ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि

चालकसँग अनुमतिपत्र र तालिमको अभाव, नियमनमा स्थानीय तह र ट्राफिक प्रहरीलाई चुनौती

News Desk by News Desk
६:२८ बिहान, कार्तिक १२, २०८३
नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक ११ गते।
बाँकेका सहरी क्षेत्रमा इ–रिक्साको सङ्ख्या बढेसँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ। अधिकांश चालकसँग सवारी चालक अनुमतिपत्र नहुनु, आवश्यक तालिमको अभाव र प्रभावकारी नियमन हुन नसक्दा इ–रिक्सा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १७९ वटा इ–रिक्सा दुर्घटनामा परेका छन्। आर्थिक वर्ष २०८१/८२ मा यस्तो सङ्ख्या १०४ थियो भने आव २०८०/८१ मा १२ वटा इ–रिक्सा दुर्घटनामा परेका थिए। पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले इ–रिक्सा दुर्घटनामा उल्लेख्य वृद्धि भएको देखाउँछ।

नेपालगन्ज, कोहलपुर र खजुरालगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा इ–रिक्सा सञ्चालनमा छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार धेरै चालकसँग अनुमतिपत्र छैन भने कतिपय इ–रिक्साको दुर्घटना बीमासमेत गरिएको छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले आवश्यक तालिम र अनुमतिपत्रबिना इ–रिक्सा चलाउँदा दुर्घटनाको जोखिम बढेको बताए। इ–रिक्साको सङ्ख्या बढ्दै जाँदा तिनको सञ्चालनलाई व्यवस्थित गर्न कठिन भइरहेको उनको भनाइ छ।

सम्बन्धित समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

“हामीले व्यवस्थित गर्न धेरै प्रयास गरेका छौँ, तर सबै रिक्साचालकसँग अनुमतिपत्र र तालिम नहुँदा व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ,” उनले भने।

नेपालगन्ज उपमहानगरपालिकाले दुई वर्षअघि आवश्यक कागजात नभएका केही इ–रिक्सा नियन्त्रणमा लिएर कानुनबमोजिम नष्ट गरेको थियो। तर, रिक्सा व्यवसायी तथा मजदुरको विरोधपछि व्यवस्थापनको उक्त प्रयासले निरन्तरता पाउन सकेन।

नेपालगन्जमा सञ्चालनमा रहेका इ–रिक्साको वास्तविक सङ्ख्यासमेत यकिन छैन। उपमहानगरपालिकामा करिब एक हजार ७०० इ–रिक्सा दर्ता भए पनि नेपालगन्जमा मात्रै १० हजारभन्दा बढी सञ्चालनमा रहेको अनुमान छ।

ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले इ–रिक्साको बढ्दो सङ्ख्या व्यवस्थापनमा समस्या भएको बताए। उनले नियमनका लागि यातायात कार्यालयबाट आवश्यक सहयोग नपाएको गुनासो गरे।

“रिक्साको सङ्ख्या बढ्दै जाँदा नियमन गर्न कठिन भइरहेको छ। यातायात कार्यालयलाई आवश्यक सहयोग माग्दा सहयोग गर्दैन,” उनले भने।

नगरप्रमुख विष्टले ट्राफिक प्रहरीले अन्य सवारीसाधनलाई जस्तै इ–रिक्सामाथि कारबाही गर्न नसकेको पनि बताए।

स्थानीय नागरिकले भने इ–रिक्सा व्यवस्थापनमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र नियमन हुन नसक्दा समस्या बढेको बताएका छन्। जथाभावी इ–रिक्सा चलाउने, यात्रु चढाउन र ओराल्न जहाँ पायो त्यहीँ रोक्ने तथा ट्राफिक नियमको पालना नगर्ने प्रवृत्तिले सडक आवागमनसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले अधिकांश चालकसँग अनुमतिपत्र नहुनु र जथाभावी इ–रिक्सा सञ्चालन गर्नु दुर्घटनाको जोखिम बढाउने प्रमुख कारण भएको बताए। उनले समयमै इ–रिक्साको सङ्ख्या, दर्ता, चालकको योग्यता र सञ्चालनलाई व्यवस्थित गर्न नसके समस्या थप जटिल बन्न सक्ने बताए।

इ–रिक्सा सहरी क्षेत्रमा आवागमनको सहज माध्यम बने पनि चालकको योग्यता, सवारीको कागजात, बीमा र ट्राफिक नियमको पालनामा प्रभावकारी निगरानी हुन नसक्दा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय, चालकलाई तालिम र अनुमतिपत्रको व्यवस्था तथा नियमविपरीत सञ्चालन हुने सवारीमाथि नियमित अनुगमन आवश्यक देखिएको छ।

Share150Tweet94SendShare
Previous Post

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

Next Post

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा
मुख्य समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

२:१४ बिहान, कार्तिक १३, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा
प्रदेश समाचार

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

१:११ बिहान, कार्तिक १२, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा सफारी सुरु, एक हजारमै प्याकेज
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा सफारी सुरु, एक हजारमै प्याकेज

११:४४ मध्यान्ह, कार्तिक ११, २०८३
अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
नेपालगन्जमा नियमविपरीत चलेका ३९७ ई–रिक्सा नियन्त्रणमा
मुख्य समाचार

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

१:३४ बिहान, कार्तिक ९, २०८३
लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
Next Post
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य

बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Cloudy
6:27 am5:36 pm +0545
Feels like: 29°C
Wind: 13km/h SE
Humidity: 59%
Pressure: 1013.88mbar
UV index: 0
FriSatSun
25°C / 20°C
25°C / 19°C
28°C / 19°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?