ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मृगौला रोग के कारणले हुन्छ ? यसबाट जोगिन के गर्नुपर्छ ?

डा. पारस श्रेष्ठ मृगौला रोग विशेषज्ञ, भेरी अस्पताल

News Desk by News Desk
१०:१४ मध्यान्ह, चैत्र ११, २०८०
मृगौला रोग के कारणले हुन्छ ? यसबाट जोगिन के गर्नुपर्छ ?

डा. पारस श्रेष्ठ मृगौला रोग विशेषज्ञ, भेरी अस्पताल

455
सेयर
425
VIEWS
ShareTweetSendShare

मृगौला रोगका विरामी दिन प्रतिदिन बढ्दै गएका छन् । अब्यवस्थित खानपान, रहनसहन र उठबसले मृगौलामा समस्या हुने गरेको छ । विशेषगरी उच्च रक्तचाप र सुगर भएका विरामीलाई मृगौला समस्या देखिन्छ । मृगौला रोगबाट बच्न के गर्नु पर्छ ? मृगौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठके भन्नुहुन्छ ? हेरौँ भिडियो कुरा मृगौलामा समस्या भएर उपचार खोज्नेहरुको अवस्था दयनिय भएको हामीले देख्दै आएका छौँ । जब मृगौलाले काम गर्न असमर्थ हुन्छ । तव शरीरका सम्पूर्ण कार्यप्रणालीमा असर पुग्छ । जसका कारण विरामीको मृत्युसम्म हुने गर्छ ।

मृगौलाको काम शरीरमा रगतलाई शुद्धिकरण गर्नु हो । जब मृगौलाको कार्यक्षमतामा ह्रास आउँछ, शरीर विषाक्त बन्छ । एकपछि अर्को अंगमाथि भार थपिन्छ । अन्ततः समग्र शरीर नै कमजोर र रोगी हुन्छ ।
मृगौला रोग लागेपछि उपचार झन्झटिलो हुन्छ । खर्चिलो पनि उत्तिकै हुन्छ । हाम्रो खराब आनीबानीले मृगौलामा रोग लाग्छ । हाम्रो खानपान, दिनचर्या नै मृगौला रोगको कारण हो ।

मृगौलाको रोग लागेर उपचार खोज्नुभन्दा, मृगौला स्वास्थ्य राख्नु राम्रो हो । यसका निम्ति हाम्रो आनीबानी परिवर्तन गर्नुपर्छ । नुनमा सोडियमको मात्रा अधिक हुन्छ । अधिक मात्रामा सोडियमको सेवनले शरिरमा उच्च रक्तचापको समस्या निम्तने गर्छ । मृगौला सम्बन्धि कति समस्या उच्च रक्तचापका कारण हुन्छ भने सुगर (मधुमेह) का कारण पनि मृगौला सम्बन्धि समस्या हुने गर्छ ।
त्यतिमात्र नभई, ज्यादा नुनको सेवनकै कारण मृगौलामा पथ्थरीको समस्या समेत हुने सम्भावना बढ्छ । र, मृगौलामा पथ्थरी भएमा समयमै यसको उपचार नगरे यसले मृगौलालाई बिगार्न सक्छ ।

मृगौलालाई स्वस्थ राख्न पर्याप्त मात्रामा पानीको सेवन निकै जरुरी छ । दिनमा तीनदेखि चार लिटर पानीको सेवन गर्नाले मृगौलाले शरीरमा भएको विषाक्ततालाई पिसाबबाट बाहिर निकाल्ने गर्छ । तर आवश्यक्ता भन्दा बढी मात्राले समेत मृगौलामा असर पर्न सक्ने हुदाँ यसबारे भने ध्यान दिन आवश्यक छ ।
मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि समस्या भएमा तुरुन्तै चिकित्सकसितको परामर्शमा औषधी सेवन गरी उक्त रोगलाई नियन्त्रणमा राख्नु पर्छ । किनकी यस प्रकारका कुनै पनि रोगले सबैभन्दा पहिला मृगौलालाई असर पार्ने हुँदा मृगौलालाई स्वस्थ राख्नका लागि पनि शरीरमा भएका विभिन्न रोगहरुलाई नियन्त्रणमा राख्न जरुरी छ ।

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

मृगौलालाई स्वस्थ राख्ने सबैभन्दा राम्रो उपाय भनेको बेलाबेलामा पिसाब फेर्नु हो । पिसाबलाई धेरै बेर रोकिराख्नाले यसले मृगौलामा नकारात्मक प्रभाव पार्न सक्छ । त्यस्तै, कम पिसाब हुनु, दुई लिटुर भन्दा कम पिसाब हुनुले पनि मिर्गौलामा नकारात्मक असर पार्ने हुदाँ मृगौलालाई स्वस्थ राख्न तथा मृगौलामा कुनै समस्या छ कि छैन भनेर हेर्न पनि बेला बेलामा पिसाब फेर्न जरुरी छ ।
पछिल्लो समय गलत खानपान, अत्याधिक मात्रामा जंकफुडको सेवन तथा शरीरमा पानीको कमीका कारण पनि कम उमेरमै मानिसहरुलाई मृगौला सम्बन्धि समस्याले सताउने गरेको छ । त्यसैले मृगौलालाई स्वस्थ राख्नका लागि भिटामिन, मिनरल्स तथा प्रोटिन लगायतका पोषणतत्वयुक्त आहार सेवन गर्न जरुरी छ ।

