ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोनाबाट निको हुनेको संख्या बढ्दै

News Desk by News Desk
१२:१३ मध्यान्ह, बैशाख २७, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं वैशाख २७ गते ।
नेपालमा एकहप्ता यता कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । अघिल्लो हप्ता सोमबारदेखि हिजो आइतबारसम्म कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्मको जम्मा संक्रमितमध्ये निको हुने दर ७६ दशमलव ७ प्रतिशत छ । हरेक दिनको तथ्यांक केलाउँदा भने निको हुने दर कम देखिन्छ । तर एक हप्तायता निको हुने दर बढिरहेको छ ।

आइतबार एकैदिन चार हजारभन्दा धेरै कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् । आठ हजार आठ सय ८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिएका कोरोना संक्रमितको तुलनामा निको हुनेको दर ४५ दशमलव २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

गएको वैशाख २० गते सोमबार सात हजार दुई सय ११ जना नयाँ संक्रमित थपिएकामा एक हजार सात सय १२ जना निको भएका थिए । यो भनेको एक दिनमा नयाँ थपिएका संक्रमितमध्ये निको हुने दर २२ दशमलव ३५ प्रतिशत हो ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

यस्तै २१ गते सात हजार सात सय ७० जना नयाँ संक्रमित थपिएकामा एक हजार सात सय ७५ जना डिस्चार्ज भएका थिए । यो भनेको थपिएका संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या २३ दशमलव १७ प्रतिशत हो । २२ गते पनि २१ गतेभन्दा केही कम संख्यामा निको हुने प्रतिशत बढेको छ । २२ गते आठ हजार ६ सय ५९ जना नयाँ संक्रमित थपिएकामा एक हजार नौ सय ९३ जना अर्थात् २३ दशमलव ०१ प्रतिशत निको भएका थिए ।

यसैगरी २३ गते नौ हजार ७० जना नयाँ संक्रमित थपिएकामा दुई हजार सात सय सात जना निको भएका थिए । निको हुनेको यो दर २९ दशमलव ८५ प्रतिशत हो । वैशाख २४ गते निको हुनेको संख्या अझै बढेको छ । २४ गते एकैदिन थपिएका संक्रमितको तुलनामा निको हुनेको संख्या ३१ दशमलव ५९ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

यो दिन कुल नौ हजार एक सय ९६ जना संक्रमित थपिएकामा दुई हजार नौ सय पाँच जना निको भएका थिए । यस्तै वैशाख २५ गते शनिबार आठ हजार चार सय १८ जना नयाँ संक्रमित थपिएकामा तीन हजार ७० जना निको भएका छन् । यो भनेको थपिएका कोरोना संक्रमितको तुलनामा निको हुने दर ३६ दशमलव ४६ प्रतिशत हो ।

ADVERTISEMENT

दैनिक संक्रमितहरुको संख्या धेरै नघटे पनि निको हुनेको संख्या बढ्नु सुखद भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेर बहादुर पुन बताउनुहुन्छ । संक्रमितको संख्या धेरै भएकोले निको हुनेको संख्या कम जस्तो लागेको उहाँको भनाई छ । पीसीआर परीक्षण सँगै कोरोना संक्रमित बढ्दै गए पनि सावधानी अपनाउनुपर्ने तर आत्तिनु नहुने उहाँको सुझाव छ ।

समयमै उपचार नपाएका कारणले गएको वर्षभन्दा यो वर्ष मृत्युदर बढेको डाक्टर पुनले बताउनुभयो । गएको वर्ष कन्ट्याक ट्रेसिङ भएको थियो । त्यसमा परेका सबैले जाँच गर्थे । जसका कारण लक्षण भएका बिरामी कम थिए । यो पटक भने लक्षण देखिएपछि मात्रै जाँच गर्ने र गाह्रो भएपछि मात्रै अस्पताल जाने क्रम बढेकाले मृत्युदर बढेको हुन सक्ने स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो ।

संक्रमितहरुमध्ये ८० प्रतिशतभन्दा धेरैमा सामान्य लक्षण छ । जुन गएको वर्षको आँकडासँग मिल्न जान्छ । अहिलेको अवस्थामा सामान्य लक्षण भएका बिरामीलाई घरमै चिकित्सकीय सल्लाहमा उपचार गर्दा राम्रो हुने डा. अधिकारीको भनाइ छ ।

‘बाँकीमध्ये १५ प्रतिशत मध्यमस्तरका बिरामी हुन्, उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ’ अधिकारी भन्नुहुन्छ, ‘यस्ता बिरामीहरुलाई यथाशिघ्र अस्पताल र प्रत्यक्ष स्वास्थ्यकर्मीको उपस्थितीमा उपचारको खाँचो हुन्छ ।’ ५ प्रतिशत गम्भीर खालकालाई आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने देखिएको छ ।’

समयमै संक्रमण पहिचान भएर स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अधिकांश व्यक्ति पूर्ण रूपमा निको भएका उहाँले बताउनुभयो ।

Share150Tweet94SendShare
Previous Post

किसानलाई अनुदानमा कृषि औजार र उपकरण वितरण

Next Post

अमेरिकामा जन्मदिन पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post

अमेरिकामा जन्मदिन पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गयो

झण्डै ७० प्रतिशत उद्योगी व्यवसायीले फिर्ता गरे अक्सिजन सिलिण्डर

कोरोना संक्रमितलाई लक्षित गरि बाँकेमा एम्बुलेन्स सेवा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:17 am5:53 pm +0545
Feels like: 29°C
Wind: 3km/h W
Humidity: 72%
Pressure: 1017.95mbar
UV index: 4
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?