ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

News Desk by News Desk
१:२३ मध्यान्ह, भदौ ४, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
421
सेयर
421
VIEWS
ShareTweetSendShare

बाँके, भदौ ४ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी रूपा ओझा ‘सानु’ महिला उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन्।

भदौ ६ गते हुने निर्वाचनमा उनी चिरञ्जीवी ओली नेतृत्वको संयुक्त प्यानलबाट चुनावी मैदानमा छिन्।

नेपालगन्जको न्युरोडमा ‘प्लानेट फेसन हाउस’ र ‘उग्रतारा मल्टिकलेक्सन’ सञ्चालन गर्दै आएकी ओझा दुई दशकभन्दा लामो समयदेखि व्यवसायमा सक्रिय छिन्।

बुटिक तथा शृंगार व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेकी उनी अहिले रियल स्टेट र कृषि व्यवसायमा समेत आबद्ध छिन्। एसओएस रियल स्टेट र बागेश्वरी एग्रोबिजनेस एन्ड रिसर्च सेन्टर सञ्चालन गर्दै आएको उनले बताइन्।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

‘प्लानेट फेसन हाउस’मा पाँच महिलाले प्रत्यक्ष रोजगारी पाएको ओझाले बताइन्। व्यवसायसँगै महिला उद्यमशीलता र सामाजिक क्षेत्रमा पनि आफू सक्रिय रहेको उनको भनाइ छ।

ओझा महिला उद्यमी संघ नेपाल बाँकेको साधारण सदस्य हुन्। उनी नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकेको उपाध्यक्ष तथा केन्द्रीय सदस्य, मानव अधिकार संगठन बाँके तथा नेपालकी आजीवन सदस्य र नारी विकास केन्द्र बाँकेको आजीवन सदस्य रहेको बताइन्।

त्यस्तै, लायन्स क्लब अफ नेपालगन्ज युनिटीकी संस्थापक उपाध्यक्ष, क्षयरोग निवारण संघ बाँकेको आजीवन सदस्यलगायत विभिन्न सामाजिक संस्थामा आबद्ध रहेको उनले बताइन्।

ADVERTISEMENT

शिक्षा मन्त्रालयअन्तर्गत थारुवान मल्टिस्किलमार्फत बाँकेमा सञ्चालित कार्यक्रमको संयोजक भएर युवालाई सीपमूलक तालिमसँग जोड्ने कामसमेत गरेको उनले बताइन्।

‘व्यवसायीका समस्या नजिकबाट बुझेकी छु’

लामो समयदेखि व्यवसायमा सक्रिय रहेकाले उद्योगी–व्यवसायीले भोग्ने समस्या आफूले नजिकबाट बुझेको ओझाले बताइन्।

‘महिला उद्यमीका रूपमा काम गर्दा व्यवसायीका धेरै समस्या प्रत्यक्ष रूपमा भोगेकी र बुझेकी छु,’ उनले भनिन्, ‘सामाजिक क्षेत्रमा काम गरेको अनुभव पनि छ। यी अनुभवलाई संघको माध्यमबाट व्यवसायीको हितमा प्रयोग गर्न चाहन्छु।’ उनले नेपालगन्जमा नयाँ उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्ने बताइन्।

‘नेपालगन्ज सम्भावना बोकेको सहर हो। यहाँ नयाँ पुस्ताले पनि व्यवसाय र उद्यमको सपना देख्न सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भनिन्, ‘त्यसका लागि मेरो भूमिका रहनेछ।’

साना व्यवसायीलाई पनि प्राथमिकता

संघमा ठूला व्यवसायीको मात्र नभई साना तथा नयाँ व्यवसायीको पनि समान प्रतिनिधित्व हुनुपर्ने ओझाले बताइन्।

‘संघ सबै व्यवसायीको साझा संस्था हो,’ उनले भनिन्, ‘साना, ठूला, पुराना र नयाँ सबै व्यवसायीका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने वातावरण बनाउनुपर्छ।’

व्यवसाय सञ्चालनका क्रममा आउने समस्या सम्बन्धित निकायसम्म पु¥याएर समाधानका लागि पहल गर्ने उनको प्रतिबद्धता छ।

‘व्यवसायीका समस्या सुनेर मात्र पुग्दैन। सम्बन्धित निकायसँग समन्वय गरेर समाधानको पहल गर्नुपर्छ,’ उनले भनिन्, ‘संघले व्यवसायी र सरकारबीच प्रभावकारी पुलको काम गर्नुपर्छ।’

महिला उद्यमशीलतालाई प्राथमिकता

ओझाले महिला उद्यमीलाई व्यवसायमा टिकाइराख्न सीप, वित्तीय पहुँच, बजार र नेतृत्व विकासमा सहयोग आवश्यक रहेको बताइन्।

महिला व्यवसायीलाई नेतृत्वमा थप अवसर दिने तथा उनीहरूका उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

उनको समूहले महिला तथा युवा उद्यमशीलता प्रवद्र्धन, स्टार्टअप, सीप विकास, स्वरोजगार तथा रोजगारमूलक तालिमलाई प्राथमिकतामा राखेको छ।

संयुक्त प्यानलका एजेन्डा

ओली नेतृत्वको संयुक्त प्यानलले बाँकेको आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएको छ।

संघको सबलीकरण र सुदृढीकरण, नौबस्ता औद्योगिक क्षेत्र निर्माण, राँझा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न पहल, लगानी सम्मेलन र सुख्खा बन्दरगाह निर्माणको मागलाई प्यानलले प्राथमिकतामा राखेको छ।

त्यस्तै स्टार्टअप तथा उद्यमशीलता प्रवद्र्धन, कृषि उपज र जडीबुटी व्यवसायको बजारीकरण, अवैध आयात–निर्यात नियन्त्रणमा खबरदारी, पर्यटन प्रवद्र्धन, मेला तथा औद्योगिक प्रदर्शनी, बैंक तथा वित्तीय संस्थासँग सहजीकरणलगायतका विषय प्रतिबद्धतामा समेटिएका छन्।

व्यवसायीका लागि निःशुल्क स्वास्थ्य शिविर, सामूहिक बिमा, तालिम तथा सचेतना कार्यक्रम, सहायता कक्ष र परामर्श केन्द्र स्थापना गर्ने योजना पनि प्यानलले अघि सारेको छ।

व्यवसायीलाई स्वास्थ्य र परिवारका लागि समय दिन महिनामा एक दिन बजार बन्द गर्ने प्रस्तावसमेत प्यानलले अघि सारेको छ।

ओझाले आफू निर्वाचित भए संघलाई अझ पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री बनाउन भूमिका खेल्ने बताइन्।

‘पदका लागि मात्र उम्मेदवारी दिएको होइन,’ उनले भनिन्, ‘व्यवसायीको आवाज बलियो बनाउन र संघलाई अझ प्रभावकारी बनाउन काम गर्ने उद्देश्यले उम्मेदवार बनेकी हुँ।’

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहका उम्मेदवारले आफ्ना एजेन्डा सार्वजनिक गरिरहेका छन्। महिला उपाध्यक्ष पदमा ओझाको उम्मेदवारीले संघको नेतृत्वमा महिला सहभागिताको विषयलाई समेत चुनावी बहसमा ल्याएको छ।

Share168Tweet105SendShare
Previous Post

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

Next Post

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:13 am6:00 pm +0545
Feels like: 33°C
Wind: 8km/h SE
Humidity: 79%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?