ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णालीमा पाँच हजारभन्दा बढी शिक्षक अपुग

News Desk by News Desk
११:२६ मध्यान्ह, माघ २१, २०८१
कर्णालीमा पाँच हजारभन्दा बढी शिक्षक अपुग
387
सेयर
386
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ २२ गते ।
कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षक अपुग रहेका छन् । कर्णालीमा प्राथमिक तह, निम्नमाध्यमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तहमा गरी कुल पाँच हजार ५४९ जना शिक्षक अपुग रहेका हुन् । विद्यार्थीको अनुपातमा शिक्षक अपुग भएपछि कर्णालीको साक्षरता दरसमेत कमजोर रहेको पाइएको हो । कर्णालीको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै निम्नमाध्यमिक तहका शिक्षक अपुग रहेका छन् । यसमा दुई हजार ६९९ जना शिक्षक अपुग छन् ।

कर्णालीमा कुल दुई हजार ९३१ सामुदायिक विद्यालयमा ११ हजार ८६५ दरबन्दीमा मात्र शिक्षक छन् । हुनुपर्ने सङ्ख्या १७ हजार ३८४ हो । मन्त्रालयका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार ५४९ शिक्षक अपुग रहेको बताए । यसै गरी ९२७ प्राविमा ६४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार ७९३ हो भने अहिले आठ हजार १४९ जना मात्र छन् ।

यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार ६९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार ५६० शिक्षक हुन् भने अहिले एक हजार ८६१ जना कार्यरत छन् । यसै गरी ६०५ माविमा एक हजार ७४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन् भने अहिले एक हजार २७६ जना शिक्षक मात्र छन् । २५९ उच्च माविमा ४५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने हो भने अहिले ५७९ जना कार्यरत रहेको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत सुनारले जानकारी दिए । उनका अनुसार कर्णालीमा विशेष गरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ ।

कानुन अनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन जना, निमावि तहमा चार जना, मावि तहमा पाँच जना र उच्च मावि तहमा चार जना हुनु पर्छ । कर्णालीमा शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् । निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र संघीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनु परेको उनले बताए । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

शिक्षक अपुग भएपछि गुणस्तरीय शिक्षामा चुनौती थपिएको छ । शैक्षिक प्रावधान अनुसार एक शिक्षकले हिमालमा ४० विद्यार्थी, पहाडमा ४५ विद्यार्थी र तराईमा ५० विद्यार्थी पढाउनुपर्ने हुन्छ । सो अनुसार शिक्षक अभाव भएपछि समस्या थपिएको हो । हिमालतिरका विद्यार्थी पहाड तथा तराईमा झर्दा शिक्षक उता बढी र विद्यार्थी कम भएका छन् । तराईमा विद्यार्थी बढी तर शिक्षक कम देखिएका छन् । शिक्षक दरबन्दी मिलान गर्न सकिएमा अपुग शिक्षकको समस्या ५० प्रतिशत कम गर्न सकिने वरिष्ठ शिक्षा अधिकृत सुनारले दाबी गरे तर शिक्षक पेसागत संघ सङ्गठनका कारण शिक्षक दरबन्दी मिलान हुन सकेको छैन ।

कर्णालीमा शिक्षक व्यवस्थापन नै प्रमुख समस्या भएको उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला पनि शिक्षक दरबन्दी मिलान गर्न सके शिक्षक अपुगको समस्या केही कम हुने बताउँछन् । वीरेन्द्रनगरस्थित जन नमुना माविका अध्यक्ष कोइरालाले शिक्षक अपुग हुँदा गुणस्तरीय शिक्षा प्रदानमा चुनौती भएको जनाए ।

उनले कर्णालीका एक हजार दुई सयभन्दा बढी विद्यालयमा सरकारको शिक्षक अनुदान नै नदिएको जानकारी दिँदै विद्यार्थी संख्या धेरै हुने तर शिक्षक अपुग हुने समस्या भोग्नु परेको उल्लेख गरे । शिक्षा ऐन, दरबन्दी मिलानजस्ता काम सरकारले गर्न सके धेरै हदसम्म शिक्षकको समस्या समाधान हुने उनको भनाइ छ ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

कोहलपुरमा ७ हजार बढीलाई एचपिभी खोप लगाइने

Next Post

दुर्घटना गरेर फरार रहेका बाल्मिकी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
दुर्घटना गरेर फरार रहेका बाल्मिकी पक्राउ

दुर्घटना गरेर फरार रहेका बाल्मिकी पक्राउ

एमाले बाँकेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

एमाले बाँकेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

आजदेखि किशोरीहरुलाई एचपीभी खोप लगाइने

आजदेखि किशोरीहरुलाई एचपीभी खोप लगाइने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:15 am5:56 pm +0545
Feels like: 23°C
Wind: 5km/h NNE
Humidity: 87%
Pressure: 1012.53mbar
UV index: 0
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?