ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्र प्रहरीका घुमुवा असई शर्माको तस्करसँग साँठगाठ : एसपी शाहीलाई मोटो रकम बुझाउँदै, खुसी बनाउँदै

News Desk by News Desk
१०:२२ मध्यान्ह, कार्तिक २३, २०८०
सशस्त्र प्रहरीका घुमुवा असई शर्माको तस्करसँग साँठगाठ : एसपी शाहीलाई मोटो रकम बुझाउँदै, खुसी बनाउँदै
1.1k
सेयर
1k
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २३ गते ।
नेपालमा चर्चित उखान छ ‘सानालाई ऐन, ठूलालाई चैन’ । हो, यहि उखान जस्तै सशस्त्र प्रहरी बल नम्बर ३० गण, महेन्द्रनगरका गणपति एसपी रमेश विक्रम शाहीकोमा पनि ठ्याक्कै मेल खाएको छ । उनी सशस्त्र प्रहरीका आइजीपीको नजिकका मात्र होइन एकदमै प्यारो र विश्वास पात्रको रुपमा मानिन्छन् ।

त्यसैले त तस्करसँग मिलेर मोटो रकम लिएको समाचार बाहिर आउँदासमेत न त गृह मन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण हुन सकेको छ न त सशस्त्र प्रहरी आइजीपीले नै उनलाई सरुवा गर्ने आँट गर्न सकेका छन् ।

एसपी शाहीले सर्वसाधारण नागरिकलाई दुख दिँदै आएका छन् । नाकामा कडाई गरेर गरिव तथा निमुखाको सामानमा आँखा लगाउने उनले घुमुवा परिचालन गरि तस्करबाट मोटो रकम असुल्दै आएको प्रत्यक्ष देख्न सकिन्छ । एसपी शाहीका घुमुवाले नै तस्करको स्कटिङ गरेर सुरक्षित रुपमा सामान लैजान सहयोग गर्दै आएका छन् । ‘गरिव, निमुखा, विपन्नको सामान खोसेर भन्सारमा दाखिला गर्ने सशस्त्रका घुमुवाले तस्करसँग मोटो रकम लिएर मोटरसाइकलमा स्कटिङ गरि सुरक्षित रुपमा सामान लैजान मद्दत गरिरहेका छन्,’ एक प्रत्यक्षदर्शीले भने, ‘रकम हुनेहरु सशस्त्र प्रहरीसँग मिलेर अवैध रुपमा सामान चोरी निकासी गरिरहेका छन् । हामी गरिव र विपन्नहरु घर खर्चका लागि लैजाँदासमेत खोसिदिन्छन् । यो देशमा ‘सानालाई ऐन, ठूलालाई चैन’ छ ।’

एसपी शाहीले गणका असई सोमराज शर्मालाई घुमुवाको कमाण्डरको जिम्मेवारी दिएका छन् । असई शर्माले तस्करसँग सेटिङ मिलाएर मोटो रकम असुल्ने र उक्त रकम एसपी शाहीलाई बुझाउने गरेको स्रोतले जनाएको छ । यो गण नेपालगन्जको जमुनाह नाकासँग सटेकोले नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणको जिम्मा सरकारले दिएको छ । सरकारले तस्करी नियन्त्रण गरि राजस्व बढाउन सहयोग गर्ने भूमिका दिए पनि एसपी शाहीले असई शर्मालाई तस्करसँग सेटिङ मिलाएर रकम असुली गर्ने जिम्मेवारी दिएका छन् ।

