बाँके कात्तिक १५ गते ।
बाँकेको खजुराबाट दुईजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खजुरा गाउँपालिका–२ ए गाउँ नजिकैको नर्सरीबाट जानकी गाउँपालिका–३ बस्ने २८ वर्षीय अशोक बर्मा र बहराइच रुपैडिया बस्ने ४० वर्षीय राधे वर्मालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट ६० हजार ५ सय नगद बरामद भएको छ । त्यस्तै १८ गड्डी तास पनि नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।
नर्सरीमा जुवा चलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । चाडपर्व भित्रिएसँगै जुवातास खेल्नेक्रम बढ्दै गएको छ ।
Discussion about this post