ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सीमा क्षेत्रमा बढ्दै तस्करी, सशस्त्रका डिआइजीले खटाएको हवल्दारको बाँकेमा आतंक

तस्कर नाइके भौकीको सामान ल्याउन सघाउँदै हवल्दार अन्सारी

News Desk by News Desk
६:०२ मध्यान्ह, बैशाख १२, २०८१
सीमा क्षेत्रमा बढ्दै तस्करी, सशस्त्रका डिआइजीले खटाएको हवल्दारको बाँकेमा आतंक
426
सेयर
426
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
सशस्त्र प्रहरी बल लुम्विनी प्रदेशका डिआइजीले परिचालन गरेका सशस्त्र प्रहरीका घुमुवाले बाँकेमा आतंक मच्चाएका छन् ।

सशस्त्र प्रहरीका हवल्दार गुलाम हुसेन अन्सारी डिआइजीले परिचालन गरेका घुमुवा हुन् । उनको घर नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर हो । अन्सारीलाई बाँके हेर्ने जिम्मा छ ।

डिआइजीको पावर देखाउँदै ड्यूटीमा रहेका अधिकृतस्तरका सशस्त्र प्रहरीलाई समेत उनले टेर्दैनन् । डिआइजीको पावर देखाएर उनले बाँकेमा आतंक मच्चाएका छन् ।

उनीसँगै जयसपुर विओपीका वरिष्ठ हवल्दार जमल खाँ पनि तस्कर संग मिलेका छन । जयसपुरस्थित इच्छाराम बाबा मन्दिर नजिकै सशस्त्र प्रहरीका बरिस्ठ हवल्दार जमल खाँ र घुमुवा अन्सारीको संरक्षणमा तस्करी हुने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

अन्सारी र खाँले तस्करसँग लाइन मिलाउने र लाइन लिएका तस्करको सामान सुरक्षितसाथ नेपालगन्ज पुर्याउन सहयोग गर्दै आएका छन् । घुमुवा अन्सारी र खाँसँग मिलेका छन् जयसपुरका कुख्यात तस्कर भौकी ।
सशस्त्र प्रहरीसँग मिलेर भौकीले मिनि ट्रकको अवैध सामान नेपालगन्ज ल्याउने र भारत लैजाने गरेको प्रत्यक्षदर्शी बताउँछन् । अन्सारी तस्कर नाइके भौकीका नातेदार हुन् ।

पछिल्लो समय सशस्त्र प्रहरीको मिलोमतोमा तस्करले भित्र्याएका अवैध सामान बाँके प्रहरीले धमाधम बरामद गर्दै आएको छ । नेपाल प्रहरीले बरामद गरेका अधिकांश सामान भौकीको भएको खुलासा भएको छ । स्रोतका अनुसार एक महिनाको अवधिमा भौकीको ५० लाख रुपैयाँ बराबरको अवैध सामान नेपाल प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।
नेपाल प्रहरीले अवैध सामान धमाधम बरामद गर्न थालेपछि सशस्त्र प्रहरी र तस्करका नाइकेहरु तिरमिराएका छन् ।
एकपछि अर्को सामान बरामद गर्न थालेदेखि तस्करहरुले तस्करीको स्वरुप परिवर्तन गर्न थालेका छन् ।

तर, नाकामा सशस्त्र प्रहरीमात्र खटिदैन । नेपालगन्ज नाकामात्र नेपाल प्रहरीका पनि तीन वटा कार्यालय छन् । इलाका प्रहरी कार्यालय जमुनाह मुख्य नाकामा छ भने भन्सारमा अर्को कार्यालय छ । त्यस लगत्तै इलाका प्रहरी कार्यालय जयसपुर छ ।

ADVERTISEMENT

नेपाल प्रहरीको जस्तै सशस्त्र प्रहरीले पनि जमुनाह, भन्सार र चौलिकामा चेकजाँच गर्छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले ब्यारियल लगाएर सामान चेकजाँच गरे पनि तस्करहरुले अवैध रुपमा सामान ल्याउन कसरी सम्भव भएको छ ? सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् । ‘मुख्य नाकामा कडाई गरेको देखाउने र सहायक नाकाबाट सामान तस्करी गराएको देखिन्छ,’ स्थानीयले अनलाइन खोजखबरसँग भने ।

गृह मन्त्री रवि लामिछानेले घुमुवा प्रहरी नराख्न निर्देशन दिए पनि सशस्त्र प्रहरीका डिआइजीले घुमुवा हटाएका छैनन् । नाकाको बारेमा बुझेका सशस्त्र प्रहरी हवल्दारलाई खटाउँदा तस्करी रोकिने उद्देश्यले गुलाम हुसेन अन्सारीलाई डिआइजीले खटाएको हुनु पर्छ । तर, डिआइजीको उद्देश्यलाई लत्याउँदै अन्सारीले तस्करीको सुराकी नदिएर तस्करको सामान नेपालगन्ज ल्याउन मद्दत गरिरहेको सर्वसाधारण बताउँछन् ।

चार लाख ४६ हजार रुपैयाँको अवैध सामान बरामद

साढे १० लाखको अवैध सामान बरामद गरेको दुई दिन नवित्दै बाँके प्रहरीले बुधवार चार लाख ४६ हजार मूल्य बराबरको अवैध सामान नेपाल–भारत सीमानाका नजिकबाट बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरेको सामान जिल्ला प्रहरी कार्यालयको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरबाट सामान बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले एक लाख १७ हजार ६ सय रुपैयाँ बराबरको एक सय ६८ जोडा बच्चाको जुत्ता, एक लाख मूल्य बराबरको दुई हजार जोडा लेडिज मोजा, ४८ हजार ६ सय मूल्यको तीन सय २४ जोडा बच्चाको चप्पल एक लाख २० हजार ६ सय रुपैयाँको चार सय दुई थान छालाको बेल्ट, १० हजार मूल्यको दुई सय मिटर कपडाको पर्दा र ५० हजार मूल्य बराबरको रेफ्रिजेरेन्ट ग्याँस बरामद गरेको छ ।

Share170Tweet107SendShare
Previous Post

गर्मी बढ्यो, नेपालगञ्जमा तातो हावा

Next Post

चिया निर्यातमा भारतीय अवरोध हट्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
चिया निर्यातमा भारतीय अवरोध हट्यो

चिया निर्यातमा भारतीय अवरोध हट्यो

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

नालीमा पुरुषको शव भेटियो

नालीमा पुरुषको शव भेटियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?