बाँके साउन १३ गते ।
बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । नायक अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या र आराध्याको रिपोर्ट नेगिटिभ आएको जानकारी ट्विटमार्फत दिएका छन् ।
अभिषेकले लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट नेगिटिभ आएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरो पिता मेडिकल स्टाफको निगरानीमा छौं ।’
४६ बर्षिया ऐश्वर्या र ८ बर्षकी आराध्याको जुलाई १२ मा रिपोर्ट पोजिटिभ आएको थियो । तर, लक्षण केही पनि नदेखिएपछि उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए । तर, जुलाई १७ मा स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई नानावती अस्पतालमा भर्ना गरिएको थियो । उनीहरु, १० दिन अस्पतालमा बसेका थिए।
Discussion about this post