ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने, के छ उपचार ?

News Desk by News Desk
९:५२ बिहान, फाल्गुन १२, २०८०
मिर्गौलामा पत्थरी  भएको कसरी थाहा पाउने, के छ उपचार ?
424
सेयर
423
VIEWS
ShareTweetSendShare

मानवीय शरीरमा प्रत्येक अंगको आफ्नै विशेष महत्व रहेकोछ। जसमध्ये मिर्गौला पनि एक हो। शारीरिक संरचना अनुसार, हाम्रो शरीरमा दुईओटा मिर्गौला रहेका हुन्छन् ।  यसको प्रमुख काम भनेकै शरीरमा पिसाब उत्पादन गर्नु हो। मिर्गौलाले हाम्रो शरीरमा रहेका अनावश्यक तथा काम नलाग्ने उत्पादन एवम् अतिरिक्त तरल पदार्थलाई पिसाबको रुपमा शरीरबाट बाहिर निकाल्ने काम गर्दछ। यसरी विशेष कार्य प्रणाली निर्वाह गर्ने मिर्गौला शरीरका अन्य अंगहरु जस्तै स्वस्थ रहन उत्तिकै आवश्यक छ। तर, वर्तमान समयमा विविध कारणवस अधिकांश व्यक्तिमा मिर्गौला सम्बन्धि विभिन्न समस्याहरु देखिन थालेका छन्। जसमध्ये पनि मिर्गौला पत्थरी (किड्नीस्टोन) को समस्या आमव्यक्तिमा अधिक देखिएको पाइन्छ।

के हो मिर्गौलामा हुने पत्थरी ? 

मिर्गौलामा एक अनियमित आकारको ठोस वस्तु जम्मा हुनु वा जम्नुलाई मिर्गौला पत्थरी भनिन्छ। हेर्दा यो स–साना ढुङ्गा जस्ता देखिन्छन्। चिकित्सकीय भाषामा यसलाई ‘नेफ्रोलिथियसिस’ पनि भनिन्छ । यस पत्थरी विशेष गरी किड्नी (मिर्गौला), मूत्राशय (ब्लाडर), मूत्रमार्ग (युरेथ्रा) र मूत्रवाहिनीनली (युरेटर) मध्ये जुनसुकै भागमा पनि देखिन सक्छ। यसरी जमेको पत्थरी शुरुवाती क्रममा स–साना तथा मसिनो ढुङ्गाको रुपमा देखिए पनि समयमै उपचारको अभावमा अथवा शरीरबाट बाहिर निष्काशन नभएको खण्डमा क्रमशः बढ्दै जान्छ र, परिणाम स्वरुप व्यक्तिमा समस्या उत्पन्न गराउँछ।

मिर्गौलामा पत्थरी अनुपात:

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

आमव्यक्तिमा साझारुपमा देखिने समस्यामध्ये एक रहेको पत्थरीले बालक, युवा तथा वृद्ध जुनसुकै उमेर समूहलाई पनि सताएको देखिन्छ। यद्यपी तुलनात्मक रुपमा बालबालिका भन्दा वयस्कहरु यसबाट बढि पीडित हुने गरेका छन्। विज्ञहरुका अनुसार, प्रत्येक १० व्यक्ति मध्ये १ जना मिर्गौला पत्थरीको समस्याबाट ग्रसित छन्।

मिर्गौलामा पत्थरी  हुने कारणहरु:

सामान्यतयाःगलत खानपिनलाई नै मिर्गौला पत्थरीको मुख्य कारक तत्व मानिन्छ। व्यक्तिको खानामा समावेश हुने यस्ता निम्न खाद्य वस्तु तथा तत्वहरुले पत्थरीलाई प्रोत्साहन गर्दछ:

ADVERTISEMENT

-पानी तथा तरल पदार्थको कम सेवन

-अत्याधिक एनिमल प्रोटिन अर्थात्, मांसाहारको सेवन

-रिफाइन सुगर (कृत्रिम रुपमा तयार पारिएको चिनी) को प्रयोग

-अधिक सोडियम वा नुनको सेवन

-पत्थरी बढाउने आहारको सेवन

जस्तोःअंगुर तथा स्याउको जुस, गेडागुडीमा लगायत उच्च प्रोटिनयुक्त आहारको अत्याधिक सेवन। यस्तै, खानपिन बाहेक अन्य केहि त्यस्ता मेडिकल अवस्थाहरु पनि छन्, जसलाई पनि व्यक्तिमा पत्थरी हुनु पछाडिको उत्तिकै जिम्मेवार पक्षको रुपमा लिइन्छ ।

अन्य मेडिकल कन्डिशनहरु:

-जन्मजात रुपमै मेटाबोलिज्मको असन्तुलन देखिनु

-हाइपरथाइराइटिज्म

-रेनलट्युब्ल र एसिडोसिस

-उच्च तौल तथा मोटोपना

-उच्च रक्तचाप तथा मधुमेह

– आणुवंशिक

मिर्गौलामा पत्थरी  भएको कसरी थाहा पाउने ?

