ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा अनियमित विद्युतको समस्या समाधानका लागि संयन्त्र

News Desk by News Desk
११:४६ बिहान, जेष्ठ १८, २०८१
नेपालगन्जमा अनियमित विद्युतको समस्या समाधानका लागि संयन्त्र
447
सेयर
446
VIEWS
ShareTweetSendShare

बाँके जेठ १८ गते ।
नेपालगन्जमा भइरहेको अनियमित विद्युतको समस्या समाधानका लागि सर्वपक्षीय संयन्त्र निर्माण गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको अनियमित विद्युत समस्या र समाधान विषयक वृहत् अन्तरक्रिया तथा सर्वपक्षीय छलफल कार्यक्रममार्फत् सर्वपक्षीय संयन्त्र निर्माण गरिएको हो ।

अत्यधिक गर्मी हुने नेपालगन्जमा पछिल्ला दिनमा लगभग ४३÷४४ डिग्री सेल्सियस तापक्रम पुगेको छ भने चर्को गर्मी र तातो हावको लहरबाट जनजीवन निकै नै कष्टकर बन्दै गइरहेको छ । यस्तो अवस्थामा पनि नेपाल विद्युत प्राधिकरणले नियमित रुपमा विद्युत आपूर्ति नगरको भन्दै सरोकारवालाहरुले चर्को विरोध जनाइरहेका छन् ।

यहि समस्यालाई समाधान गर्नका लागि लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, नेपालगन्ज उपमहानगरपालिका प्रमुख÷उपप्रमुख, जिल्लास्थित राजनैतिक दलका प्रतिनिधि, बाँकेका प्रजिअ, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, उद्योगी व्यवसायी, होटल व्यवसायीलगायतका सरोकारवालाबिच छलफल तथा अन्तरक्रिया गरिएको हो ।

सम्बन्धित समाचार

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

कार्यक्रममा सरोकारवालाहरुले विद्युत प्राधिकरणले अतिनै लापरवाही गरेको, नागरिकप्रति उत्तरदायी नबनेको, बिना जानकारी आफू मनलाग्दी लाइन काट्ने गरेकोलगायतका आरोपहरु लगाएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्कबहादुर धामीले अनियमित विद्युतका कारण उद्योगबाट माल तथा वस्तु उत्पादन गर्दा क्वालिटीको उत्पादन हुन नसक्दा माल वस्तु बिक्रीमा समस्या आएको भन्दै विद्युत प्राधिकरणलाई त्यसता माल वस्तु खरीद गरिदिएर सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफूहरुले ५ देखि ५० प्रतिशतसम्म विद्युतको जरिवाना तिर्ने गरेको भन्दै विद्युतको नियमित आपूर्ति नहुँदा उद्योगी तथा व्यवसायीलाई परेको मर्काको जिम्मेवारी विद्युत प्राधिकरणले लिनुपर्ने बताउनुभयो ।

स्थानीय अशोककुमार श्रेष्ठले विद्युत प्राधिकरण सरकारी संस्था पनि भएको तथा व्यापारीक संस्था पनि भएको भन्दै विद्युतले व्यापारीको काम नगरेर केबल प्रशासकको मात्र काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले नागरिकले पैसा तिरेर विद्युत खरिद गरिसकेपछि नियमित रुपमा उपभोग गर्न पाउने अधिकार पनि भएको बताउनुभयो । लो र हाई भोल्टेजका कारण विद्युतीय उपकरण नचल्नु, हाई भोल्टेज आउँदा उपकरणहरु बिग्रनुलगायतका समस्या नागरिकले झेल्नुपरको भन्दै तत्काल समस्याको समाधान गर्नका लागि आग्रह गर्नुभयो ।

