बाँके, असोज ५ गते ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको मासिक कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत (हाल नेपालगन्ज) देशभरका २० वटा गणमध्ये सर्वोत्कृष्ट भएको छ।
प्रहरी उपरीक्षक (एसपी) रुगम बहादुर कुँवरको कमाण्डमा रहेको विशेष सुरक्षा गण भदौ महिनाको कार्यसम्पादन मूल्यांकनमा देशभरमै पहिलो हुन सफल भएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका गणहरूको कार्यसम्पादनका आधारमा प्रत्येक महिना मूल्यांकन गर्दै आएको छ। भदौ महिनाको मूल्यांकनमा विशेष सुरक्षा गणले २० वटा गणलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो।
एसपी कुँवरको नेतृत्वमा रहेको गणले प्रहरी संगठनले तोकेको जिम्मेवारी तथा कार्यसम्पादनका आधारमा उत्कृष्ट नतिजा हासिल गरेको जनाइएको छ।
कार्यसम्पादन मूल्यांकनमा देशभरमै पहिलो स्थान हासिल गरेपछि विशेष सुरक्षा गणको कार्यसम्पादनलाई संगठनभित्र उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ।











Discussion about this post