ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बन्ध्याकरण गरिएको भाले पाल्नेलाई राप्ती गाउँपालिकाको अनुदान

News Desk by News Desk
१०:१४ बिहान, असार १३, २०८१
बन्ध्याकरण गरिएको भाले पाल्नेलाई राप्ती गाउँपालिकाको अनुदान
373
सेयर
371
VIEWS
ShareTweetSendShare

दाङ असार १३ गते ।
एक हप्ताअघि दाङको राप्ती गाउँपालिका–४, मौरीघाटकी ४० वर्षीया सुशीला महराको बैंक खातामा दुई हजार ५०० रूपैयाँ जम्मा भयो। यो रकम राप्ती गाउँपालिकाले जम्मा गरिदिएको थियो । सुशीलाले २५ वटा बँधिया भाले पालेकी छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा बँधिया भाले (क्यापन) पाल्ने किसानलाई एउटा भालेको वार्षिक सय रूपैयाँ अनुदान दिने निर्णय गरेको थियो। गाउँपालिका साना किसानलाई लक्षित गरेर उनीहरूको हौसला बढाउन पहिलोपटक यस्तो अनुदानको नीति लिएको हो ।

यसका लागि चालु आर्थिक वर्षमा एक लाख रूपैयाँ बजेट छुट्याएको थियो। हालसम्म १२ जना किसानले कुल तीन सय भालेका लागि अनुदान पाएका छन्।गाउँपालिकाको ‘पशुसेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०८०’ मा न्यूनतम पाँचवटा बँधिया भाले पाल्ने किसानले वार्षिक रूपमा एकमुस्ट अनुदान पाउने प्रावधान छ ।

बँधिया भाले भनेको प्रजनन क्षमता बन्ध्याकरण गरिएको भाले हो । गाउँपालिकाले गत वैशाख १० गते सार्वजनिक सूचना जारी गरी ३० दिनभित्र पशुसेवा शाखामा निवेदन दिन आह्वान गरेको थियो। निवेदनमा किसानले भालेको संख्या र उमेर खुलाउनुपर्ने शर्त छ। फार्म दर्ता भएको भए नवीकरणको प्रमाणपत्र र दर्ता नभए वडा कार्यालयको सिफारिस समावेश गर्नुपर्छ। यो अनुदानले बँधिया भाले पालिरहेकी सुशीला उत्साहित भएकी छन्। सुशीला भालेलाई आफै बँधिया बनाउँछिन्। उनले चितवनमा भेटेरेनरी तालिम लिएकी थिइन्। बँधिया बनाउन तालिममै सिकेकी हुन्। सुशीलाका अनुसार उनीसँग ३२ वटा बँधिया भाले थिए।

एक साताअघि ७ वटा बेचिन्, बाँकी रहेका २५ भालेको संख्या पेश गरेअनुसार गाउँपालिकाबाट दुई हजार ५०० रूपैयाँ प्राप्त गरेकी हुन्। सुशीलाका अनुसार बँधिया बनाएको आठ–दश महिनापछि बेच्दा राम्रो मूल्य प्राप्त हुन्छ। सामान्यतया बँधिया भाले तौल नगरी ‘कुत्वा’ मा किनबेच हुन्छ। कुत्वा भनेको मोलमोलाइ हो। ‘मैले एउटा बँधिया भाले तीन हजारदेखि चार हजार (रूपैयाँ) सम्ममा बेच्ने गरेकी छु। जिल्लामा पनि बिक्री हुन्छ। धेरैजसो काठमाडौं र पोखरा पुग्छ,’ सुशीलाले भनिन्।

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

उनका अनुसार पैसावाला मानिसहरू बँधिया भाले खोज्छन्। यसको मासु खानु उनीहरूको सोख हुन्छ। ‘राम्रो बँधिया भएको भालेको मासुको टेस्ट (स्वाद) नै अलग हुन्छ। एकदमै खँदिलो मासु हुन्छ,’ उनले भनिन्, ‘मासुका पारखीहरू एकपटक बँधिया भाले खाएपछि फेरि त्यही खोज्छन्।’ उनलाई गाउँपालिकाले बँधिया भाले पाल्नेलाई अनुदान दिन थालेकोमा निकै खुसी लागेको छ। उनका विचारमा गाउँपालिकाले साना किसानको हितमा काम गरेको छ।

बँधिया भाले पाल्न अरू किसानहरू पनि उत्साहित भएका छन्। सुशीलाले खसीबाख्रा र भैंसी पनि पालेकी छन्। हाल उनको गोठमा ८० वटा खसीबाख्रा छन्। भैंसी एउटामात्र छ। गाउँपालिकाले दुध उत्पादन गर्ने किसानलाई पनि प्रतिलिटर चार रूपैयाँ अनुदान दिने गरेको छ। उनी भन्छिन्, ‘मैले वर्षभरि बेचेको दुधको अनुदान मेरो खातामा जम्मा भइसकेको छ। यो वर्षदेखि बँधिया भालेमा पनि अनुदान पाएर खुसी लागेको छ।’ हाल राप्ती गाउँपालिकामा प्रकाश विष्ट अध्यक्ष रहेका छन्। उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। उनी निर्वाचित भएपछि किसानले दुधमा अनुदान पाउन थालेका हुन्।

बँधिया भालेमा चालु आर्थिक वर्षमा अनुदान सुरू भएको हो। गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख दामोदर आचार्यका अनुसार ‘साना किसान प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यस्तो अनुदान सुरू गरिएको हो। यसबाट किसानहरू लाभान्वित र उत्साहित हुने विश्वास प्रकट गरे। उनले किसानको सहभागिता हेरेर अनुदान रकम बढाउँदै जाने नीति रहेको बताए।

ADVERTISEMENT

दुध र बँधिया भालेमा अनुदान पाउने किसानको संख्या हरेक वर्ष बढ्दै जाओस् भन्ने चाहना गाउँपालिको रहेको पनि उनले बताए। आचार्यका अनुसार यस वर्षको अनुदान किसानले माग गरेका आधारमा दिने र अर्को वर्षदेखि र किसानको घरमै पुगेर विवरण संकलन गर्ने योजना छ। गाउँपालिकाले दुधको अनुदानमा एक वर्षमा १५६ जना किसानको खातामा १२ लाख रूपैयाँ जम्मा गरेको छ।

Share150Tweet93SendShare
Previous Post

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

Next Post

ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
धानजोन परियोजनाद्वारा बाँकेमा दुई हजार हेक्टरमा खेती
कृषि

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

१:१८ बिहान, असार १६, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
बाँकेमा चैते धान रोपाइँ
कृषि

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

७:४७ बिहान, असार १५, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

देशभर धमाधम रोपाइँ जारी

५:३४ बिहान, असार १४, २०८२
Next Post
ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’

ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Partly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 6km/h E
Humidity: 89%
Pressure: 998.31mbar
UV index: 0
ThuFriSat
34/27°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?