ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

ताल भाडामा लिएर दोहोरो आम्दानी

News Desk by News Desk
११:२१ मध्यान्ह, मंसिर ५, २०८१
ताल भाडामा लिएर दोहोरो आम्दानी
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ६ गते ।
बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आएका छन् । किसान कश्यपले जानकी गाउँपालिकासँग गाउँमै रहेको १५ कठ्ठाभन्दा बढी क्षेत्रफल भएको ताल भाडामा लिएर वर्षौँदेखि सिङ्गडा खेती र माछापालन व्यवसाय गर्दै दोहोरो आम्दानी लिएको बताए ।

“बाउ बाजेका पालादेखि नै हामीले सिङ्गडा खेती गर्दैआएका छौँ, यो हाम्रो पुर्खादेखि गर्दै आएको व्यवसाय हो, सिङ्गडा खेतीबाट अति राम्रो आम्दानी हुँदै आएको छ” कश्यपले भने, “१५ कठ्ठाभन्दा बढी तलाउको क्षेत्रफल छ, गाउँपालिकासँग वार्षिक २० हजार रुपियाँ तिर्नेगरी भाडामा लिएको छु ।”

असार महिनामा तलाउमा सिङ्गडाको बीउ रोप्ने र कात्तिक मङ्सिर महिनामा त्यसको फल उत्पादन हुने उनले बताए । “सिङ्गडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन ।” कश्यपले भने, “रोपेपछि २–३ पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, उत्पादन पनि राम्रो हुन्छ र कमाइ पनि राम्रै छ ।”

“अहिले सिङ्गडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिङ्गडा बिक्री गर्छु, एक पटक बीउ लगाएपछि सिजनभरमा तीन पटकसम्म टिप्न मिल्छ, क्विन्टलको छ हजार रुपियाँका दरले बिक्री भइरहेको छ” कश्यपले भने, “बिक्री गर्न कुनै समस्या छैन, ठेला लगाएर व्यापार गर्ने खुद्रा व्यापारीहरु यहीँ आउँछन्, माग बढी आएको बेलामा ४–५ जना ज्यालादारी मजदुर लगाएर टिपाउँछु, उनीहरुलाई दैनिक एक हजार रुपियाँ ज्याला दिनुपर्छ, एक जनाले एक दिनमा डेढ क्विन्टलसम्म सिङ्गडा टिप्न सक्छन् ।” चाडवाडका बेलामा अन्य दिनभन्दा बढी माग हुने गरेको कश्यपले बताए । “अन्य समयभन्दा चाडवाडका बेलामा बढी माग हुन्छ, चाडवाडको समयमा स्थानीय गाउँहरुमा स्थानीय मेला लाग्ने गर्दछ, मेलामा धेरै बिक्री हुने गर्दछ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

चाडवाडमा ब्रत बस्नेहरुले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खाने गरेका छन् ।” भारतबाट आउने सिङ्गडाले गर्दा समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ । “भारतबाट भन्सार छली गरेर, चोरीको बाटोबाट सिङ्गडा नेपालगन्जमा बेच्न ल्याउँछन्, उनीहरुको मूल्य सस्तो पर्छ, भारतमा १५ सय दुई हजार रुपियाँ क्विन्टलसम्म पाइन्छ ।” कश्यपले भने, “भारतीय सिङ्गडा बजारमा सस्तो पाइने र हाम्रो महङ्गो पर्ने हुँदा उनीहरुसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ, यसकारणले गर्दा केही समस्या त उत्पन्न भएको छ ।” किसान कश्यपले तलाउमा सिङ्गडाका साथै माछापालन समेत गर्दै आएका छन् ।

“तलाउमा मैले सिङ्गडाका साथै माछापालन गर्दै आएको छु, यसले मलाई एकै ठाउँबाट डबल आम्दानी दिएको छ, माछा बिक्री गर्न पनि कुनै समस्या छैन ।” उनले भने, “मेरो ७–८ जनाको परिवार छौँ, सबै सदस्यहरुले यो व्यवसायलाई समय दिनुभएको छ, सबै जनाले काम गर्छौँ ।” उत्पादन भएको सिङ्गडा नगदमा मात्र बिक्री नभएर सामानसँग पनि साट्ने गरेको उनले बताए ।

“मैले नगदमा मात्र बिक्री गर्दैन, गाउँमा धानसँग पनि साटफेर गर्छु, दुई भाग धान बराबर एक भाग सिङ्गडा साट्ने गरेको छु” उनले भने, “यसरी साटिएको धानले घरमा खानका लागि प्रयोग हुने गर्दछ, घरखर्च चलाउन समेत सहज बनेको छ ।” बाँकेका विभिन्न तलाउ तथा पोखरीहरुमा सिङ्गडा खेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले सिजनका बेलामा यसको माग बढी हुने गरेको छ । सिजनका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दैआएका छन् ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

देशका केही भू–भागमा वर्षा र हिमापातको सम्भावना

Next Post

आधुनिक थ्रेसर मेसिनतर्फ बाँकेका कृषक आकर्षित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
Next Post

आधुनिक थ्रेसर मेसिनतर्फ बाँकेका कृषक आकर्षित

रुकुमपश्चिमका भूकम्प प्रभावित विद्यालयलाई सहयोग

रुकुमपश्चिमका भूकम्प प्रभावित विद्यालयलाई सहयोग

हडियाबाबा मेलामा भक्तजनको भिडभाड

हडियाबाबा मेलामा भक्तजनको भिडभाड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?