ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छ : कोइराला

News Desk by News Desk
११:०९ मध्यान्ह, फाल्गुन १, २०८२
बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छ : कोइराला
387
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके फागुन २ गते ।
नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र नम्बर २ मा पार्टीका नेता, कार्यकर्ता र जनतामा निर्वाचनप्रति एकदमै उत्साह जागेको बताएका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा शुक्रबार प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्रिभुवन चोक नेपालगन्जको मुटु भएकाले यहाँका जनता र पार्टीका नेता, कार्यकर्तामा निर्वाचनप्रति उत्साह जाग्नुपर्ने स्पष्ट पारे । ‘जबसम्म यो वडा तात्दैन, तबसम्म हामीले आफूलाई बलियो महसूस गर्नु हुँदैन, यहाँका नेता, पार्टीका साथीहरु, यहाँका जनतामा उत्साह जाग्नुपर्छ,’ उनले भने ।

मतदाता भेटघाटका क्रममा आफू जहाँ पुग्यो, त्यहाँ उत्साह देखिएको उम्मेदवार कोइरालाले बताए । ‘हामी जहाँ गइरहेका छौं, जनतामा उत्साह देखिन्छ, पार्टीका नेता र कार्यकर्ताहरुमा उत्साह छ, हामी जितको नजिक पुगिसकेका छौं,’ उनले अगाडि भने । बाँकेको क्षेत्र नम्बर २ मा विगत १० वर्षदेखि नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व गर्न नपाएको भन्दै यस पटक जसरी पनि नेपाली कांग्रेसलाई जिताएर पठाउन मतदातालाई उनले अपिल गरे ।

आफू नेपालगन्जमै जन्मेर त्रिभुवन चोकमा हुर्केको स्मरण गर्दै कोइरालाले भने, ‘म नेपालगन्जमै जन्मिए, त्रिभुवन चोकमा हुर्किएँ, अब यही त्रिभुवन चोकले मलाई विजयी गराएर संसदमा पठाउने विश्वास लिएको छु ।’ आफू निर्वाचनका लागि ठाउँ–ठाउँमा पुग्दा नेपाली कांग्रेसका हरेक वडाका नेता, कार्यकर्ताले उत्साह जगाइरहेको बताए । ‘मलाई अहिलेसम्म हरेक नेता, कार्यकर्ताले उत्साह जगाउनुभएको छ, मलाई साथ दिनुभएको छ,’ उनले भने, ‘मैले आदरणीय नेताहरुबाट माया पाएको छु, उत्साह पाएको छु ।’

उमेर, राजनीति र अनुभवका हिसाबले आफू कान्छो भएको र अहिलेसम्म चुनाव लडेको अनुभव नभएकाले आफूलाई जिताउने हात क्षेत्र नम्बर २ का आम मतदाता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमै रहेको उम्मेदवार कोइरालाले बताए । यस्तै नेपाली कांग्रेसका युवा नेता एवम् २०७९ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणाले देशलाई बचाउन र जनताको हक अधिकार स्थापित गर्नका लागि नेपाली कांग्रेसले जित्नैपर्ने बताए । नेपाली कांग्रेसले योग्य र सक्षम उम्मेदवारका रुपमा शुधान्सु कोइरालालाई उठाएकाले सबैले यसपटक दृढताका साथ संकल्प गरेर निर्वाचित गराउन अपील गरे ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले राजनीतिमार्फत जनताको सेवा गर्नका लागि शुधान्सु कोइराला अहिले प्रतिनिधि सभा सदस्य पदको सशक्त युवा उम्मेदवार रहेको दाबी गरे । क्षेत्र नम्बर २ को समग्र विकासका लागि नेपाली कांग्रेसलाई यसपटक निर्वाचित गराउन उनले आग्रह गरेका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडा सभापति ऋचा द्विवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस नेता शिवलाल पाण्डे लगायतले युवा उम्मेदवार कोइरालालाई विजयीको अग्रिम शुभकामना दिएका थिए । कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैबीच नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले शुक्रबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई निर्वाचित गराएर संसदमा पठाउन मतदातालाई आग्रह गरे । आफू निर्वाचित भएपछि क्षेत्र नम्बर २ को विकासमा आफूले नेतृत्व गर्ने प्रतिवद्धता जनाए । निर्वाचनमा सक्षम उम्मेदवारलाई छान्न उनले वडा नम्बर १४ का मतदातालाई पनि आग्रह गरेका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का सभापति सञ्जय बर्माको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा महासमिति सदस्य राजकुमार बर्मा, प्रजातन्त्र सेनानी लक्ष्मण बर्मा लगायतले बोलेका थिए । उम्मेदवार कोइरालाले शुक्रबार नै डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी, पिप्रहवा र पुर्व बाढी गाउँमा मतदाता भेटघाट गरेका छन् ।

ADVERTISEMENT
Share158Tweet96SendShare
Previous Post

लक्ष्यको ८१.४३ प्रतिशत राजस्व सङ्कलन

Next Post

जितको शुभकामनासंगै कमरुद्दिन राईलाई आशिर्वाद थाप्न भ्याई नभ्याई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
Next Post

जितको शुभकामनासंगै कमरुद्दिन राईलाई आशिर्वाद थाप्न भ्याई नभ्याई

पार्टी परित्याग गर्दै ३५ जना कांग्रेसमा प्रवेश, बाँके–२ मा शुधान्सु कोइरालाको पक्षमा बढ्दो आकर्षण

पार्टी परित्याग गर्दै ३५ जना कांग्रेसमा प्रवेश, बाँके–२ मा शुधान्सु कोइरालाको पक्षमा बढ्दो आकर्षण

पैसाको बलमा चुनाब जित्ने सपना नदेख्न कमरुद्दिनको चुनौती

पैसाको बलमा चुनाब जित्ने सपना नदेख्न कमरुद्दिनको चुनौती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?