शरीरमा कुनै रोग भए नभएको वैज्ञानिक पहिचानका लागि केहि विशेष शारीरिक जाँचको आवश्यक भए पनि कतिपय केशमा भने हामी आफुमा देखा परेको शारीरिक लक्षणहरुबाट पनि ती रोगको अनुमान गर्न सक्छौ। तर, यसो भन्दैमा हामीले आवश्यक जाँच र चिकित्सकको सल्लाह बिनानै जथाभावी औषधिको सेवन गर्ने गल्ती भने गर्नुहुँदैन। आफुलाई निम्न लक्षणहरु देखिएको खण्डमा व्यक्तिले तुरुन्तै मिर्गौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट) को सल्लाह लिनुपर्छ।

मिर्गौलामा पत्थरीका लक्षणहरु:

१. अत्याधिक दुखाईको महशुस

शरीरमा भएको पत्थरी सानो भएमा अथवा सो पत्थरी किड्नी या युरेटरमा रहेको हकमा व्यक्तिमा कुनैपनि प्रकारको लक्षण देखिदैन। यसकारण पनि व्यक्तिले आफुमा पत्थरी भएको लामो समयसम्म थाहा पाउन सक्दैनन्। तर, उक्त पत्थरी बढ्दै गएमा वा कुनै कारणवस मुत्र मार्गमा अड्किन गएकोखण्डमा भने यसले व्यक्तिमा एक्कासी अत्याधिक दुखाईको महशुस गराउँछ। जुनसुकै उमेर समूहलाई सताउने गरेको यस समस्याको प्रमुख लक्षण भनेकै असह्य दुखाई उत्पन्न गराउनु हो। मिर्गौलामा पत्थरी भएको व्यक्तिले आफ्नो कोखातर्फ तीव्र दुखाईको महशुस गर्छ भने सो दुखाई क्रमशः ढाडको तल्लो भागतर्फ सर्दै जान्छ। करिब २० मिनेट देखि झण्डै ६० मिनेटसम्म दुखाई हुने र क्रमशः सो दुखार्ई घट्दै गई केहि समयपछि पुनः सोहि समस्या दोहोरिनेक्रम चलिरहने हुन्छ। यसको दुखाई व्यक्तिमा यतिसम्म हुन्छ कि, कतिपय अवस्थामा दुखाईकै कारण व्यक्तिलाई वाक्वाकी वा बान्ता लाग्ने र ज्वरो समेत आउने हुन्छ।

२. पिसाब फेर्न असहज हुनु

मिर्गौलामा पत्थरीले व्यक्तिमा पिसाब फेर्न गाहृो हुने, पिसाब लाग्ने तर नआउने, बारम्बार पिसाब फेर्न मन लाग्ने, पिसाब फेर्दा पोल्ने जस्ता समस्याहरु निम्त्याउँछ। यस्तै, नमिठो गन्धसहित पिसाब धमिलो आउनु र कहिलेकाहिँ पिसाबमा रगत समेत देखिनु पनि पत्थरी हुनुको संकेत हो । यदि आफ्ना बालबालिकाले पिसाब फेर्दा रुने, कराउने, चिच्याउने तथा असामान्य व्यवहार देखाउँछ भने अभिभावकले आफ्ना सन्तानमा पत्थरी भएको आशंका गर्न सकिन्छ।

मिर्गौलामा पत्थरी  रोकथामका उपायहरु:

कुनैपनि रोग लागेपछि त्यसको उपचार गर्नु भन्दा पहिले त्यो रोग आफुमा लाग्न नै नदिनुलाई बुद्धिमानी मानिन्छ। तसर्थ यस रोगबाट आफु पीडित हुन नपरोस् भन्नका लागि व्यक्तिले निम्न पक्षमा विशेष ध्यान पु¥याउनुपर्छः

१. पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन:

सामान्यतयाः विविध कारणवस शरीरमा जम्मा भएका स–साना अथवा ५ मिलिमिटर भन्दा साना पत्थरीहरु हाम्रो पिसाबको माध्यमबाटै स्वतःशरीर बाहिर निस्कन्छन्। दुखाईको महशुस नगराउने यस्ता साना पत्थरीहरु ४ हप्ताभित्र शरीरबाट बाहिर निस्किसकेको हुन्छ। यद्यपि यसकालागि भने व्यक्तिले पर्याप्त मात्रामा पानी अथवा तरल पदार्थको सेवन गर्नुपर्छ।

