ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

विषादीको दोहोरो जोखिममा बाँकेका किसान

News Desk by News Desk
१२:०९ बिहान, मंसिर १९, २०८१
विषादीको दोहोरो जोखिममा बाँकेका किसान
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १९ गते ।
बालीनालीमा शत्रुजीव व्यवस्थापन गर्न प्रयोग गरिने विषादीहरूको अत्यधिक प्रयोग र दुरुपयोगबाट सबैभन्दा बढी जोखिममा किसान (प्रयोगकर्ता) हुने बताइएको छ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले लुम्बिनी प्रदेशभर सञ्चालन गर्न लागेको ‘विषादी सचेतना अभियान २०८१’को बाँकेबाट शुभारम्भ गर्ने क्रममा उक्त कुरा बताइएको हो ।

कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यामनारायण देवकोटाले पछिल्लो समयमा जानेर वा नजानेर बालीनालीमा किसानहरुले अत्यधिक रासायनिक विषादीको प्रयोग गर्ने गरेको भन्दै विषादीको विषाक्तबाट सबैभन्दा बढी जोखिममा प्रत्यक्ष रूपमा किसान हुने गरेको बताए ।

“बालीनालीमा प्रयोग गरिने रासायनिक विषादीबाट प्रत्यक्ष रूपमा धेरैजसो किसान नै हुने गरेका छन्, उनीहरू दोहोरो जोखिममा रहने गरेका छन्, बालीनाली उत्पादन गर्दा बिना तयारी रासायनिक विषादी प्रयोग गर्ने र उत्पादन भएको वस्तु उपभोग गर्ने पनि किसान हुने हुँदा उनीहरू दोहोरो जोखिममा देखिएका छन्,” महानिर्देशक देवकोटाले भने, “रासायनिक विषादीको अत्यधिक प्रयोग र दुरुपयोगबाट किसान तथा उपभोक्तालाई सचेतना गराई यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले विषादी सचेतना अभियान सुरु गरेको छ ।”

देवकोटाका अनुसार “सबैको चाहना, विषादीयुक्त खाना” भन्ने मूल नाराका साथ पहिलो पटक कृषि मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेशका १२ वटै जिल्लामा यस प्रकारको सचेतना अभियान सञ्चालन गर्न लागिएको हो । बाँकेबाट यो कार्यक्रमको औपचारिक रूपमा सुरुआत गरिएको र हरेक जिल्लामा सम्बन्धित सरोकारवाला कार्यालयबाट वर्षैभर यो कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

सम्बन्धित समाचार

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन

“बढ्दो रासायनिक विषादीको प्रयोग, यसबाट मानव स्वास्थ्यमा हुने गम्भीर जोखिमलाई न्यूनीकरण गर्दै रासायनिक विषादीको विकल्पसहितको सचेतना कार्यक्रम सुरु गरेका छौँ, हरेक सरोकारवालासँग भेटघाट, छलफल, विद्यालयका विद्यार्थीमार्फत सचेतना कार्यक्रम लगायत गरेर व्यापक रूपमा जनचेतना फैलाउने अभियान सुरु गरेका छौँ ।” देवकोटाले भने, “कसैले जानेर त कसैले अन्जानमा विषादीको प्रयोग गरिरहेका छन्, सुरक्षित विषादीको प्रयोग कसरी गर्ने र यसको जोखिमबाट कसरी बच्ने भन्ने विषयमा यो कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।”

कृषि विकास निर्देशनालय लुम्बिनीका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले लुम्बिनी प्रदेशमा जीवनाशक विषादीको प्रयोग र विषादी सचेतना अभियान विषयका बारेमा सहजीकरण गरेका थिए । उनले तथ्याङ्क अनुसार हरेक वर्ष विषादीको आयात बढेको र अत्यधिक प्रयोग पनि हुने गरेको पाइएको बताए । “तथ्याङ्क अनुसार हरेक वर्ष रासायनिक विषादीको आयात बढ्दो छ, प्रयोग पनि अत्यधिक रूपमा हुने गरेको छ, सबैभन्दा बढी तरकारीजन्य वस्तुमा यसको प्रयोग हुने गरेको छ ।”

अधिकृत गैरले भने, “पहाडी भन्दा तराईका जिल्लामा विषादीको प्रयोग बढी हुने गरेको छ, हिमालमा ८५ ग्राम खास विष प्रतिहेक्टर, पहाडमा ३१५ ग्राम खास विष प्रतिहेक्टर, तराईमा ९९५ ग्राम खास विष प्रतिहेक्टर र उपत्यकामा ४७० ग्राम खास विष प्रतिहेक्टरका रूपमा रासायनिक विषादी प्रयोग हुने गरेको प्लाण्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।”

ADVERTISEMENT

विषादीको सुरक्षित प्रयोग सम्बन्धी ज्ञान नहुनु, जानकार किसान पनि लापरबाही हुनु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बीउबिजनको बढी विश्वास गर्नु, सबै विषादीलाई कक्टेलका रूपमा प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनु लगायतका कारणबाट प्रयोगकर्ता विषाक्त हुँदै गएको उनको भनाइ छ ।

Share157Tweet97SendShare
Previous Post

सशस्त्र प्रहरीले लाइन दिँदा नाकामा तस्करको रजगज

Next Post

बर्दियाका गैंडा पानी खोज्दै भारतीय आरक्षतिर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट
कृषि

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

१:०७ बिहान, अशोज २२, २०८३
राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन
कृषि

राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन

६:४१ बिहान, अशोज २०, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित
कृषि

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित

३:३५ बिहान, अशोज ११, २०८३
भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित
कृषि

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

२:०८ बिहान, भदौ २९, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
Next Post
बर्दियाका गैंडा पानी खोज्दै भारतीय आरक्षतिर

बर्दियाका गैंडा पानी खोज्दै भारतीय आरक्षतिर

१० करोड बढी खर्चेर नेपालगन्जमा बनाइँदैछ हनुमानको मूर्ति

१० करोड बढी खर्चेर नेपालगन्जमा बनाइँदैछ हनुमानको मूर्ति

रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना

रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 22°C
Wind: 3km/h NE
Humidity: 87%
Pressure: 1015.92mbar
UV index: 0
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?