वसिम अन्सारी
बाँके साउन ४ गते ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले इमान्दार भएर जिम्मेवारी निभाउन मातहतका अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको आज निरीक्षण गर्दै महानिरीक्षक आचार्यले प्रहरी संगठनको नीति नियम र परिधिमा रहेर जिम्मेवारी निभाउन निर्देशन दिनुभयो । प्रहरीले दिने सेवा नागरिकमैत्री हुनुपर्नेमा उहाँको जोड थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, सिनियर तथा जुनियर अफिसरहरुलाई आचार्यले निर्देशन दिनुभएको थियो ।
Discussion about this post