बाँके चैत २२ गते।
नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूका लागि पाठ्यपुस्तक परिवर्तनसम्बन्धी नयाँ निर्देशन जारी गरेको छ।
उपमहानगरपालिकाका अनुसार विद्यालयहरूले प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अतिरिक्त आर्थिक बोझ परेको गुनासो आएको थियो। सोही गुनासोलाई मध्यनजर गर्दै अब कुनै पनि विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने व्यवस्था गरिएको छ।
यदि तीन वर्षपछि पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने भएमा उपमहानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पनि गरिएको छ।
उपमहानगरपालिकाको अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा सम्बन्धित विद्यालयलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
उपसचिव गोर्खबहादुर थापाले नगर प्रमुख प्रशान्त विष्टको आदेशअनुसार उक्त निर्देशन जारी गरिएको आइतबार प्रकाशित सूचनामा उल्लेख गरेका छन्।













Discussion about this post