ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

News Desk by News Desk
२:३९ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
398
सेयर
397
VIEWS
ShareTweetSendShare

कर्णाली असार २६ गते ।
तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुको, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कठ्ठा जग्गा बगाइदियो । अहिले पनि आकाशमा कालो बादल मडारिँदा मुटु हल्लिन्छ । पुरानो घटना सम्झिन्छिन्, ‘यस वर्षको मनसुन सुरु भइसक्यो । पानी पर्न थाल्यो । समस्या ज्यूँका त्यूँ छ ।’ राती पानी प¥यो भने आफूलाई लाग्ने डर त छँदै छ बच्चाहरुले ‘घर छोडेर जाम आमा’ भन्दा चन्दाको मुटु भक्कानिन्छ । घर छोडेर जाने सुरक्षित स्थान कतै छैन ।

पहाडको खोचबाट आएको बाढीले फराकिलो बनाएको रुम खोलो बस्ती नजिकै भएर बगेको छ । बस्तीको तलपट्टी मुगु कर्णाली गड्गडाएर झनै डरलाग्दो छ । तारापानीसँगै जोडिएको सीप गाउँको विजय आधारभूत विद्यालयको भवन जीर्ण छ । नजिकै अस्थायी प्रहरी पोस्ट छ । पोस्टको दुईतर्फ खोला छन् । अस्थायी प्रहरी पोस्ट पनि कतिखेर कटानमा पर्ने हो थाहा छैन । अगाडि मुगु कर्णाली सुसाइरहेको छ । सम्भावित जोखिम सम्झेर बोल्दाबोल्दै आँखा चिम्म गर्छिन् चन्दा, ‘राती ठूलो पानी प¥यो भने हामीलाई निन्द्रा आउँदैन । घरभित्र र घरबाहिर गरेर बस्छौँ । घर छोडेर जाउँ भनेर बच्चा कराईरहन्छन् ।

पानी प¥यो भने हामीलाई पनि डर लाग्छ । बच्चा त झनै डर मान्छन् । कता जाने ? सरकारी भवन जाउँ भने पनि त्यो पनि जोखिममा छ । प्रहरी चौकी पनि दोहोरो खोलाको जोखिममा छ । हामीलाई तटबन्ध गरेर सहयोग गरे हुन्थ्यो ।’ पहिरोले खेतबारी बगाएपछि स्थानीय गैह्रसरकारी संस्थाले गरेको सहयोगले प्रभावितको जीविकोपार्जनलाई सहयोग पुगेको छ ।

संस्थाले बाढी पहिरोले उबडखाबड भएको जमिन सम्याउन कृषि औजार दियो, विपद्मा उद्धारका सामग्री थियो । विपद्मा ज्यान जोगाउन सिकायो । सिँचाइको व्यवस्था ग¥यो । अहिले तरकारी खेती गर्न सहज भएको छ । जीविकोपार्जन त सजिलो भयो तर जोखिम उस्तै छ । तटबन्ध बनाउन पाए ढुक्कसँग निदाउन सकिने थियो भन्ने लागेको छ चन्दा लाई । उनी भन्छिन्, ‘३ वर्षअघि आएको बाढीले ५ कठ्ठा जग्गासहित घर पनि बगाइदियो । जिएसएस संस्थाले कृषि औजार पनि दियो ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

कुलो बनाइदिएको छ । अहिले धान, गहुँ रोप्छौं । तरकारी खेती पनि गर्छौं । तरकारीको टनेल, बीउ दिनुहुन्छ । तालिम दिनुहुन्छ । अहिले एकदम सजिलो भएको छ । बाटोघाटो पहिरोले बन्द ग¥यो भने समूह गएर मिलेर पहिरो पन्छाउने गर्छौं ।’ हरेक वर्षको मनसुनमा खोलाले धार परिवर्तन गरी बस्तीतर्फ सोझिएको छ । बसाई सर्ने विकल्प छैन । तटबन्ध छैन । राती पानी प¥यो भने तारापानी बासी निदाउन सक्दैनन् ।

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

Next Post

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा

बाँकेमा लालपुर्जा वितरण तीब्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?