काठमाडौं साउन १८ गते ।
बाबर आजमको कप्तानीमा पाकिस्तानले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । अगस्ट २७ बाट हुने एसियाकपका लागि पाकिस्तानले बाबरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
पाकिस्तान एसिया कपको समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली छन् । कुवेत, हङकङ र सिंगापुरमध्ये एक टोली यस समूहमा रहने छन् ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
टी–ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । एजेन्सी
Discussion about this post