बाँके, भदौ ७ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनको मतगणना आइतबार बिहान सकिएको हो।
निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीका अनुसार ओलीले १ हजार ३८६ मत पाए। उनका प्रतिस्पर्धी ध्रुवप्रसाद दाहालले ३७४ मत पाए।
महिला उपाध्यक्षमा रुपा ओझा (सानु) निर्वाचित भइन्। उनले १ हजार १६६ मत पाइन्। उनकी प्रतिस्पर्धी उमा ग्रान्डनले ५०३ मत पाइन्।
महासचिवमा विष्णु श्रेष्ठ १ हजार २८७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी दीपेन्द्रकुमार जोशीले ४०८ मत पाए।
उपमहासचिवमा प्रदीप आचार्य निर्वाचित भए। उनले ८६४ मत पाए भने शिवप्रसाद दाहालले ८४२ मत पाए।
कोषाध्यक्षमा टीकामणि उपाध्याय निर्वाचित भए। उनले ९१७ मत पाए। सूर्य श्रेष्ठले ५९८ र नारायणप्रसाईंले १८३ मत पाए।
कार्यसमिति सदस्यमा सन्तोषकुमार पौडेल, तोपबहादुर थापा, नन्दराम जैसी, शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता निर्वाचित भएका छन्।
निर्वाचनअघि नै उद्योगतर्फको उपाध्यक्षमा कमलकुमार कार्की र वाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए। एसोसिएट सदस्यमा राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजंग बञ्जारा पनि निर्विरोध निर्वाचित भएका थिए।
निर्वाचन परिणामसँगै ओलीको नेतृत्वमा नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति बनेको छ।










Discussion about this post