२. खानपिनमा सुधार:

पत्थरीबाट जोगिने प्रमुख उपाय भनेकै खानपिनमा सुधार गर्नु हो। वर्तमान समयमा अधिकांशमा खानपिनकै कारण पत्थरीको जोखिम बढिरहेको देखिन्छ। यसर्थ हामीले आफ्नो खानपिनमा उचित नियन्त्रण गरेकै आधारमा पनि पत्थरीको जोखिमलाई धेरै हदसम्म कम गराउन सकिन्छ। यसकालागि हामीले रिफाइनयुक्त चिनी, अत्याधिक नुनको सेवन तथा सोडियमको प्रयोग गर्ने बानीलाई हटाउनुपर्छ, भने उच्च प्रोटिन पनि पत्थरीका निम्ति घातक भएकाले यसको उपभोगमा पनि उत्तिकै ध्यान पु¥याउनु पर्छ। प्रोटिनको सन्दर्भमा भन्नुपर्दा, तुलनात्मकरुपमा अन्य खानाभन्दा मांसाहार आहारबाट प्राप्त हुने प्रोटिन पत्थरीको निम्ति अतिनै हानिकारक मानिन्छ। तसर्थ व्यक्तिले आफ्नो आहारमा शरीरको आवश्यकतालाई मात्र ध्यान दिदैँ माछामासुजन्य खानालाई सकेसम्म कम प्राथमिकता दिने र तरकारी तथा सागसब्जीहरुमा विशेष जोड दिनुपर्छ।

३. तौलको उचित नियन्त्रण:

उचित तौल भएका व्यक्तिको तुलनामा मोटा व्यक्तिहरुमा पत्थरी हुने सम्भावना अधिक रहन्छ। यसकारण पनि हामीले आफ्नो तौललाई उचित राख्नका लागि शारीरिकरुपमा सक्रिय रहने, खानपिनमा ध्यान दिने र नियमित शारीरिक व्यायाम गर्ने बानीको विकास गर्नुपर्छ।

४. समय–समयमा स्वास्थ्य जाँच:

पत्थरीले आफुलाई दुःख नदिएसम्म हामीलाई हाम्रो शरीरमा पत्थरी छ भन्ने समेत थाहा हुँदैन। यसको शुरुवातीमा नै पहिचान गर्न सके सबै बिरामीमा शल्यक्रियाको आवश्यकता नपर्ने भएकोले पनि यसको समयमै पहिचान गर्नु उत्तिकै महत्वपूर्ण रहन्छ। यसकालागि भने हामीले समय–समयमा आफ्नो होलबडि जाँच गर्ने बानी बसाल्नु पर्छ भने कहिलेकाहिँ हुने गरेको दुखाईलाई पनि बेवास्ता गर्नु हुदैँन।

मिर्गौलामा पत्थरीको  उपचार कसरी गरिन्छ ?

माथि उल्लेख गरे जस्तै पत्थरी ४ हप्तासम्म पनि शरीर बाहिर निस्किएन र यसले व्यक्तिमा दुखाईको महशुस गराउन थालेमा यसकालागि सर्वप्रथम बिरामीलाई दुखाई कम गराउने औषधि दिइन्छ। यस्तै, पत्थरीको आकार र अवस्था हेरेर औषधिसंगै कतिपय अवस्थामा यसको शल्यक्रिया समेत गर्नुपर्ने हुन्छ। यद्यपि आजकाल सर्जरीको अलावा ल्याप्रोस्कोपी, यूरेट्रोस्कोपीजस्ता कयौं प्रकारका नयाँ प्रविधि विकसित भएका छन्, जसको मद्दतले सजिलै स्टोनलाई निकाल्न सकिन्छ र विरामीलाई खासै अप्ठेरो हुँदैन ।

Share170Tweet106SendShare
Previous Post

कर्णालीका ५ वटा जिल्लामा पौष्टिक तत्त्व मिसाइएको चामल बिक्री शुरु

Next Post

बाँकेमा आजदेखि दादुरा–रुबेला खोप अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
बाँकेमा आजदेखि दादुरा–रुबेला खोप अभियान

बाँकेमा आजदेखि दादुरा–रुबेला खोप अभियान

नुन लिन नागरिकता अनिवार्य

नुन लिन नागरिकता अनिवार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्वित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:20 am5:46 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNW
Humidity: 94%
Pressure: 1013.21mbar
UV index: 0
MonTueWed
30°C / 17°C
30°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?