ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न इश्तियाक राईको अपिल

News Desk by News Desk
४:५७ मध्यान्ह, मंसिर १, २०७९
आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न इश्तियाक राईको अपिल

फाइल फोटो

458
सेयर
437
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १ गते ।
जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले राज्यसँग लिएका अधिकार रक्षाका लागि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका छन्।

चुनावी प्रचार प्रसारको अन्तिम दिन उनले मतदाताहरुसँगको भेटघाटमा विकासप्रेमी रोज्ने कि शासक रोज्ने त्यो मतदाताको हातमा रहेको उल्लेख गरेका छन्। उनले लामो संघर्षबाट प्राप्त उपलब्धीलाई जोगाउनका लागि यसपालिको मतदान निकै महत्वपूरण रहेको बताएका छन् । ‘अहिले हामी जेजति भएका छौं। जसरी हामीले राज्यका निर्णायक तहमा सहभागी हुने अवसर पाएका छौं ती सब हामीले गरेको मधेस आन्दोलनका उपलब्धी हुन्’ उनले भने ‘एकथरि छन् हाम्रा यी उपलब्धीहरूलाई फेरि मेटाउनका लागि अहिले चुनावमा खडा भएका छन्।

जसले हामीलाई फेरि उही दास बनाउन चाहन्छन् र आफू राजाको हैसियतमा रहन खोजिरहेका छन्।’ उनले समाजमा फेरि विभाजन ल्याउन र सामाजिक सद्भाव खलब्ल्याउने खालका मुद्दाहरू उठाएर प्रतिस्पर्धीहरूले मतदातालाई म्रमित पार्न खोजेको भन्दै त्यस्ता भ्रमका पछि नलाग्न पनि मतदातालाई सम्झाए। हरेक निर्वाचनले उम्मेदवारको मात्रै नभएर मतदाताको समेत विवेकको परीक्षा लिने भन्दै राईले यो निर्वाचनमा कस्ता उम्मेदवारलाई जिताउने निर्णय जनताकै हातमा रहेको पनि बताए।

‘यो तपाईं हामी सबैको विवेकको परीक्षा पनि हो। यो निर्वाचनको परीक्षामा हामीलाई कुनै पनि भुल गर्न छुट छैन’ उनले भने ‘हामीले सही विवेक गर्न भुल्यौं भने त्यसको परिणाम हामीले मात्रै होइन फेरि हाम्रा कैयौं पुस्ताले भुक्तान गर्नुपर्नेछ। पहिलो त हाम्रा अधिकारहरू फेरि खोसिनेछन्। र फेरि हामीमाथि शासन गर्नेहरू राजा हुनेछन्।

सम्बन्धित समाचार

कोरोना महामारी पछि उद्योग बाणिज्य संघ कोहलपुरले पहिलो पटक प्रादेशिक महोत्सव लगाउदै

बर्दियामा रुवेला भाइरस देखियो, गर्भवती उच्च जोखिममा

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

अनि यहाँको विकास पनि वर्षौं पछि धकेलिनेछ।’ ‘मैले त्यही हाम्रो पहिचान र अधिकार फेरि नखोसियोस् र अझ हामीले पाउनेपर्ने अधिकारहरूका लागि लड्न नै भोट मागिरहेको छु’ उनले भने ‘आफ्ना वर्ग र समुदायको पहिचानमाथि हाम्रा पुस्ताले गर्व गर्नसक्ने र यहाँको समग्र विकासका लागि यसपालि हामीलाई भोट दिनुहोस् भनिरहेका छौं।’ राईको पहलमा थुप्रै योजनाहरु अहिले कार्यान्वयनको चरणमा छन् । कतिपय योजनाहरु कार्यान्वयन भइसकेका छन् ।

यस्तो छ राईको राजनीतिक यात्रा

हरेक राजनीतिज्ञको कठिन र अनिवार्यजस्तै एउटा परीक्षा हो चुनाव। राजनीतिक यात्राको १३ वर्षपछि नै इश्तियाक राईले चुनावी मैदान रोजिसकेका थिए। राजनीतिक जीवनको सबैभन्दा ठूलो चुनौती र असिमित सम्भावना गाँसेको यो चुनावी सेतु उनले सजिलै तरिदिए। राजनीतिक इतिहासको पहिलो संविधानसभाको चुनावमा उनले बाँके क्षेत्र नं २ बाट चुनाव जिते।

बाँकेको राजनीतिक इतिहासमा यो एउटा त्यस्तो निर्वाचन क्षेत्र हो जहाँ देशका प्रधानमन्त्रीसमेत भइसकेका सुशील कोइरालाले पनि चुनाव हार्नुपरेको थियो। २०६४ सालको निर्वाचनमा उनले आफ्नै निकटतम प्रतिद्वन्द्वी दिनेशचन्द्र यादवलाई पराजित गरेर संविधानसभाको सदस्य भए। त्यो बेला उनी मात्रै २८ वर्षका थिए। २८ वर्षको एउटा ‘मधेसी’ ठिटो सांसद बनेर पहिलोपटक संविधानसभाको भवनमा छिर्दै थियो। उनी एउटामात्रै त्यस्तो सांसद हुन् जसले पहिलोपटक संसद भवनमा अवधी भाषामा सपथ लिएका थिए।