ADVERTISEMENT

अधिवक्ता विकास आचार्यले यस्तो प्रकारको अन्तरक्रिया कार्यक्रम स्वयम् विद्युत प्राधिकरणले आफैँ आयोजना गरेर जानकारी दिनुपर्ने भन्दै विद्युत प्राधिकरण नागरिकप्रति उत्तरदायी नभएको, जवाफदेहीता नदेखिएको, बिना जानकारी लाइन काट्न नपाउने नियम कानुन तोडेर आफ्नो मनमर्जी लाइन काट्ने गरेको लगायतका कामहरु गर्दै आएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले नेपालमै सबैभन्दा बढी बत्तिको लाइन जाने स्थान नेपालगन्जनै भएको भन्दै नागरिकका गुनासाप्रति विद्युत प्राधिकरण गम्भीर हुनुपर्ने बताउनुभयो । आफूले यहाँबाट गर्नसक्ने सानातिना कामहरु तत्काल गर्न र यहाँबाट गर्न नसकिने समस्याहरु समाधानका लागि उपल्लो निकायमा तत्काल जानकारी गराई समस्या समाधानको पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सानातिना काम, इमर्जेन्सी काम तथा सुधारका कामका लागि बत्ति काट्ने बाहेकका अन्य दीर्घकालीन कामहरु हाललाई नगर्न निर्देशन समेत दिनुभयो ।

नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले प्राविधिक काम बाहेकका राजनीतिक क्षेत्रबाट हुने अन्य कामहरु गर्नका आफू तयार रहेको बताउनुभयो । उहाँले राजनैतिक तहबाट हुने सरोकारवालासँगको समन्वयात्मक भूमिका निर्वाह गर्न र समस्या समाधानका लागि नागरिक समाज, सबै राजनैतिक दलहरुले विद्युत कार्यालयसँग आवश्यक समन्वय गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व शहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ले नागरिकले प्राविधिक कुराहरुको जानकारी नराखी खाली विद्युत प्राधिकरणलाई मात्र आरोप लगाउनु गलत हुने भन्दै नागरिक पनि सभ्य र अनुशासित बन्नुपर्ने बताउनुभयो । उहाँले प्राधिकरणलाई नागरिकका गुनासा सम्बोधन हुनेगरी काम गर्न पनि आग्रह गर्नुभयो । समस्या समाधानका लागि उर्जामन्त्री तथा प्रधानमन्त्रीसमक्ष आफूले जानकारी गराउने भन्दै उहाँले राजनीति पार्टी तथा जनप्रतिनिधिहरुले पनि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी सरकारका कृषिमन्त्री भण्डारीलाल यादवले विद्युत प्राधिकरण नागरिकका गुनासाप्रति सजग हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि बहानामा नागरिकले दुःख पाउन नहुने भन्दै प्राविधिक कुराहरु प्राधिकरणको हुने र यसप्रति नागरिकको चासो नहुने बताउनुभयो । जनताले केवल पैसा तिरेपछि नियमितरुपमा बत्ति उपभोग गर्न मात्र जानेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख ई।जगन्नाथ लामिछानेले सबै समस्याको समाधान आफ्नो हातमा नरहेको बताउनुभयो । उहाँले जतिपनि समस्या देखिएका छन् ती समस्याको प्रमुख कारण भनेको यसक्षेत्रमा पावर हाउस नहुनु नै भएको जिकिर गर्नुभयो । बुटवलदेखि पश्चिम र सुदूरपश्चिमपूर्व बिच भागमा कहीँ कतै पावर हाउस नभएका कारण समस्या खेप्नु परेको उहाँको भनाइ थियो । उहाँले यसक्षेत्रमा कम्तीमा पनि २०० मेगावाट वा सो भन्दा माथीको पावर हाउस नबन्दासम्म यो समस्या दिर्घकालीनरुपले समाधान नहुने भन्दै नीति निर्माणकर्तासँग आवश्यक पहल गर्न यस क्षेत्रका सबै सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमबाट अनियमित विद्युत समस्या समाधानका लागि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा समिति समेत गठन गरिएको महासचिव भीमबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी, जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल वार एशोसियसनका अध्यक्ष, पत्रकार महासंघका अध्यक्ष, उपभोक्ता मञ्च, पूर्वअध्यक्ष नन्दलाल वैश्य तथा सदस्य सचिवमा महासचिव रहने गरी समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

Share179Tweet112SendShare
Previous Post

नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि

Next Post

कस्तो छ आजको मौसम ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
Next Post
कस्तो हुनेछ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन

घट्यो पेट्रोल र डिजेलको मूल्य

राँझा विमानस्थलबाट ठूलो परिमाणमा मोबाइल डिस्प्ले बरामद

राँझा विमानस्थलबाट ठूलो परिमाणमा मोबाइल डिस्प्ले बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?