धादिङ असोज २६ गते ।
धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहान तीन बजे थाक्रे गाउँपालिका(१ ढांडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो ।
बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो ।
बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको पनि उहाँले जानकारी दिनुभयो । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगो लाग्नुको कारण खुल्न नसकेको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post