ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

थारु समुदायको नयाँ वर्ष माघी आज

News Desk by News Desk
१०:३६ बिहान, माघ १, २०८०
थारु समुदायको नयाँ वर्ष माघी आज
372
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ १ गते ।
थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन्। यस अवसरमा थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ। माघ १ गतेदेखि करिव एक हप्तासम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा थारु अगुवा लाहुराम थारुले जानकारी दिए ।

आफूभन्दा ठूलासँग आशीर्वाद लिई सानालाई आशीर्वाद दिने गरिन्छ, बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारु समुदायमा छ”–उनले भने। विसं २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो। यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारु समुदायमा चिनिन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन्। यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन्। यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ। कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ। तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा पनि छ।

तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ। गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि अगुवा छनोट गर्छन्। थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ। बीचमा फेरबदल हुँदैन। यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको प्रारम्भ हुनु अघिदेखि नै थारु समुदायमा माघ १ गते अगुवा चुन्ने प्रचलन थियो। २० वर्षसम्म स्थानीय निर्वाचन नहुँदा पनि थारु बाहुल्य भएका ठाउँ जनप्रतिनिधिविहीन नभएको उनको भनाइ छ। थारु समुदायले वर्षभरी गरेका कामको समीक्षा आजैका दिन गर्छन्।

विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ। थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन्। विवाह, यात्रा, बसाइँसराइँका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारु समुदायमा छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बाँकेका कृषि हाटबजारमा तरूल किन्नेको भिड (फोटो फिचर)

Next Post

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना

तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु, एक-दुई स्थानमा हल्का हिमपात

आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?