ADVERTISEMENT

आखिर लडेको नै त्यही आफ्नोपनका लागि थियो। पहिचान र अधिकारका लागि थियो। यही अवधिमा उनी श्रम तथा यातायात मन्त्री पनि भएका थिए। ३१ वर्षीय इश्तियाक बहुदलपछि सबैभन्दा कान्छो मन्त्री बन्न पुगे। तर यो संविधानसभाले संविधानको कुनै रूपरेखा नै कोर्न सकेन। बरू तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा नै विघटन गरेर अर्को चुनाव गराउने जिम्मेवारी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिदिए। यसरी जनताले निकै उत्साहका साथ गराएको संविधानसभा आफ्नैे उमेर नपुग्दै मासियो। २०७० सालमा फेरि चुनाव भयो। यसपालि पनि इश्तियाक चुनाव लडे। २०७० सालमा संविधानसभाको दोस्रो चुनाव भएको थियो। यसपालि भने उनले चुनाव जित्न सकेनन्।

त्यो बेला चारवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा ३ वटा सिट नेकपा एमालेले जित्यो भने एउटामा नेपाली कांग्रेसका सुशील कोइरालाले चुनाव जिते। हरेक उम्मेदवार चुनाव जित्नकै लागि लड्छ, तर चुनाव हारेर पनि के भो रु एकपटक चुनाव हार्दैमा पूरै राजनीतिक जीवन त सकिन्न नि ? चुनावमा पराजित भएपछि इश्तियाक पार्टीमा झन् सक्रिय भए। आफ्नो व्यापार व्यवसाय सम्हाल्ने र फैलाउने समय पनि मिल्यो। समयले फेरि फन्को मार्यो। २०७२ सालमा संविधान बन्यो र २०७४ मा २० वर्षपछि पहिलोपटक स्थानीय र आम निर्वाचन भयो। यो निर्वाचनमा भने इश्तियाकले फेरि बाजी मारे। उनले बाँके क्षेत्र नं २ मा एमाले र माओवादीको समर्थन पाएका पशुपति दयाल मिश्र अनि नेपाली कांग्रेसको समर्थन पाएका राप्रपाका ओमप्रकाश आजादलाई पराजित गर्दै सांसद भए। यो राजनीतिक यात्रासँगै इश्तियाक राई सहरी विकास मन्त्री भए।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको मिलनपछि मिलेर सरकारमा गएको जसपा त्यहाँ पूरै समय भने रहेन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हर्कत’माथि प्रश्न उठाउँदै सरकार छोडेको जसपाले त्यसपछि नेपाली कांग्रेस र माओवादीहरूसँग गठबन्धन गरेर फेरि शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रवेश ग¥यो। र, फेरि इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री भए। नेपाली राजनीति स्थिर त कहिले पो हुन सक्यो र रु मन्त्री पदमा रहँदै चुनावी मैदानमा उत्रिएका राईलगायत पार्टीका केही मन्त्रीहरूलाई चुनावको मुखैमा प्रधानमन्त्रीले बर्खास्त गरिदिए। कारण थियो– गठबन्धन। इश्तियाकको पार्टी जसपाले सत्ता साझेदार दलहरूसँगको साझेदारी तोडिदिएको थियो। फेरि पनि इश्तियाक बाँके क्षेत्र नं २ को चुनावी मैदानमा एक्लै उत्रिएका छन्।

एकातिर माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको समर्थनमा नेपाली कांग्रेसका सुदीप नरसिंह राणा र अर्कोतिर एमालेको समर्थन पाएका धवल समशेर राणाको घेराबन्दीबीच चुनावमा होमिएका राई ढुक्क छन्, ‘मैले मतमात्रै होइन, फेरि एकपटक यहाँ विकासको लहर ल्याउन मौका दिनुहोस् भनिरहेको छु। जनतासँगको मेरो गठबन्धनमा मलाई पूरा विश्वास छ।’

Share196Tweet109SendShare
Previous Post

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

Next Post

सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोरोना महामारी पछि उद्योग बाणिज्य संघ कोहलपुरले पहिलो पटक प्रादेशिक महोत्सव लगाउदै
समाचार

कोरोना महामारी पछि उद्योग बाणिज्य संघ कोहलपुरले पहिलो पटक प्रादेशिक महोत्सव लगाउदै

९:५१ मध्यान्ह, माघ २०, २०७९
बर्दियामा रुवेला भाइरस देखियो, गर्भवती उच्च जोखिममा
मुख्य समाचार

बर्दियामा रुवेला भाइरस देखियो, गर्भवती उच्च जोखिममा

१:५४ मध्यान्ह, माघ २०, २०७९
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
खेल

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

१:४९ मध्यान्ह, माघ २०, २०७९
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क
मुख्य समाचार

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

१:४६ मध्यान्ह, माघ २०, २०७९
साँझबाट मौसममा क्रमिक सुधार हुने
समाचार

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

१:४३ मध्यान्ह, माघ २०, २०७९
विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ
अपराध

विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

१०:३१ बिहान, माघ १९, २०७९
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
मुख्य समाचार

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

१०:२४ बिहान, माघ १९, २०७९
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
समाचार

अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१०:२२ बिहान, माघ १९, २०७९
Next Post
सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला

सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ

बागलुङको रिगताल जाे बन्दैछ पर्यटककाे आकर्षणको केन्द्र

बागलुङको रिगताल जाे बन्दैछ पर्यटककाे आकर्षणको केन्द्र

Discussion about this post

मौसम रिपोर्ट

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?