काठमाडौं चैत २३ गते ।
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसम्बन्धी मुद्दामा चैत २६ गतेभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गर्दै तोकिएको म्यादभित्र अनुसन्धान पूरा गर्न निर्देशन दिएको हो। अदालतले निर्धारित समयभित्र अनुसन्धान सम्पन्न हुन नसकेमा भने उनीहरूलाई थुनामुक्त गर्नुपर्ने स्पष्ट गरेको छ।
सर्वोच्चको आदेशमा फौजदारी कार्यविधि संहिताअनुसारको प्रक्रिया पूरा गरी हिरासतबाट मुक्त गरेर थप अनुसन्धान तथा तहकिकातको कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ।
भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान जाने गरी बल प्रयोग भएको र त्यसलाई नियन्त्रण गर्न पर्याप्त प्रयास नभएको आरोपमा चैत १४ गते ओली र लेखक पक्राउ परेका थिए। प्रहरीले ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंको अनुमतिमा उनीहरूलाई हालसम्म थुनामा राख्दै आएको छ।










Discussion about this post