीलाई ‘क’ वा ‘ख’ वर्गमा स्तरोन्नति गर्न सुझाव दिने निर्णयसमेत गरिएको छ । सेवा व्यवस्थापनका नाममा समस्या झनै गम्भीर बन्दै गएको स्थानीयको गुनासो छ । आकस्मिक अवस्थामा एम्बुलेन्स बोलाउँदा फोन नउठाउने, राति भाडा बार्गेनिङ गर्ने, भारतका अस्पतालमा बिरामी पु¥याएवापत कमिशन लिने, सामान्य यात्रुका नाममा अन्य सामान ढुवानीसम्म गरेको घटना उजागर हुँदै आएका छन् ।

सम्बन्धित समाचार

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

आपतकालीन स्वास्थ्य सेवामा यस्तो अव्यवस्था हुँदा बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था रहेको उपभोक्ता अधिकारकर्मी बसन्त गौतम बताउँछन् । उनका अनुसार अत्याधुनिक उपकरणयुक्त आकस्मिक एम्बुलेन्स बाँकेमा अत्यन्तै न्यून छन्, जसले ‘इमरजेन्सी एम्बुलेन्स’ भन्ने शब्दलाई केवल नाममा सीमित पारेको छ । नियामक निकायको नियमित अनुगमन नहुँदा सेवाले सेवा जोगाउन नसकेको उनको आरोप छ । संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष दिपेश चौधरीले बाहिरी जिल्लाबाट दर्ता भएका एम्बुलेन्सले बाँकेमै व्यापार गर्ने प्रवृत्ति गलत भएको स्वीकार्छन् । उनले भने, ‘जुन ठाउँबाट अनुमति लागेको छ, त्यहीँबाट सेवा दिनुपर्ने हो । समितिले जे निर्णय गर्छ, संघ पालना गर्छ ।’

स्वास्थ्य कार्यालयका अनुसार अब दुई महिनाभित्र तथ्यांक संकलन पूरा भई नवीकरण र अनुशासन प्रक्रियामा कडाइ लागू हुनेछ । एम्बुलेन्स सेवा सञ्चालनमा देखिएको अव्यवस्था वर्षौंदेखिको समस्या हो । अब सुरु भएको व्यवस्थापन र निगरानी प्रक्रियाले बाँकेमा एम्बुलेन्स सेवा साँच्चिकै सेवामुखी बन्छ कि फेरि व्यापारमुखीकै रुपमा रहने हो भन्ने प्रश्न भने अझै खुल्लै छ । एम्बुलेन्स बाँकेमा करिब १० को संख्यामा रहेको अनुमान छ ।

बिरामी बोक्ने गाडी भने ४७ को हाराहारीमा रहेको अनुमान छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार एम्बुलेन्सको एकिन तथ्यांक संकलनको काम सुरु भएको बताए ।‘बाँकेमा कस्ताकस्ता एम्बुलेन्स छन् ?सञ्चालनको अनुमति कहाँको छ ? यी सबै कुराको अपडेट गर्ने गरी काम अगाडि बढेको छ,’ उनले भने, ‘अब एम्बुलेन्सहरुको प्रभावकारी व्यवस्थापन गरिन्छ ।’ तथ्यांक संकलनको काम दुई महिनाभित्र पूरा गरिने र त्यसपछि नवीकरणको काम सुरु हुने उनले बताए ।

ADVERTISEMENT

एम्बुलेन्स खरिदमा भन्सार शुल्क निःशुल्क हुने गरेको छ । त्यसका लागि स्वास्थ्य कार्यालय र प्रदेश मन्त्रालयको सिफारिसमा संघीय सरकारले अनुमति दिने प्रावधान छ । सञ्चालनको अनुमति भने स्वास्थ्य कार्यालयको सिफारिसमा प्रदेश स्वास्थ्य मन्त्रालयले दिने गरेको छ । तर नवीकरण भने स्वास्थ्य कार्यालयबाटै हुने प्रावधान छ ।

Share164Tweet100SendShare
Previous Post

फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन

Next Post

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम बदली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

११:१६ मध्यान्ह, चैत्र ३०, २०८२
सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

१०:५० बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
Next Post
तीन प्रदेशका पहाडमा आंशिक बदली

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम बदली

एनपीएल क्रिकेटमा आज दुई खेल

एनपीएल क्रिकेटमा आज दुई खेल

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?