ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

News Desk by News Desk
१२:३२ बिहान, असार २८, २०८१
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
378
सेयर
377
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २८ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिनेछन् । सरकारमा रहेका एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएको अवस्थामा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

यसैबीच, प्रचण्डले विश्वासको मत नपाउने लगभग निश्चित छ । बिहीबार दिनभर फरक–फरक दलहरूले आफ्नो संसदीय दलको बैठक बसेर विश्वासको मतसम्बन्धी निर्णय गरिसकेका छन् । दलहरूको निर्णय हेर्दा प्रधानमन्त्री प्रचण्ड स्पष्ट अल्पमतमा छन् । आज बिहान ११ बजेसम्म कुनै राजनीतिक उथलपुथल नभए प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार छाड्नुपर्ने स्पष्ट छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मात्र संसदीय दलको बैठक राखेर आधिकारिक निर्णय गर्न बाँकी छ ।

तर, दलका नेताहरूका अनुसार रास्वपा प्रधानमन्त्री प्रचण्डकै पक्षमा उभिने तयारीमा छ । अहिलेसम्मको हिसाब हेर्दा प्रधानमन्त्री प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र)बाट ३२, नेकपा (एकीकृत समाजवादी)बाट १० मत आउनेछ । यी दुवैको संसदीय दलको बैठक बसेर निर्णय गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले २१ मत दिए भने उनको पक्षमा ६३ मत आउने देखिन्छ । यद्यपि, उसले निर्णय भने गरिसकेको छैन । शुक्रबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । सोही बैठकले निर्णय लिने सचेतक निशा डाँगीले बताएकी छन् ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

यता, स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले कता मत दिन्छन् भन्ने निर्णयमा पुगेका छैनन् । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बस्दै आएको छ । यदि, यी सबैले प्रधानमन्त्री प्रचण्डलाई मत दिए भने पनि पक्षमा ६८ मतमात्र पुग्नेछ । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार टिकाउने भए १३८ मत जुटाउन आवश्यक छ । तर, दलहरूले गरेका हालसम्मका निर्णयअनुसार यो सम्भावना न्यून छ । यता, प्रधानमन्त्री प्रचण्डको विपक्षमा संसद् पहिलो, दोस्रो, पाँचौँ, सातौँलगायत दल उभिने स्पष्ट छ ।

पहिलो ठूलो दल नेपाली कांग्रेसले विपक्षमा मत हाल्न ह्वीप जारी गरेको छ । कांग्रेससँग ८८ सांसद छन् । दोस्रो ठूलो दल नेकपा (एमाले(ले पनि पक्षमा मत नहाल्ने बताइसकेको छ । एमालेसँग ७९ सांसद छन् । जसमा सभामुख देवराज घिमिरे र निलम्बित सांसद टोपबहादुर रायमाझीको संख्या घटाउँदा ७७ हुन आउँछ । संसद्को पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ सिट छ । उसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड आफैँले फुटाइदिएको दल जनता समाजवादी पार्टीसँग सात सिट छ । उपेन्द्र यादव नेतृत्वको दल जनता समाजवादी पार्टी नेपालसँग पाँच सिट बाँकी छ । यी दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । प्रचण्डको विपक्षमा उभिने अर्को दल जनमत पार्टी हो । उसका ६ सांसद छन् ।

ADVERTISEMENT

मधेस सरकारमा कांग्रेस–एमालेले आफ्नो मुख्यमन्त्री जोगाइदिएकाले जनमत पनि नयाँ बन्ने गठबन्धनमा सामेल हुने प्रवक्ता शरदसिंह यादवले जानकारी दिएका छन् । समान चार सिट भएका नागरिक उन्मुक्ति चार र लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छैनन् ।

Share152Tweet94SendShare
Previous Post

आज यी प्रदेशमा हुन सक्छ भारी वर्षा

Next Post

पहिरोमा परी एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post
दम्पती घरसहित पहिरोमा पुरिए

पहिरोमा परी एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारीको पुँजीगत खर्च ७० प्रतिशत

शम्शेरगन्ज सर्पदंश उपचार केन्द्रलाई ‘उपकरण हस्तान्तरण’

शम्शेरगन्ज सर्पदंश उपचार केन्द्रलाई ‘उपकरण हस्तान्तरण’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?