ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बन्ध्याकरण गरिएको भाले पाल्नेलाई राप्ती गाउँपालिकाको अनुदान

News Desk by News Desk
१०:१४ बिहान, असार १३, २०८१
बन्ध्याकरण गरिएको भाले पाल्नेलाई राप्ती गाउँपालिकाको अनुदान
379
सेयर
376
VIEWS
ShareTweetSendShare

दाङ असार १३ गते ।
एक हप्ताअघि दाङको राप्ती गाउँपालिका–४, मौरीघाटकी ४० वर्षीया सुशीला महराको बैंक खातामा दुई हजार ५०० रूपैयाँ जम्मा भयो। यो रकम राप्ती गाउँपालिकाले जम्मा गरिदिएको थियो । सुशीलाले २५ वटा बँधिया भाले पालेकी छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा बँधिया भाले (क्यापन) पाल्ने किसानलाई एउटा भालेको वार्षिक सय रूपैयाँ अनुदान दिने निर्णय गरेको थियो। गाउँपालिका साना किसानलाई लक्षित गरेर उनीहरूको हौसला बढाउन पहिलोपटक यस्तो अनुदानको नीति लिएको हो ।

यसका लागि चालु आर्थिक वर्षमा एक लाख रूपैयाँ बजेट छुट्याएको थियो। हालसम्म १२ जना किसानले कुल तीन सय भालेका लागि अनुदान पाएका छन्।गाउँपालिकाको ‘पशुसेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०८०’ मा न्यूनतम पाँचवटा बँधिया भाले पाल्ने किसानले वार्षिक रूपमा एकमुस्ट अनुदान पाउने प्रावधान छ ।

बँधिया भाले भनेको प्रजनन क्षमता बन्ध्याकरण गरिएको भाले हो । गाउँपालिकाले गत वैशाख १० गते सार्वजनिक सूचना जारी गरी ३० दिनभित्र पशुसेवा शाखामा निवेदन दिन आह्वान गरेको थियो। निवेदनमा किसानले भालेको संख्या र उमेर खुलाउनुपर्ने शर्त छ। फार्म दर्ता भएको भए नवीकरणको प्रमाणपत्र र दर्ता नभए वडा कार्यालयको सिफारिस समावेश गर्नुपर्छ। यो अनुदानले बँधिया भाले पालिरहेकी सुशीला उत्साहित भएकी छन्। सुशीला भालेलाई आफै बँधिया बनाउँछिन्। उनले चितवनमा भेटेरेनरी तालिम लिएकी थिइन्। बँधिया बनाउन तालिममै सिकेकी हुन्। सुशीलाका अनुसार उनीसँग ३२ वटा बँधिया भाले थिए।

एक साताअघि ७ वटा बेचिन्, बाँकी रहेका २५ भालेको संख्या पेश गरेअनुसार गाउँपालिकाबाट दुई हजार ५०० रूपैयाँ प्राप्त गरेकी हुन्। सुशीलाका अनुसार बँधिया बनाएको आठ–दश महिनापछि बेच्दा राम्रो मूल्य प्राप्त हुन्छ। सामान्यतया बँधिया भाले तौल नगरी ‘कुत्वा’ मा किनबेच हुन्छ। कुत्वा भनेको मोलमोलाइ हो। ‘मैले एउटा बँधिया भाले तीन हजारदेखि चार हजार (रूपैयाँ) सम्ममा बेच्ने गरेकी छु। जिल्लामा पनि बिक्री हुन्छ। धेरैजसो काठमाडौं र पोखरा पुग्छ,’ सुशीलाले भनिन्।

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

उनका अनुसार पैसावाला मानिसहरू बँधिया भाले खोज्छन्। यसको मासु खानु उनीहरूको सोख हुन्छ। ‘राम्रो बँधिया भएको भालेको मासुको टेस्ट (स्वाद) नै अलग हुन्छ। एकदमै खँदिलो मासु हुन्छ,’ उनले भनिन्, ‘मासुका पारखीहरू एकपटक बँधिया भाले खाएपछि फेरि त्यही खोज्छन्।’ उनलाई गाउँपालिकाले बँधिया भाले पाल्नेलाई अनुदान दिन थालेकोमा निकै खुसी लागेको छ। उनका विचारमा गाउँपालिकाले साना किसानको हितमा काम गरेको छ।

बँधिया भाले पाल्न अरू किसानहरू पनि उत्साहित भएका छन्। सुशीलाले खसीबाख्रा र भैंसी पनि पालेकी छन्। हाल उनको गोठमा ८० वटा खसीबाख्रा छन्। भैंसी एउटामात्र छ। गाउँपालिकाले दुध उत्पादन गर्ने किसानलाई पनि प्रतिलिटर चार रूपैयाँ अनुदान दिने गरेको छ। उनी भन्छिन्, ‘मैले वर्षभरि बेचेको दुधको अनुदान मेरो खातामा जम्मा भइसकेको छ। यो वर्षदेखि बँधिया भालेमा पनि अनुदान पाएर खुसी लागेको छ।’ हाल राप्ती गाउँपालिकामा प्रकाश विष्ट अध्यक्ष रहेका छन्। उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। उनी निर्वाचित भएपछि किसानले दुधमा अनुदान पाउन थालेका हुन्।

बँधिया भालेमा चालु आर्थिक वर्षमा अनुदान सुरू भएको हो। गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख दामोदर आचार्यका अनुसार ‘साना किसान प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यस्तो अनुदान सुरू गरिएको हो। यसबाट किसानहरू लाभान्वित र उत्साहित हुने विश्वास प्रकट गरे। उनले किसानको सहभागिता हेरेर अनुदान रकम बढाउँदै जाने नीति रहेको बताए।

ADVERTISEMENT

दुध र बँधिया भालेमा अनुदान पाउने किसानको संख्या हरेक वर्ष बढ्दै जाओस् भन्ने चाहना गाउँपालिको रहेको पनि उनले बताए। आचार्यका अनुसार यस वर्षको अनुदान किसानले माग गरेका आधारमा दिने र अर्को वर्षदेखि र किसानको घरमै पुगेर विवरण संकलन गर्ने योजना छ। गाउँपालिकाले दुधको अनुदानमा एक वर्षमा १५६ जना किसानको खातामा १२ लाख रूपैयाँ जम्मा गरेको छ।

Share153Tweet94SendShare
Previous Post

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

Next Post

ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’

ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?