बाँके कात्तिक २४ गते ।
जसपामा प्रवेश गर्नेहरुको बाँकेमा लहर चलेको छ । आज नेपालगन्जको वौद्ध गुम्बामा आयोजित युवाहरुसँगको भेलामा विभिन्न पार्टी परित्याग गरेर डेढ सयभन्दा धेरै जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
उनीहरूलाई प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राई र प्रदेशसभा सदस्यका उम्मेदवार आदेशकुमार अग्रवाललगायत नेताहरू स्वागत गरेका थिए।
राम केसी र विशाल सुनारको नेतृत्वतमा पार्टी प्रवेश गर्नेमा नेपाली काँग्रेसका क्रियाशील सदस्य महेश जोशी पनि छन् । उनले काँग्रेस पार्टीले विकासमा गति दिन नसकेकाले आफु जसपामा प्रवेश गरेको बताए ।
उनले राई विकासप्रेमी नेता भएकाले आफुसहित समग्र युवाहरुले राईलाई रोजेको स्पष्टिकरण दिए । उनले आफ्नो क्षेत्रको लागि विकास चाहिएको भन्दै त्यो विकास राई बाहेक अरुले दिन नसकेको जिकीर गरे ।
उनले राईलाई शिलान्यासमन्त्रीको रुपमा बदनाम गरेकोमा आक्रोस पोख्दै अहिले मन्त्री राईले शिलान्यास गरेका योजनाहरु कार्यान्वयनमा आइसकेकाले राईप्रति भरोसो लागेको समेत उनले बताए ।
Discussion about this post