ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

News Desk by News Desk
७:०६ बिहान, अशोज ३०, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके, असोज ३० गते ।
दसैंमा किनमेल गर्न नेपाली उपभोक्ताको घुइँचो लाग्ने भारतीय बजार रुपैडिहा यस वर्ष सुनसानजस्तै छ । विगतमा चाडपर्व आउनुभन्दा एक महिनाअघिदेखि नै नेपाली उपभोक्ताले भरिभराउ हुने रुपैडिहामा यसपटक चहलपहल घटेको छ । यसको ठीक उल्टो सीमावर्ती नेपाली सहर नेपालगन्जमा भने दसैंको किनमेल बढेको छ ।

भारतबाट सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियमको कडाइका साथ कार्यान्वयन हुन थालेपछि किनमेलकै लागि सीमापारि जाने नेपाली उपभोक्ताको संख्या घटेको हो । यसको प्रभाव भारतीय बजारमा देखिएको छ भने नेपालगन्जसहित बाँकेका अन्य बजारमा व्यापार बढेको स्थानीय व्यापारीले बताएका छन् ।

रुपैडिहा उद्योग व्यापार प्रतिनिधि मण्डलका नगर अध्यक्ष शैलेश जायसवालले यस वर्ष दसैंका लागि किनमेल गर्न आउने नेपाली उपभोक्ताको संख्या निकै कम भएको बताए । नाकामा सामान ल्याउन कडाइ गरिएकाले नेपाली उपभोक्ता रुपैडिहा आउन छाडेको उनको भनाइ छ ।

‘गत वर्षसम्म ठूला चाडपर्व आउनुभन्दा एक महिनाअघिदेखि नै रुपैडिहा बजारमा नेपाली उपभोक्ताको घुइँचो लाग्थ्यो,’ जायसवालले भने, ‘बाँकेसहित बर्दिया, सुर्खेत र दाङबाट समेत सामान किन्न आउने गर्थे । यसपटक भने त्यो चहलपहल छैन ।’

सम्बन्धित समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

नेपाल सरकारले भारतबाट पाँच सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा कडाइ गरेको छ । साथै, प्रतिबन्धित सामान ल्याउन नदिने नियम पनि कडाइका साथ लागू गरिएको छ । यसले सीमापारिको व्यापार प्रभावित भएको भारतीय व्यापारीहरूको भनाइ छ ।

सीमामा गरिएको कडाइको प्रभाव नेपालगन्जसहित बाँकेका बजारमा देखिएको छ । विगतमा दसैंजस्तो ठूलो चाडपर्वमा पनि अपेक्षित व्यापार नहुने नेपालगन्जमा यस वर्ष भने कारोबार बढेको स्थानीय व्यापारीले बताएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले यसपटक दसैंको व्यापारमा उल्लेख्य सुधार आएको बताए । नेपाली उपभोक्ताले स्वदेशमै किनमेल गर्न थालेपछि नेपालगन्ज, कोहलपुर, खजुरा र राँझाका बजारमा चहलपहल बढेको उनको भनाइ छ ।

ADVERTISEMENT

‘नाकामा कडाइ भएपछि धेरै उपभोक्ताले आफ्नै देशमा सामान किन्न थालेका छन्,’ ओलीले भने, ‘यसले नेपालगन्ज र कोहलपुरमा मात्रै होइन, पहाडी जिल्लाका बजारमा समेत व्यापार व्यवसाय चलायमान बनाउन सहयोग गरेको छ ।’

विगतमा दसैंको किनमेलका लागि रुपैडिहा जाने गरेका उपभोक्ता यसपटक नेपालगन्जकै बजारमा देखिन थालेका छन् । नेपालगन्ज–११ इदगाह रोडका दीपक गुप्ताले नाकामा कडाइ गरिएपछि सीमापारि जान छाडेको बताए । उनले यस वर्ष दसैंका लागि आवश्यक सामान नेपालगन्जमै खरिद गरेको जानकारी दिए ।

त्यस्तै, नेपालगन्ज–१ खजुरा रोडकी लक्ष्मी चौधरीले पनि यस वर्ष चाडपर्वको किनमेल स्वदेशमै गरेको बताइन् । विगतमा सामान किन्न सीमापारि जाने गरे पनि यसपटक नेपालगन्जमै किनमेल गरेको उनको भनाइ छ ।

सीमामा गरिएको कडाइले भारतीय बजारमा नेपाली उपभोक्ताको चहलपहल घटाएको छ भने नेपाली बजारमा किनमेल गर्नेको संख्या बढाएको छ । यसले चाडपर्वका बेला स्वदेशी व्यापार व्यवसायलाई राहत पुगेको स्थानीय व्यापारीको अपेक्षा छ ।

Share150Tweet94SendShare
Previous Post

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Cloudy
6:19 am5:48 pm +0545
Feels like: 29°C
Wind: 13km/h W
Humidity: 69%
Pressure: 1009.82mbar
UV index: 0
SatSunMon
31°C / 19°C
31°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?