पोषणयुक्त तथा सन्तुलित आहारको सेवनले मृगौलालाई सही पोषण पुग्छ र यसकोे कार्यक्षमता बढ्छ । जबकी बजारमा पाइने अस्वस्थकर, अखाद्य तथा रसायन मिसाइएको खानेकुराले मृगौलामा नकारात्मक असर पारी त्यसको कार्यक्षमतामा ह्रास ल्याउने गर्छ ।
मृगौलालाई स्वस्थ राख्न पर्याप्त मात्रामा पानीको सेवन जति जरुरी छ, झोलिलो पदार्थको सेवन पनि त्यति नै जरुरी छ । विशेषगरी, फलफुलको रस, दालको झोल लगायतका पेय पदार्थबाट शरीरले पर्याप्त मात्रामा झोलको पुर्ति हुने गर्दछ ।
यस्ता झोलिलो पदार्थमा शरीरलाई चाहिने सबै किसिमका आवश्यक पौष्टिक तत्व रहेको हुन्छ । जबकी बजारमा पाइने चिसो पेय पदार्थ, चिया तथा कफीको सेवनले भने मृगौलालाई राम्ररी प्रभावित पार्न सक्छ । त्यसैले, यस्ता झोलिलो पदार्थ सेवन गर्नबाट सदैव सावधान हुन जरुरी छ ।

मृगौलाका रोगीहरु मात्र नभएर सामान्य मानिसहरुले पनि औषधीको सेवन गर्नु पूर्व जहिले पनि चिकित्सकको सल्लाह लिएरमात्र औषधीको सेवन गर्नुपर्छ । जस्तो सुकै दुखाईमा पनि आफू खुशी औषधीको सेवन गर्नु हुँदैन । यसले मिर्गौलालाई नराम्ररी विर्गान सक्छ ।
धुमपान तथा मद्यपानका कारण पनि मृगौलालाई असर पर्न सक्छ । धुमपान तथा मद्यपानले शरीरमा विषाक्तको प्रवाह गर्छ । जसका कारण मृगौलाले काम गर्ने क्षमतामा कमी आउने गर्छ । र, मृगौला बिग्रने गर्छ । त्यसैले, आजैबाट धुमपान तथा मद्यपान त्यागौँ । मृगौलालाई विग्रनबाट जोगाऔँ ।
अनुसन्धानहरुले जनाए अनुसार मोटोपना हुने व्यक्तिमा समेत मृगौला सम्बन्धि रोग लाग्ने जोखिम धेरै हुने गर्छ । यस्तो जोखिम सामान्य मानिसहरुको तुलनामा मोटापना भएका मानिसमा दोब्बरले हुने गर्छ । त्यसैले, मृगौला सम्बन्धि रोग लाग्नबाट बच्नका लागि पनि मोटोपनाहुनबाट बच्न जरुरी छ ।

ADVERTISEMENT

मृगौलालाई बिग्रनबाट जोगाउने सबैभन्दा राम्रो उपाय भनेको नियमित स्वास्थ्य परिक्षण हो । पिसाब, रगत तथा मृगौलाकोे नियमित परीक्षणद्वारा मृगौला सम्बन्धि रोग लाग्नबाट बच्न सकिन्छ । साथै, परिवारमा कसैलाई मधुमेह, उच्च रक्तचाप, हृदयाघात तथा क्यान्सरजन्य रोग लागेको छ भने, तीस वर्षको उमेर पश्चात्त नियमित स्वास्थ्य परिक्षणद्वारा पनि मृगौला सम्बन्धि रोग लाग्नबाट बचाउन तथा प्रारम्भिक जाँच मार्फत गम्भीर रोग लाग्नबाट समेत जोगाउन सकिन्छ ।

Share200Tweet106SendShare
Previous Post

आज फागु पर्व, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

Next Post

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई, शान्त र मर्यादित तरिकाले होली मनाउन बाँके प्रशासनको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
Next Post
होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई, शान्त र मर्यादित तरिकाले होली मनाउन बाँके प्रशासनको आग्रह

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई, शान्त र मर्यादित तरिकाले होली मनाउन बाँके प्रशासनको आग्रह

नेपालगञ्जमा मर्यादित वातावरणमा मनाइँदै होली (फोटो फिचर)

नेपालगञ्जमा मर्यादित वातावरणमा मनाइँदै होली (फोटो फिचर)

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ’चार तारे होटल’को मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ’चार तारे होटल’को मान्यता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?