ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

ताल भाडामा लिएर दोहोरो आम्दानी

News Desk by News Desk
११:२१ मध्यान्ह, मंसिर ५, २०८१
ताल भाडामा लिएर दोहोरो आम्दानी
387
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ६ गते ।
बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आएका छन् । किसान कश्यपले जानकी गाउँपालिकासँग गाउँमै रहेको १५ कठ्ठाभन्दा बढी क्षेत्रफल भएको ताल भाडामा लिएर वर्षौँदेखि सिङ्गडा खेती र माछापालन व्यवसाय गर्दै दोहोरो आम्दानी लिएको बताए ।

“बाउ बाजेका पालादेखि नै हामीले सिङ्गडा खेती गर्दैआएका छौँ, यो हाम्रो पुर्खादेखि गर्दै आएको व्यवसाय हो, सिङ्गडा खेतीबाट अति राम्रो आम्दानी हुँदै आएको छ” कश्यपले भने, “१५ कठ्ठाभन्दा बढी तलाउको क्षेत्रफल छ, गाउँपालिकासँग वार्षिक २० हजार रुपियाँ तिर्नेगरी भाडामा लिएको छु ।”

असार महिनामा तलाउमा सिङ्गडाको बीउ रोप्ने र कात्तिक मङ्सिर महिनामा त्यसको फल उत्पादन हुने उनले बताए । “सिङ्गडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन ।” कश्यपले भने, “रोपेपछि २–३ पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, उत्पादन पनि राम्रो हुन्छ र कमाइ पनि राम्रै छ ।”

“अहिले सिङ्गडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिङ्गडा बिक्री गर्छु, एक पटक बीउ लगाएपछि सिजनभरमा तीन पटकसम्म टिप्न मिल्छ, क्विन्टलको छ हजार रुपियाँका दरले बिक्री भइरहेको छ” कश्यपले भने, “बिक्री गर्न कुनै समस्या छैन, ठेला लगाएर व्यापार गर्ने खुद्रा व्यापारीहरु यहीँ आउँछन्, माग बढी आएको बेलामा ४–५ जना ज्यालादारी मजदुर लगाएर टिपाउँछु, उनीहरुलाई दैनिक एक हजार रुपियाँ ज्याला दिनुपर्छ, एक जनाले एक दिनमा डेढ क्विन्टलसम्म सिङ्गडा टिप्न सक्छन् ।” चाडवाडका बेलामा अन्य दिनभन्दा बढी माग हुने गरेको कश्यपले बताए । “अन्य समयभन्दा चाडवाडका बेलामा बढी माग हुन्छ, चाडवाडको समयमा स्थानीय गाउँहरुमा स्थानीय मेला लाग्ने गर्दछ, मेलामा धेरै बिक्री हुने गर्दछ ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

सरकारी निकायले अब चेक काट्न नपाउने

कर्णाली सरकारको ११ अर्ब फ्रिज

चाडवाडमा ब्रत बस्नेहरुले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खाने गरेका छन् ।” भारतबाट आउने सिङ्गडाले गर्दा समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ । “भारतबाट भन्सार छली गरेर, चोरीको बाटोबाट सिङ्गडा नेपालगन्जमा बेच्न ल्याउँछन्, उनीहरुको मूल्य सस्तो पर्छ, भारतमा १५ सय दुई हजार रुपियाँ क्विन्टलसम्म पाइन्छ ।” कश्यपले भने, “भारतीय सिङ्गडा बजारमा सस्तो पाइने र हाम्रो महङ्गो पर्ने हुँदा उनीहरुसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ, यसकारणले गर्दा केही समस्या त उत्पन्न भएको छ ।” किसान कश्यपले तलाउमा सिङ्गडाका साथै माछापालन समेत गर्दै आएका छन् ।

“तलाउमा मैले सिङ्गडाका साथै माछापालन गर्दै आएको छु, यसले मलाई एकै ठाउँबाट डबल आम्दानी दिएको छ, माछा बिक्री गर्न पनि कुनै समस्या छैन ।” उनले भने, “मेरो ७–८ जनाको परिवार छौँ, सबै सदस्यहरुले यो व्यवसायलाई समय दिनुभएको छ, सबै जनाले काम गर्छौँ ।” उत्पादन भएको सिङ्गडा नगदमा मात्र बिक्री नभएर सामानसँग पनि साट्ने गरेको उनले बताए ।

“मैले नगदमा मात्र बिक्री गर्दैन, गाउँमा धानसँग पनि साटफेर गर्छु, दुई भाग धान बराबर एक भाग सिङ्गडा साट्ने गरेको छु” उनले भने, “यसरी साटिएको धानले घरमा खानका लागि प्रयोग हुने गर्दछ, घरखर्च चलाउन समेत सहज बनेको छ ।” बाँकेका विभिन्न तलाउ तथा पोखरीहरुमा सिङ्गडा खेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले सिजनका बेलामा यसको माग बढी हुने गरेको छ । सिजनका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दैआएका छन् ।

ADVERTISEMENT
Share163Tweet94SendShare
Previous Post

देशका केही भू–भागमा वर्षा र हिमापातको सम्भावना

Next Post

आधुनिक थ्रेसर मेसिनतर्फ बाँकेका कृषक आकर्षित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
Next Post

आधुनिक थ्रेसर मेसिनतर्फ बाँकेका कृषक आकर्षित

रुकुमपश्चिमका भूकम्प प्रभावित विद्यालयलाई सहयोग

रुकुमपश्चिमका भूकम्प प्रभावित विद्यालयलाई सहयोग

हडियाबाबा मेलामा भक्तजनको भिडभाड

हडियाबाबा मेलामा भक्तजनको भिडभाड

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 35°C
Wind: 8km/h E
Humidity: 88%
Pressure: 1001.02mbar
UV index: 0
WedThuFri
32/27°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?