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

शर्माले तस्करसँग महिनाभर रकम असुल्ने र एसपी शाहीलाई दिने गरेको उच्च स्रोले अनलाईनखोज खवरलाई जानकारी दिएको छ । ‘असई शर्मा तस्करसँग रकम असुल्ने मुख्य नाइके हुन् । मोटो रकम दिएका तस्करसँग असुलेको रकम उनले एसपी शाहीलाई दिँदै आएका छन्,’ नाम नबताउने सहमतिमा एकजना सर्वसाधारणले भने ।
शर्माका मुख्य जिम्मेवारी कहाँ र कसरी तस्करी भइरहेको छ ? भन्ने खोजतलास गर्ने हो । तर, उनी आफ्नो जिम्मेवारीलाई घाममा सुकाएर असुली धन्दामा लागेका छन् । स्रोत भन्छ, ‘असई शर्माले तस्करीको जालो बत्ता लगाउने र उनीहरुसँग सेटिङ मिलाउने अनि बार्गेनिङ गरेर मोटो रकम लिएको हामीसँग प्रमाण छ । सूचना दिने भन्दा तस्करसँग मिलेर अवैध असुली धन्दाको बाटो देखाउने उनको मुख्य ड्यूटी भएको छ ।’

असई शर्मा बाँकेमा बस्न लागेको मात्रै एक दशक बढी भइसकेको छ । उनको न सरुवा हुन्छ न त उनलाई ड्यूटीमा लगाउने पोशाक नै लगाउन परेको छ । उनी तस्करसँग असुली गर्न माहिर भइसकेकोले सरुवा भएर जाने गणपतिले उनलाई सिफारिस गरेर जाने गरेका छन् ।

सरुवा भएर जाने एसपीले सिफारिस गरेपछि नयाँ आउनेले उनी शर्मालाई घुमुवा राख्ने र रकम असुली गर्ने टोलीको नाइके बनाउने गरेको बताइन्छ । ‘पुरानाका कुरा सुनेर नयाँ आउनेहरु पनि असुलीका लागि उनै शर्मालाई उपयोग गर्छन् । सरुवा भएर जाने एसपीले नयाँ आउनेलाई व्रिफिङ गरेर जाने गरेका कारण उनी सशस्त्र प्रहरीमा पावरफुल असई मानिन्छन्,’ सशस्त्र प्रहरीका एक जवानले भने ।
शर्मालाई यहाँको तस्करीको तौरतरिकाको बारेमा राम्रो जानकारी छ । जोसुकै अफिसर आएपनि उनलाई ड्यूटी गर्न पर्दैन । उनी दिनभर डुल्ने र तस्करसँग बस्ने गरेका छन् । असई शर्माका कारण अहिले सशस्त्र प्रहरी संगठनको बदनाम भएको छ ।

ADVERTISEMENT

नेपाल–भारत सीमा अन्तरगत बाँकेको खडैचा, हिरमिनिया कालाबन्जार, भज्जुपुरुवा, नयाँ वस्ती, जमुनाह, जयसपुर इच्छाराम बाबा मन्दिर पछाडीको भाग, पचपोखरा, साईगाउँ, बढैया, सैनिक लगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका हुन् ।
नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मा राज्यले सशस्त्र प्रहरीलाई दिए पनि बाँकेमा भने सशस्त्र प्रहरी तस्करसँगै मिल्दा राजस्व चुहावट बढ्दै गएको छ । सशस्त्र प्रहरीलाई भन्सारका कर्मचारीले समेत साथ दिने गरेको बताइन्छ । जसले गर्दा सशस्त्रका असई शर्मा ढुक्क भएर तस्करलाई सघाउने गरेको खुलासा भएको छ ।

Share480Tweet261SendShare
Previous Post

नेपालगञ्जका २३ वटै वडा डिजिटलाइज

Next Post

भारतबाट भित्रिने खसी–बोका रोक्न माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

७:५९ बिहान, असार २६, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
Next Post

भारतबाट भित्रिने खसी–बोका रोक्न माग

दाङका किसानले पाएनन् धानको समर्थन मूल्य

दाङका किसानले पाएनन् धानको समर्थन मूल्य

आज धनतेरस मनाइँदै

आज धनतेरस मनाइँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Showers in the Vicinity
5:28 am7:19 pm +0545
Feels like: 39°C
Wind: 10km/h SE
Humidity: 73%
Pressure: 1002.03mbar
UV index: 11
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?