बाँके वैशाख १९ गते ।
“रक्तदान जीवनदान” भन्ने नारालाई आत्मसात गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपालगन्ज–बाँकेले आज शनिबार नेपालगन्जको बीपी चोक नजिक बृहत् क्तदान कार्यक्रम आयोजना गरेको छ। मानव सेवाको भावना अभिवृद्धि गर्दै आपतकालीन अवस्थामा आवश्यक रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुष्मा सोर्णकार प्रमुख अतिथिका रूपमा सहभागी भइन् भने कार्यक्रमको सभापतित्व नगर सभापति नवीन खड्काले गरेका थिए।
कार्यक्रमका संयोजकहरूमा डा. प्रतीक श्रेष्ठ, किरण कुमार श्रेष्ठ र सौरव कर्माचार्य रहेका थिए। विभिन्न क्षेत्रबाट उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा कुल ८४ जनाले रक्तदान गरी सहयोग पुर्याएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा सम्पन्न कार्यक्रममा क्षेत्र सभापति विवेक कुमार श्रेष्ठ र जिल्ला सभापति हरिपाल सिंह केसीको समेत उपस्थिति रहेको थियो।
सो अवसरमा संयोजक डा. प्रतीक श्रेष्ठले यस्ता सामाजिक अभियानले मानवीय सेवाको भावनालाई सुदृढ बनाउने र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार नेपालगन्ज क्षेत्रमा आकस्मिक अवस्थाहरूमा रगतको अभाव हुने समस्या समय–समयमा देखिँदै आएको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
डा. श्रेष्ठले ८४ जनाले रक्तदान गर्नु उल्लेखनीय उपलब्धि भएको बताउँदै युवा पुस्तामा सामाजिक उत्तरदायित्वको भावना बढ्दै गएको उल्लेख गरे। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ व्यापक बनाउने योजना रहेको उनले जानकारी दिए। साथै, सबैलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै सानो प्रयासले पनि कसैको जीवन बचाउन सकिने बताए।











Discussion about this post