ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

झडपको मुख्य कारण लागुऔषध : राष्ट्रिय मानव अधिकार आयोग

News Desk by News Desk
२:०९ बिहान, असार २७, २०८१
झडपको मुख्य कारण लागुऔषध : राष्ट्रिय मानव अधिकार आयोग
385
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके असार २६ गते ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जले बुधवार बाल सुधारगृहको निरीक्षण गरेको छ । सुधारगृहमा झडप हुनुको मुख्य कारण लागुऔषध भएको राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारीले बताइन् । ब्यवसायिक रुपमा लागुऔषध सुधारगृहमा पुग्ने गरेको अनुगमनका क्रममा पाएको उनले बताइन् । ‘हामी त्यहाँ पुग्दा अधिकांशले लागुऔषध सेवन गरेको पायौँ । विवादको मुख्य जड् लागु औषध भएको हाम्रो निष्कर्ष छ,’ उनले भनिन् ।

उनले लागुऔषध नियन्त्रण गर्न सकेको खण्डमा केहि हदसम्म झडप कम गर्न सकिने बताइन् । उनी भन्छिन्, ‘सेवन गर्ने र नगर्नेलाई छुट्टाछुट्टै राख्ने ब्यवस्था मिलाउनु पर्ने देखियो । सेवन गर्नेहरुले नगर्नेलाई दवावमा पारेर सेवन गर्न लगाएको समेत हामीले पायौँ ।’
उनले भेट्घाट गर्ने बहानामा लागु औषध पुर्याउने गरेको बताइन् । भेट्घाटमा कडाई गर्नुपर्ने राय दिँदै उनले प्रवेश गर्दा समेत निगरानी गर्न सुझाव दिइन् । ‘साथीभाईलाई भेट्ने बहानामा लागुऔषध सप्लाई गरेको पनि हामीले पायौँ । भेट्घाटमा कडाई र निगरानी गर्नुपर्ने देख्यौँ,’ उनले भनिन् ।

उनले विद्यमान कानुन परिमार्जन नगरे यो समस्या रहिरहने बताइन् । १८ वर्षभन्दा कम उमेरमा १५ वर्ष कैद सजाय पाएको ब्यक्ति कैद भुक्तान गर्दासम्म ३० वर्षभन्दा बढि उमेरको हुने भएकोले उमेर पुगेका र नपुगेकालाई छुट्टाछुट्टै राख्ने कानुन बनाउनु पर्ने उनको सुझाव छ । ‘१८ वर्षभन्दा तलका र २५ वर्ष माथिकालाई एउटै ठाउँमा राख्दा ठूलाले सानालाई हेप्ने प्रबृत्ती पनि पायौँ,’ अधिकारीले भनिन् । उनले ब्यवस्थापन सुधार गर्नुपर्ने पनि औँल्याइन् ।

फितलो ब्यवस्थापन र कमजोर भौतिक संरचनाका कारण डुडुवा गाउँपालिका हिरमिनिया–६ स्थित जयन्दु बाल सुधारगृहका बाल कैदीबन्दी बुधवार तेस्रो पटक भागेका छन् । झडप भएको तेस्रो दिन २६ असार विहान फेरि पन्ध्र जना बाल कैदीबन्दी भागेका छन् ।
विहान करिव १०ः४५ वजेको समयमा खेल्दै गरेका एउटा समुहमाथि अर्को समुहले हातपात गरेपछि झडप भएको थियो । झडप लगत्तै पन्ध्र जना बाल कैदीबन्दी भागेका थिए । भागेका मध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । ‘भागेको खवर पाउनै वित्तिकै चारैतिर प्रहरी परिचालन गर्यौँ । १३ जनालाई नियन्त्रणमा लिए पनि दुई जना अझैँ सम्पर्क बाहिर छन्,’ उनले भने ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

२४ असार बेलुकी खाना खाने विषयमा सामान्य भनाभन पछि भएको झडप लगत्तै ६५ जना बाल कैदीबन्दी सुधारगृहबाट भागेका थिए । ति मध्ये दुई जना अहिलेसम्म फेला नपरेको सुधारगृहकी प्रमुख विमला काउचा मगरले जानकारी दिइन् ।

उनले सुधारगृहमा रहेका बाल कैदीबन्दी वीच विवाद हुने र त्यहाँ भएका केहि उछृंखल ब्यक्तिले आफ्नो पक्षमा पारेर हुलहुज्जत गर्न लगाउने गरेको बताइन् । ‘यहाँ दुई–जना उछृंखल बाल कैदीबन्दी छन् । उनीहरुले दवाव र प्रभावमा पारेर आफूसँगै अरुलाई पनि हुलहुज्जत गर्न लगाउँछन्,’ उनले भनिन् ।
उनले उछृंखल बाल कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेमात्र समस्या समाधान हुने बताइन् । ‘उछृंखल खालका तीन जनालाई छुट्टै कोठामा राखेका थियौँ । उनीहरुलाई अरुसँग सम्पर्क हुन समेत दिएका थिएनौँ । तै पनि उनीहरुले भित्रभित्रै समुह बनाइसकेका रहेछन्,’ उनले भनिन् ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

राप्तीसोनारीका किसानलाई मोटर वितरण

Next Post

जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
Auto Draft
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
Next Post
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु

वैदेशिक रोजगारीका लागि बाँकेबाट गएका १७७ जना नेपालीको मृत्यु

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?