ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीको असरः आँखाका बिरामी बढे

News Desk by News Desk
१०:५८ बिहान, बैशाख २४, २०८१
अत्यधिक गर्मीको असरः आँखाका बिरामी बढे
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २४ गते ।
पछिल्ला केही दिनदेखि नेपालगन्जमा बढ्दै गइरहेको अत्यधिक गर्मी र सुख्खा तातो हावाको लहरका कारण आँखा सम्बन्धी बिरामीको सङ्ख्या बढेको छ। दैनिकरुपमा आँखा परीक्षण गराउन आउने सर्वसाधारणको सङ्ख्या बढेको आँखा अस्पतालले जनाएको छ ।

फत्तेबाल आँखा अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा.कौशलकुमार बर्माले अत्यधिक गर्मी तथा सुख्खा तातो हावाको लहरका कारण दैनिकरुपमा आँखा परीक्षण गराउन अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । दैनिक आँखा सम्बन्धी विभिन्न समस्याहरू लिएर अस्पताल आउने बिरामीमा पछिल्ला केही दिनमा आँखा सुख्खा हुने समस्या बढी पाइएको उहाँले जानकारी दिए ।

“अत्यधिक गर्मी तथा सुख्खा तातो हावाको लहरका कारण अस्पतालमा आँखा परीक्षण गराउन आउने सर्वसाधारणको चाप बढेको छ, सुख्खा तातो हावाको लहरमा धुलोका मसिना कणहरू हुने गर्दछ, त्यसता कण आँखाको नानीमा टाँसिन्छ, जसका कारण आँखाका अन्य समस्या भन्दा आँखा सुख्खा हुने बिरामीको संख्या बढी छ ।” फत्तेबाल आँखा अस्पतालमा दैनिक सरदर चार सयको हाराहारीमा आँखा सम्बन्धी विभिन्न रोगी बिरामीहरू आँखा परीक्षण गराउन आउने गरेको डा. बर्माले बताउनुभयो ।

उहाँका अनुसार अन्य समयभन्दा यो समयमा आँखा परीक्षण गराउन आउने बिरामीहरूको चाप बढेको छ । जसमा आँखा सुख्खा हुने समस्या बढी भएका बिरामीहरू आउने गरेको उनको भनाइ छ । उनले आँखा पोल्ने, बिझाउने, चिलाउने, आँसु आउने जस्ता समस्या देखिएमा अस्पतालमा पुगी आँखा परीक्षण गराउनु पर्ने बताउनुभयो । तातो हावाका कारण हावामा सुख्खापन हुने र सुख्खा हावाले गर्दा आँखा सुख्खा हुने समस्या देखिएपनि तातो हावा कम भएपश्चात् या पानी परेपश्चात् यो समस्या बिस्तारै हट्दै जाने उनको भनाइ छ ।

सम्बन्धित समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

अस्पतालका नेत्ररोग विशेषज्ञ डा.देवराज भारतीले चर्को गर्मी र तातो हावाका कारण आँखामा एलर्जी हुने, आँखा पाक्ने, आँखामा सुख्खापन हुने, आँखा रातो हुने, पोल्नेलगायतका आँखासम्बन्धी रोग भएका बिरामीहरू दैनिकरुपमा परीक्षण गर्न आउने गरेको बताए । उनले पछिल्लो समयमा बढीजसो आँखामा सुख्खापन हुने समस्या देखिएको जानकारी दिए । धुलो र सुख्खा तातो हावाका कारण आँखा सुख्खा हुने समस्या देखिएको उनको भनाइ छ ।

आँखा सुख्खा हुने बिरामीहरूका आँखामा केही बिझाएको जस्तो महसुस हुने, आँखा चिम्लिरहन मन लाग्ने, आँखामा चिप्रा लाग्ने तथा च्यापच्याप हुने, आँखा पोल्ने तथा रातो देखिने, आँखामा असजिलो महसुस हुने तथा आँखा सुख्खा हुने र दुख्नेलगायतका लक्षण देखिने डा. भारतीले जानकारी दिए ।

उनले आँखासम्बन्धी विभिन्न रोगहरूबाट बच्नका लागि पटकपटक चिसो र सफा पानीले आँखा बन्द गरेर कम्तीमा दुई मिनेटसम्म आँखा धुने, धुलो र घाममा सिधै आँखा नपार्ने, एअर कन्डिसनर, कुलर, पङ्खाको हावा सिधै आँखामा पर्न नदिने, कम्प्युटर, ल्यापटप तथा मोबाइलहरूमा लामो समयसम्म लगातार काम नगर्ने तथा प्रयोग नगर्ने, धुलो र घामबाट बच्नका लागि कालो चस्माको प्रयोग गर्ने लगायतका उपायहरू अपनाउनु पर्ने बताए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

बाँकेमा बजार अनुगमन तीव्र

Next Post

७० करोड बढीको जडिबुटी निकासी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
Next Post
७० करोड बढीको जडिबुटी निकासी

७० करोड बढीको जडिबुटी निकासी

खडेरीले सुक्न थाले अन्नबाली, मर्कामा किसान

खडेरीले सुक्न थाले अन्नबाली, मर्कामा किसान

कोहलपुरको अतिक्रमित जमिन फिर्ता गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?